लिम्बुवान प्रान्त बाहेक विकल्प छैन : लिङ्देन

| ताप्लेजुङ

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले लिम्बुवानका लागि आन्दोलन जारी रहेको बताएका छन् । लिम्बुवान प्रान्त स्थापना नभएसम्म मञ्च जस्तोसुकै आन्दोलन लड्न तयार रहेको अध्यक्ष लिङ्देनले उद्घोष गरे ।

यी माथिका भनाइ बुधबार ताप्लेजुङको फुङ्लिङस्थित तोक्मेडाँडामा भएको मञ्चका चौंथो जिल्ला अधिवेशन उद्घाटन समारोहका क्रममा लिङ्देनले निर्णायक आन्दोलनको तयारीमा रहेको समेत बताए ।

समारोहमा हालको प्रदेश १ लाई लिम्बुवान प्रान्त नामाकरण गर्नमा विभिन्न षड्यन्त्र भइरहेको बताउँदै लिङ्देनले षड्यन्त्र विरुद्ध मञ्चले खबरदारी गरिरहेको बताए । उनले लिम्बुवान प्रान्तका लागि लिम्बुवानबासी एक हुनुको विकल्प नरहेको बताए । उनका अनुसार लिम्बुवान भूमिको रक्षका लागि मञ्चले सुरुदेखिनै लडाईं लड्दै आएको र लिम्बुवान प्रान्त घोषणा नभएसम्म लडाईं जारी रहने छन् ।

कार्यक्रममा अध्यक्ष लिङ्देनले अहिले भ्रष्टचार मौलाइरहेको अवस्थामा भ्रष्टचार विरुद्ध पनि लिम्बुवानको आन्दोलन भएको स्पष्ट पारे । गाउँगाउँमा सिंहदरबारको अधिकार दिने नाउमा डरलाग्दो गरी भ्रष्टचार मौलाएको उनको दाबी छ ।

त्यसैगरी मञ्चकी नेतृ तथा प्रदेशसभा सदस्य विष्णु तुम्बाहाम्फेले प्रदेश १ को नामाकरण गर्ने विषयमा गम्भीर षड्यन्त्र भइरहेको बताइन् । तुम्बाहाम्फेले षड्यन्त्रकाबीच कुनै पनि दिन प्रान्तको नामाकरण लिम्बुवान नभई अरु हुनसक्ने खतरा रहेको स्पष्ट पारिन् ।

उक्त अधिवेशन उद्घाटन समारोहमा मञ्चका विभिन्न केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए । पार्टीका साँस्कृतिक टोलीले विभिन्न साँस्कृतिक प्रस्तुति राखेका थिए ।

अधिवेशनले नयाँ जिल्ला कार्यसमिति चयन गर्ने संघीय मञ्चका जिल्ला इन्चार्ज भूपेन्द्र माबोले जानकारी दिए । माबोका अनुसार जिल्लाका विभिन्न गाउँबाट अधिवेशन प्रतिनिधि तथा पर्यवेक्षकहरु आइसकेका छन् ।

प्रतिकृया दिनुहोस्

शैलुङ काँग्रेसले मनाए नयाँ वर्ष

img

नेपाली काँग्रेस शैलुङ गाउँपालिका सम्पर्क समिति –काठमाडौंले नयाँ बर्षको अवसर पारेर भेटघाट ...

नेपाली कांग्रेसको जागरण अभियान, ७७ जिल्लामा कुन नेता कहाँ कहाँ खटाए ?

img

नेपाली कांग्रेसले आफूले घोषणा गरेको राष्ट्रिय जागरण अभियान सफल पार्नका लागि ७७ ...

नेकपाको कार्यकर्ता अगुवा भेला सम्पन्न

img

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शैलुङ गाउँपालिका संगठन कमिटिले संगठन सुदृढीकरण एवं कार्यकर्ता ...

सरकारको कामप्रति राप्रपाको कडा आलोचना

img

वर्तमान सरकारको कार्यप्रति राप्रपा संयुक्तले कडा आलोचना गरेको छ । ३३ किलो ...

विप्लवलाई नेकपामा प्रवेश गर्न प्रचण्डको अनुरोध

img

सरकारले प्रतिबन्ध लगाएका विप्लव र उनीद्धारा निर्देशित पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा ...

सरकारको विरोध नगरेको भन्दै देउवामाथि खनिए सिटौला 

img

सरकारले संविधान विपरित काम गर्दा पनि प्रमुख प्रतिपक्षी आफ्ना पार्टीका सभापति शेरबहादुर ...

पत्रपत्रिका

सबै