नेकपाको कार्यकर्ता अगुवा भेला सम्पन्न

| दोलखा
तस्विर : चन्द्रलाल घिसिङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शैलुङ गाउँपालिका संगठन कमिटिले संगठन सुदृढीकरण एवं कार्यकर्ता अगुवा भेला सम्पन्न गरेको छ । 

बिहीबार पार्टी कार्यालय दोलखाको शैलुङ बाघखोर देउरालीमा ८ वडाको वडा कमिटी विस्तार अभियानलाई सम्पन्न गर्दै संगठन सुदृढीकरण अभियान सफल भएको अध्यक्ष थिरबहादुर तामाङले बताए । 

सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले पार्टी एकीकरणपछिको यो संगठन सुदृढीकरणले सार्थकता पाएको औंल्याए । उनले पार्टी एकता भएको एघार महिना वितिसक्दा समेत नेता र कार्यकर्ताहको जिम्मेवारी बाँडफाँड नहुँदा पार्टीमा अन्यौलता अझै रहेको बताएका छन् । 

एक हप्ते अभियान अन्तर्गत गत चैत्र २० गतेबाट २७ गतेसम्म ८ वडामा क्रमशः दुधपोखरी, भुसाफेदा, काटाकुटी, मागा, काटाकुटी, फस्कु, फस्कु र शैलुङमा वडा स्तरीय कार्यकर्ता अगुवा भेला गरिएका थिए । 

कार्यक्रममा प्रदेश ३ दोलखाका प्रदेश कमिटी सदस्यहरुलाई बधाई दिएका थिए । पार्टी अगाडि बढाउन सहयोग गर्ने देशविदेशका युवा, व्यवसायीलाई सम्मान गरेको अध्यक्ष तामाङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

शैलुङ काँग्रेसले मनाए नयाँ वर्ष

img

नेपाली काँग्रेस शैलुङ गाउँपालिका सम्पर्क समिति –काठमाडौंले नयाँ बर्षको अवसर पारेर भेटघाट ...

नेपाली कांग्रेसको जागरण अभियान, ७७ जिल्लामा कुन नेता कहाँ कहाँ खटाए ?

img

नेपाली कांग्रेसले आफूले घोषणा गरेको राष्ट्रिय जागरण अभियान सफल पार्नका लागि ७७ ...

लिम्बुवान प्रान्त बाहेक विकल्प छैन : लिङ्देन

img

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले लिम्बुवानका लागि ...

सरकारको कामप्रति राप्रपाको कडा आलोचना

img

वर्तमान सरकारको कार्यप्रति राप्रपा संयुक्तले कडा आलोचना गरेको छ । ३३ किलो ...

विप्लवलाई नेकपामा प्रवेश गर्न प्रचण्डको अनुरोध

img

सरकारले प्रतिबन्ध लगाएका विप्लव र उनीद्धारा निर्देशित पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा ...

सरकारको विरोध नगरेको भन्दै देउवामाथि खनिए सिटौला 

img

सरकारले संविधान विपरित काम गर्दा पनि प्रमुख प्रतिपक्षी आफ्ना पार्टीका सभापति शेरबहादुर ...

पत्रपत्रिका

सबै