सुदूरपश्चिमलाई फराकिलो गोलले हराउँदै एपीएफ सेमिफाइनलमा

सेमिफाइनलमा रुस्लान थ्री स्टारसँग भिड्ने

| सर्लाही (बागमती)

डिफेन्डिङ च्याम्पियन सुदूरपश्चिम ११ लाई  ०-४ गोल अन्तरले जीत निकाल्दै सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ

सर्लाहीमा जारी तेस्रो संस्करणको राजर्षि जनक कप फुटबल प्रतियोगिताको खेलमा एपीएफले डिफेन्डिङ च्याम्पियन सुदूरपश्चिम ११ लाई फराकिलो गोलले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो स्व: सन्तोष श्रेष्ठ स्मृति खेलमैदान बागमतीमा बिहीबार भएको एपीएफको जितमा प्रबिन स्याङ्तानले दुई गोल तथा सुदिप शिखराकार र प्रदिप लामाले १-१ गोल गरे

खेलको २९ औं मिनेटमा आशिस लामाले दिएको क्रस बललाई प्रबिन स्याङतानले हेड मार्फत गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । डिफेन्डिङ च्याम्पियन समेत रहेका सुदूरपश्चिम उच्च मनोबलका साथ मैदान उत्रिए पनि खेलको सुरुवातीबाट नै एपीएफले दबाबमा राख्दा सोचेको जस्तो खेलमा नतिजा निकाल्न सकिएन ।

खेलको ४० औं मिनेटमा सुदूरपश्चिमका बिदेशी खेलाडी कोभादिओले डिबक्स भित्र हेन्ड गर्न पुगेपछि एपीएफले पेनाल्टीको राम्रो अवसर पाए सोही अवसरलाई सदुपयोग गर्दै सुदिप शिखराकारले गोल गर्दै अग्रतालाई दोब्बर बनाए दोस्रो हाफमा सुदूरपश्चिमले खेलमा फर्किन राम्रा प्रयासहरु गरे तर सफल हुन सकेन, झनै राम्रा अवसर गुमाउन पुगे र खेलको ५२ औं मिनेटमा एपीएफका प्रबिन स्याङतानको राम्रो पासमा प्रदिप लामाले थप गोल गर्दै झनै अग्रतालाई फराकिलो बनाउदै लगे । खेलको ८८ औं मिनेटमा विपक्षी खेलाडीको खुट्टबाट बल खोस्दै एक्लैले गोल गरे र सुदूरपश्चिमलाई स्तब्ध बनाए

अब एपीएफले यस अघि नै सेमिफाइनलमा पुगिसकेको रुस्लान थ्री स्टारसँग बैशाख ३ गते सेमिफाइनलको पहिलो खेल खेल्नेछ । दुई गोल गर्दै एपीएफका प्रबिन स्याङतान खेलको म्यान अफ दि म्याच बने र नगद रू. १० हजार प्राप्त गरे । प्रतियोगितामा शुक्रबार खेलभने बिरगंज युनाइटेड र फ्रेण्ड्स क्लब बीच हुनेछ

प्रतिकृया दिनुहोस्

महिला–पुरूष खेलाडीबीच विभेद गरिएको भन्दै विरोध

img

एउटै प्रकृतिको काम लगाउदा महिला–पुरूषको ज्याला समान हुनु पर्ने भन्दै यहाँका महिलाहरूले ...

थ्री स्टारले उचाल्यो तेस्रो राजर्षि जनक कपको उपाधि

img

सर्लाहीमा जारी तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि रुस्लान थ्री स्टारले ...

बागमती नगरपालिका फाइनल प्रवेश, थ्री स्टारसँग भिड्ने

img

बागमती नगरपालिका टिम तेस्रो राजर्षि जनककप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । ...

राजर्षि जनककप : रुस्लान थ्री स्टार फाइनल

img

सर्लाहीको बागमतीमा जारी तेस्रो संस्करणको राजर्षि जनककप फुटबल प्रतियोगितामा काठमाडौंको रुस्लान थ्री ...

झापा ११ क्वाटरफाइनलमा

img

झापा–११ ले रुपन्देही ११ लाई ३-० ले हराउँदै सर्लाहीको बामगतीमा जारी तेस्रो ...

वीरगञ्जलाई ट्राइब्रेकरमा पराजित गर्दै फ्रेण्ड्स क्लब दोस्रो चरणमा प्रवेश

img

युनाइटेड क्लब पर्सालाई ट्राइबे्रकरमा ३–१ गोलले पराजित गर्दै फ्रेण्ड्स क्लब काठमाण्डौं, सर्लाहीको ...

पत्रपत्रिका

सबै