बैशाख ५ मा चैतपूर्णे जात्रा

बत्ती बाल्न र पुजा गर्न लाइनको व्यवस्था

| काठमाडाैं

काठमाडौंको बौद्ध परिसरमा वर्षेनी जात्रा लाग्ने गरेको छ । चैत्र पूर्णेको अघिल्लो दिन दिवंगत पितृहरुको स्मरणमा बत्ती बाल्ने गरिन्छ । यस जात्रालाई बौद्ध तेमाल जात्राको नामले पनि चिनिन्छ । पूर्णिमाको दिन बालालु बाइसधारामा स्नान गरि स्वयम्भू महाचैत्यमा गई श्रद्धालु भक्तजनले पितृको सम्झनामा बत्ती बाली सम्झने गर्छन् । 

जात्रा मूल व्यवस्थापन समितिले शुक्रबार पत्रकार सम्मेलन गरी यस बैशाख ५ गते चैतपूर्णे जात्राको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 
जात्रा व्यवस्थापनमा बौद्धनाथ क्षेत्र विकास समिति, विभिन्न संघसंस्था, गुठी, स्थानीय क्लव लगायतले सघाउने बौद्धनाथका अध्यक्ष चन्द्रमान लामाद्धारा हस्ताक्षेरित प्रेस विज्ञप्तीमा उल्लेख छ । 

पूर्णिमाका दिन विहानैबाट स्वयम्भू वरपर पूजापाठ गर्ने गराउनेहरुको घुँइचो लाग्छ । 

यो जात्रा तामाङ समुदायको धार्मिक एवम् सांस्कृतिक पहिचानको रुपमा रहेको जीवन्त पर्व हो । बौद्ध किवंंदन्तीमा उल्लेख भए अनुृसार सत्ययुगमा विपश्वी बुद्ध उपत्यकमा आई जामाचोमा साधनारत रहे । उनले चैत्र पूर्णिमाको दिन उपत्यकाको दहमा कमलको फूल रोपे, सोहि फूलमा स्वयम्भूको अलौकिक ज्योति उत्पन्न भयो । विपश्वी बुद्धले रोपेको कमलको फूलको स्मरणमा यो जात्रा प्रारम्भ भएको मानिन्छ, विज्ञप्तिमा भनिएको छ । त्यसैगरी बौद्ध स्तूपको जीर्णाेद्धार सम्पन्न भएको खुशीयालीमा बौद्ध महास्तूपमा पूजापाठ सहित जात्रा मनाउन रिन्जेनदोर्जे जात्राको चलन सुरुवात गरेको अर्काे किवंदन्ती छ । 

बौद्धमार्गीहरुले सम्पूर्ण प्राणीहरुमा सुख शान्ति छाओस् र मृत्यु पश्चात सुखवती भुवनमा जन्म लिन पाओस भनी ङोवा मोलम (पूजापाठ) गर्ने गर्छन् । यहि कार्य गर्न उपत्यका वरिपरिबाट तामाङहरु बौद्ध र स्वयम्भूमा आउने गरेका छन् । पूर्णिमाका दिन विहानैबाट स्वयम्भू वरपर पूजापाठ गर्ने गराउनेहरुको घुँइचो लाग्छ । 

वर्षदिन पछि आफ्ना इस्टमित्रहरु जात्रामा भेटिने हुनाले सुखदुख साटासाट गर्ने थलोको रुपमा पनि यसलाई लिने गरिन्छ । टाढाटाढाबाट आउने जानेको लर्काे लाग्छ । हितैसी दौतरीहरुले भने फापरे गीत गाएर मनोरञ्जन लिने र दिने गर्छन् । यस जात्राको सांस्कृतिक तथा गीतसंगीतको जर्गेना गर्ने पक्षको रुपमा पनि ठूलो महत्व रहेको छ, आयोजक सदस्य खडगजीत लामाले बताए । 

ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्व बोकेको चैत्र पूर्णिमाको महत्वलाई जोगाई राख्न आवश्यक छ । जात्राको धार्मिक एवं साँस्कृतिक गरिमालाई प्रचारप्रसार गरि संरक्षण समेत गर्ने कार्यमा साथ दिन प्रेस जगतलाई आग्रह गरेको छौं, जात्रा मूल व्यवस्थापन समितिले भनेको छ । 
बौद्धमा सुरु भएको जात्रा स्वयम्भूमा समापन हुन्छ । 

बौद्ध परिसरमा जात्राका लागि त्रिपालको व्यवस्था गरेको, शान्ति बाटिका, स्तूपा परिसर र समितिको कार्यालयसँगै शौचालयको सुविधा रहेको, निशुल्क स्वास्थ्य शिविर तथा रक्तदानको व्यवस्था गरिएको छ ।  बत्ती बाल्न र पुजा गर्न लाइनको व्यवस्था गरिएको, बौद्ध तामाङ कल्याण गुठीको प्राङगणमा प्रसाद वितरणको व्यवस्था साथै निशुल्क पिउने पानीको व्यवस्था गरिएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

अर्थमन्त्री डा. खतिवडाले गरे एकीकृत भन्सारको शिलान्यास

img

रसुवागढी नाकामा अव्यवस्थित भन्सार कार्यालयको अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार शिलान्यास गरेको छ ...

स्टे अर्डर खारेज, अब फिल्म शुक्रवार मात्रै रिलिज

img

ब्याङ्कटेस ईन्टरटेन्मेन्टले फिल्म भारत रिलिज गर्न जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको ...

किरायाद्वारा घाइतेलाई आर्थिक सहयोग

img

किराँत राई यायोक्खा साउदीले घाइते भिषाण राईलाई आर्थिक सहयोग गरेको छ । किराया ...

प्रधानमन्त्री रोजगारमा १ सय १७ जना छनोट

img

सर्लाहीको बागमतीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १ सय १७ जनाले रोजगारी पाएको ...

विद्यार्थीलाई ट्राफिक नियम

img

रसुवा माविका बिद्यार्थीहरूलाई हालै ट्राफिक नियम सम्वन्धि जानकारी दिएको छ ।  गोसाईकुण्ड गाउँपालिका–६ ...

फिल्ममा संस्कार, संस्कृतिका कथा जस्ताको त्यस्तै राख्नुपर्छः पूर्वमन्त्री तामाङ  

img

पूर्व कानुन मन्त्री एवं नेकपाका संघीय सांसद शेरबहादुर तामाङले फिल्ममा तामाङ संस्कार, ...

पत्रपत्रिका

सबै