कार्यविधि–२०७५ स्वीकृत

प्रेस रजिष्टार नियुक्त

| हेटौंडा

३ नम्बर प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद बैठकले हिमाली तथा पहाडी जिल्लामा महिला तथा बाल स्वास्थ्य प्रबद्र्धनका लागि साना योजना कार्यक्रम अनुदान सम्बन्धी कार्यविधि–२०७५ स्वीकृत गरेको छ । 

बैठकले मागमा आधारित योजना कार्यक्रम छनौट, कार्यन्वयन सम्बन्धी कार्यबिधि–२०७५ स्वीकृत गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

गत बारा र पर्सामा आएको हावाहुरीका कारण पिडीत परिवारको आवास निर्माणका लागि प्रदेश २ का सरकारलाई रकम पठाउने निर्णय गरेको हो । यसअघिको मन्त्रिपरिषद बैठकले हावाहुरी पिडितलाई एक करोड दिने निर्णय गरिसकेको थियो । बैठकबाट नेपाल भ्रमण बर्ष २०२० प्रबद्र्धन सम्बन्धी प्रदेश स्तरीय कार्यबिधि पनि स्वीकृत गरेको ढुंगेलले जानकारी दिए । उनले जलचर संरक्षण सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक पनि बैठकले स्वीकृत गरेको जानकारी दिए । 

प्रेस रजिष्टार नियुक्त

बैठकले प्रेस रजिष्टारमा रेवती सापकोटा  नियुक्त गरेको छ । प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको बैठकले आन्तरिक मामिला तथा योजना मन्त्रालय अन्तरगत रहने गरी नियुक्त गरेको हो । सिन्धुपाल्चोक चौताराका स्थायी बासिन्दा सापकोटा २० बर्षदेखि पत्रकारिता पेशामा आवद्ध रहेका छन् । स्नातकोत्तर तह अध्ययन गरेका सापकोटा विभिन्न संचार माध्यममा आवद्ध रहेका छन् ।  

प्रतिकृया दिनुहोस्

बिर्ता प्रथाले किसान समस्यामै

img

रसुवाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकाका किसान बिर्ता प्रथा उन्मुलनको ६ दशकमा ...

एक नम्बर प्रदेशमा बहुभाषिक सङ्गीत महोत्सव हुने

img

एक नम्बर प्रदेशको इटहरीमा प्रदेशस्तरीय बहुभाषिक सङ्गीत महोत्सव हुने भएको छ । ...

गुम्बाको सहयोगार्थ सांस्कृतिक कार्यक्रमको आयोजना

img

गुरु रिन्पोछे ट्रस नेपालले अनुमानित ७ करोडको लगानीमा लालबन्दी नगरपालिका ११ बाहुनीमा ...

गोसाईकुण्ड केबुलकार निमार्णका लागि ५० दिन भित्रै स्वीकृत हुने

img

वन्यजन्तु तथा पालिका भ्रमण वर्ष २०१९ को भ्रमण वर्षले पर्यटन को आगमनमा ...

प्रदेश ३ ले एक करोड सहयोग

img

३ नम्बर प्रदेश सरकारले बारा र पर्साका हावाहुरी पीडितको आवास निर्माणका लागि ...

बेरुजु साढे उनन्साठी लाख

img

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७४।७५मा साढे उनन्साठी लाख रुपैयाँ अनियमिता गरेको ...

पत्रपत्रिका

सबै