आयोजकलाई हराउँदै थ्री स्टार सेमिफाइनल प्रवेश

 म्यान अफ दि म्याच शुशील राई

| सर्लाही (बागमती)


सर्लाहीको बागमतीमा जारी तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा रुस्लान थ्री स्टार विजयी भएको छ । थ्री स्टारले आयोजक बागमती युवा क्लबलाई ४-० ले पराजित गरेको हो

जीतसँगै थ्री स्टार सेमिफाइनलमा प्रवेश गरेको छ भने आयोजक बागमती युवा क्लब प्रतियोगिताबाट बाहिरिएको छ घरेलु मैदान र दर्शकको राम्रो साथ भए पनि राष्ट्रिय खेलाडीको वर्चस्व भएको थ्री स्टारलाई बागमती युवा क्लबले रोक्न सकिएन सुरुमा निकै सम्हालेर खेलेता पनि खेलको २१ औं मिनेटमा गोल खान पुगे

थ्री स्टारका सुनिल बलले पास दिएको क्रस बललाई सुशील राईले सहजै गोल गर्दै टिमलाई अग्रता दिलाए खेलको ७९ औं मिनेटमा मानसा बिभोगउलले दिएको पासमा अनिल गुरुङले डिबक्स भित्रबाट गोल गर्दै अग्रता दोब्बर बनाए । त्यस्तै खेलको ८९ औं मिनेटमा सुशील राईले थप एक गोल गरे र ईन्जुरी समयमा मानसाले गोल गर्दै अन्तत ४-० को गोल अन्तरले थ्री स्टारले जितेको हो । खेलको म्यान अफ दि म्याच घोषित हुँदै २ गोल गरेका थ्री स्टारका सुशील राईले नगद १० हजार हात पारे ।

भोलि हुने खेलमा डिफेन्डिङ च्याम्पियन सुदूरपश्चिम ११ सँग हिमालयन शेर्पालाई हराउँदै दोस्रो चरणमा आफ्नो स्थान पक्का गरेका एपीएफ बीच हुनेछ र भोलिको विजेताले सेमिफाइनलमा बैशाख ३ गते रुस्लान थ्री स्टार सँग खेल्नेछ ।

जारी प्रतियोगितामा विभागीय २ टिम विदेशी टिम भुटानको पारो क्लब नेपालका ए डिभिजन टिम र आयोजक बागमती क्लब र बागमती नगरपालिका टिम गरि १२ वटा टिमको सहभागीता रहेको छ । विजेता टिमले नगद १० लाख रनिङ शिल्ड र उपविजेता टिमले नगद ५ लाख शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने सर्लाहीका उत्कृष्ट खेलाडीले बागमती राईजिङ अफ दि इयर घोषित हुँदै एउटा मोटरसाइकल प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

महिला–पुरूष खेलाडीबीच विभेद गरिएको भन्दै विरोध

img

एउटै प्रकृतिको काम लगाउदा महिला–पुरूषको ज्याला समान हुनु पर्ने भन्दै यहाँका महिलाहरूले ...

थ्री स्टारले उचाल्यो तेस्रो राजर्षि जनक कपको उपाधि

img

सर्लाहीमा जारी तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि रुस्लान थ्री स्टारले ...

बागमती नगरपालिका फाइनल प्रवेश, थ्री स्टारसँग भिड्ने

img

बागमती नगरपालिका टिम तेस्रो राजर्षि जनककप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । ...

राजर्षि जनककप : रुस्लान थ्री स्टार फाइनल

img

सर्लाहीको बागमतीमा जारी तेस्रो संस्करणको राजर्षि जनककप फुटबल प्रतियोगितामा काठमाडौंको रुस्लान थ्री ...

झापा ११ क्वाटरफाइनलमा

img

झापा–११ ले रुपन्देही ११ लाई ३-० ले हराउँदै सर्लाहीको बामगतीमा जारी तेस्रो ...

वीरगञ्जलाई ट्राइब्रेकरमा पराजित गर्दै फ्रेण्ड्स क्लब दोस्रो चरणमा प्रवेश

img

युनाइटेड क्लब पर्सालाई ट्राइबे्रकरमा ३–१ गोलले पराजित गर्दै फ्रेण्ड्स क्लब काठमाण्डौं, सर्लाहीको ...

पत्रपत्रिका

सबै