सुरु भयो, तेस्रो तामाङ चलचित्र महोत्सब

| भकुण्डेबेंसी

तेस्रो तामाङ चलचित्र महोत्सब शुक्रबार देखि काभ्रेको नमोबुद्ध नगरपालिकाका भकुन्डेबेसीमा शुरु भएको छ । तामाङ चलचित्रलाई गुणात्मक पाटोमा बलियो बनाउन र बजार प्रबद्र्धनका लागि यो महोत्सव गरिएको आयोजकले बताएको छ । 
‘हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मूल नाराकासाथ महोत्सवको सुरु भएको छ । शुक्रबारबाट दुई तामाङ चलचित्र प्रदर्शनका साथै अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा तामाङ चलचित्रको ‘इतिहास बर्तमान र अबको कार्य दिशा’ बिषयक छलफल चलाईएको छ । चलचित्र देखाउने, अर्वाड बाँड्ने र समापन गर्ने कार्यमा चलचित्रकर्मीहरु सीमित हुन नहुने सहभागीहरुले बताएका छन् । कार्यक्रममा बिगतको कार्य समिक्षा गर्दै छलफल वहस बन्नु पर्ने तामाङ चलचित्र संघका प्रमुख सल्लाहकार एवं पूर्व अध्यक्ष जेनिश दोङले बताए ।
तामाङ चलचित्रले समुदायको धेरै कुराहरु उठाउन बाँकी नै रहेको चलचित्रकर्मी दिपेन्द्र दोङको दाबी थियो । उनले भने, ‘वास्तवमा हामीले स्क्रिप्टमा रम्न सकेको छैनौ । यसको लागि निरन्तर छलफल र अन्तरक्रिया गर्न आवश्यक छ ।’
तामाङ चलचित्र संघको पूर्वअध्यक्ष प्रकाश ब्लोनले पनि विविधताले भरिएको समुदायको थुप्रै कुराहरु चलचिमा अटाउन सकिने र भोलीका दिनमा साँस्कृतिक पाटोलाई प्रधान बनाउन सके तामाङले गर्व गर्ने अवस्था सृजना हुने दावी गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि रोशी गाउँपालिकाका प्रमुख डिवी लामाले गाउँपालिका अन्तर्गत तामाङ समुदायको संस्कृति प्रबर्द्धन गर्न सकिने कार्ययोजना लिएर आउन आह्वान गर्दा वास्ता नगरेकोमा दुःख ब्यक्त गरे । उनले रोशी गाउँपालिकामा अव छिटै डम्फुपार्क निर्माण गर्ने योजना रहेको बताए ।
कार्यक्रम तामाङ चलचित्र संघको अध्यक्ष बिकु थोकरको अध्यक्षतामा भएको थियो । बैशाख १ गतेसम्म चल्ने महोत्सवमा शनिबार बिहान ९ बजे रोशन फ्युबा तामाङ द्धारा निर्देशित ‘स्होङ’ र बिहान ११ बजे बाबु थिङद्धारा निर्देशित ‘रुङसी टिला’ चलचित्र देखाईनेछ ।

प्रतिकृया दिनुहोस्

याकुमा ‘जोडी परेवा’

img

नयाँ वर्षको अवसर पारेर अरुण गाउँपालिकाको वडा नम्बर–५, याकुमा नाटक ‘जोडी परेवा’ ...

एटीनको नेपालमा विशेष प्रदर्शनी 

img

लामो समय देखि बेलायतमा रहदै आएका नेपालीहरुको कथामा आधारित चलचित्र एटीनको विशेष ...

तामाङ चलचित्र तिल्दा बन्ने 

img

बाबु जिम्बाको निर्देशनमा तामाङ चलचित्र तिल्दा ? को निर्माण हुने भएको छ ...

‘सोध्न तिमी आफैँसँग...’ (भिडियो)

img

डा. डीआर उपाध्यायको नयाँ गीत ‘सोध्न तिमी आफैँसँग...’ सार्वजनिक भएको छ । ...

बज्रयोगिनी मणिचुड महोत्सवका मनमोहक (भिडियो)

img

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ऐतिहासिक संरचना, पर्यटकीय गन्तव्यहरुको विकास, ...

तामाङ चलचित्र महोत्सव सम्पन्न

img

तीन दिनसम्म चलेको तामाङ चलचित्र महोत्सव सम्पन्न भएको छ । काभ्रे नमोबुद्ध ...

पत्रपत्रिका

सबै