वीरगञ्जलाई ट्राइब्रेकरमा पराजित गर्दै फ्रेण्ड्स क्लब दोस्रो चरणमा प्रवेश

| वीरगञ्ज

युनाइटेड क्लब पर्सालाई ट्राइबे्रकरमा ३–१ गोलले पराजित गर्दै फ्रेण्ड्स क्लब काठमाण्डौं, सर्लाहीको बागमतीमा जारी राजर्षि जनक कप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । 
निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि ट्राइबे्रकरमार्फत नतिजा निकालिएको हो । फ्रेण्ड्सको जितमा ट्राइबे्रकरमा तीन खेलाडीले गोल गरे भने दुई खेलाडीले प्रहार गरेको बल बाहिरियो । 
यस्तै, वीरगञ्जको तर्फबाट एक खेलाडीले बललाई जाली चुमाउँदा तीन खेलाडीको प्रहार बाहिरियो भने एक बल फ्रेण्ड्सका गोलरक्षकले उत्कृष्ट बचाउ गरे । फ्रेण्ड्सलाई जिताउन विदेशी खेलाडी इब्राइम थुफाना, सञ्जोग महर्जन र अनिल महर्जनले गोल गरे । सनिस श्रेष्ठ र मनिष खड्काले प्रहार गरेको बल बाहिरियो । 
वीरगञ्जका लागि विवेक चौधरीले प्रहार गरेको बलले मात्रै जाली चुम्यो । रञ्जय चौधरी र लक्ष्मण चौधरीको बल बाहिरिँदा अक्षालाल कुँवरको प्रहार फ्रेण्ड्सका गोलरक्षकले बचाऊ गरे । 
यसअघि खेलको निर्धारित समयको २५ औँ मिनेटमा फ्रेण्ड्स क्बलका इब्राइम थुफानाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर खेलको ६२ औँ मिनेटमा वीरगञ्जका समिर चौधरीले डिबक्स भन्दा केही परबाट प्रहार गरेको फ्रिकिङ बल सिँधै जाली चुमाइ खेललाई बराबरीमा पु¥याए । 
त्यसपछि निर्धारित सयममा दुवै टिमबाट थप गोल हुन सकेन । सुक्रवारको खेलमा सर्लाही निवासी वीरगञ्ज युनाईटेडका समिर म्यान अफ दि म्याच घोषित भए । 
आजको खेल भने झापा ११ र रुपन्देही ११ बीच हुदैछ ।
 

प्रतिकृया दिनुहोस्

महिला–पुरूष खेलाडीबीच विभेद गरिएको भन्दै विरोध

img

एउटै प्रकृतिको काम लगाउदा महिला–पुरूषको ज्याला समान हुनु पर्ने भन्दै यहाँका महिलाहरूले ...

थ्री स्टारले उचाल्यो तेस्रो राजर्षि जनक कपको उपाधि

img

सर्लाहीमा जारी तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि रुस्लान थ्री स्टारले ...

बागमती नगरपालिका फाइनल प्रवेश, थ्री स्टारसँग भिड्ने

img

बागमती नगरपालिका टिम तेस्रो राजर्षि जनककप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । ...

राजर्षि जनककप : रुस्लान थ्री स्टार फाइनल

img

सर्लाहीको बागमतीमा जारी तेस्रो संस्करणको राजर्षि जनककप फुटबल प्रतियोगितामा काठमाडौंको रुस्लान थ्री ...

झापा ११ क्वाटरफाइनलमा

img

झापा–११ ले रुपन्देही ११ लाई ३-० ले हराउँदै सर्लाहीको बामगतीमा जारी तेस्रो ...

सुदूरपश्चिमलाई फराकिलो गोलले हराउँदै एपीएफ सेमिफाइनलमा

img

डिफेन्डिङ च्याम्पियन सुदूरपश्चिम ११ लाई  ०-४ गोल अन्तरले जीत निकाल्दै सशस्त्र प्रहरीको ...

पत्रपत्रिका

सबै