छक्का पञ्जा–३ ब्लक बस्टर 

| काठमाडाैं

ब्लक बस्टर नेपाली फिल्म अवार्ड २०७५ बिहीवार चावहिल स्थित चलचित्र विकास बोर्डमा सम्पन्न भएको छ ।

चैत २९ गतेदेखि रिलिजमा आएको चलचित्र लिलिबिलीदेखि यही चैत्र २२ गतेसम्म रिलिजमा आउने चलचित्र लब स्टेसन गरि करिब ८३ चलचित्रहरुको सहभागीता रहेका थिए । 

यसवर्ष सर्वाधिक कमाई गर्ने छक्का पञ्जा–३ ब्लक बस्टर नेपाली फिल्म अवार्ड २०७५ बाट सम्मानित भयो, बक्स अफिस फिल्म क्लव नेपालले बताए । 

विभिन्न निर्माता कम्पनीहरुलाई पनि ब्लक बस्टर अवार्ड २०७५ बाट सम्मान गरेको बक्स अफिस इन्टरनेशनलले जानकारी दिए । 

कार्यक्रममा आमदर्शकलाई स्वस्फूर्तिका साथ दिएको माया र निर्माताहरुको लगानीको कदर गर्दै आयोजकले अवार्ड तथा सम्मानबाट सम्मान गरेको अवार्ड संयोजक रामबहादुर सुवेदी (आर.के.) ले बताए । 

संचारकर्मी लक्ष्मण सुवेदी, डबु क्षेत्री र सबी कार्कीलाई अग्रज सुवेदी पत्रकारिता पुरस्कारबाट सम्मानित गरियो । यसैगरी निर्माता सुनिल प्रसाद श्रेष्ठ, निर्माता निर्देशक एल.एन.गौतम, पहिलो महिला चलचित्र वितरक सुनिता भट्टराई सम्मान गरियो । 

चलचित्र संघको प्रतिनिधित्व गर्दै वितरक गोपालकाजी कायस्थले २०७५ नेपाली चलचित्र बजारको लागि अहिलेसम्मकै दुःखद रहेको बताए । 

प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले यस्ता कार्यक्रमहरुले चलचित्र क्षेत्र कुन अवस्थामा छ भन्ने कुरा हेक्का गराउछ । नेपाली चलचित्र विदेशी चलचित्रबाट दबिएको स्वीकार गर्दै आफ्नो कार्यकालमा सबैको भावनालाई कदर गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । 

प्रतिकृया दिनुहोस्

याकुमा ‘जोडी परेवा’

img

नयाँ वर्षको अवसर पारेर अरुण गाउँपालिकाको वडा नम्बर–५, याकुमा नाटक ‘जोडी परेवा’ ...

एटीनको नेपालमा विशेष प्रदर्शनी 

img

लामो समय देखि बेलायतमा रहदै आएका नेपालीहरुको कथामा आधारित चलचित्र एटीनको विशेष ...

तामाङ चलचित्र तिल्दा बन्ने 

img

बाबु जिम्बाको निर्देशनमा तामाङ चलचित्र तिल्दा ? को निर्माण हुने भएको छ ...

‘सोध्न तिमी आफैँसँग...’ (भिडियो)

img

डा. डीआर उपाध्यायको नयाँ गीत ‘सोध्न तिमी आफैँसँग...’ सार्वजनिक भएको छ । ...

बज्रयोगिनी मणिचुड महोत्सवका मनमोहक (भिडियो)

img

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ऐतिहासिक संरचना, पर्यटकीय गन्तव्यहरुको विकास, ...

तामाङ चलचित्र महोत्सव सम्पन्न

img

तीन दिनसम्म चलेको तामाङ चलचित्र महोत्सव सम्पन्न भएको छ । काभ्रे नमोबुद्ध ...

पत्रपत्रिका

सबै