पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा शैलुङ महोत्सव 

| काठमाडाैं

नेपाल पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा शैलुङ महोत्सव हुने भएको छ । दोलखा र रामेछापको पर्यटकीय क्षेत्र शैलुङमा ३ दिने शैलुङ सांस्कृतिक तथा प्राकृतिक पर्यटन महोत्सव हुने बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । 

शैलुङ पर्यटन महोत्सव मूल समारोह समिति गठन गरिएको छ । समितिमा दोलखाको शैलुङ र मेलुङ अनि रामेछापको दोरम्बा गाउँपालिका रहेका छन् । 

बैशाख १३ देखि १५ सम्म हुने महोत्सवको तयारीमा तीनै वटा गाउँपालिका जुटिरहेको छ ।

समितिका संयोजक भरतप्रसाद दुलालका अनुसार बैशाख १३ देखि १५ सम्म हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिनेछ । र समापन भने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछ, सम्मेलनमा दुलालले बताए ।

शैलुङ प्रथम (साङ्गे म्हारमोचे), पाँचौ पद्यसम्भव र सातौ गौतम बुद्धले तपस्या गरेको पवित्र भूमि हो । यसको पर्यटकीय दृष्टिकोणले प्रचारप्रसार गर्नु सबैको दायित्व हो । आयोजक तीन गाउँपालिकाका अध्यक्षहरुद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ । 

प्राकृतिक एवं जैविक विविधताले सम्पन्न शैलुङभूमि महादेव लगायतका ऋषिमुनिहरुको तपोभुमि शैलुङलाई चिनाउने चौरी, याक, १०८ थुम्का, पद्य्मसम्भवका पद्चापका चिन्ह, शैलुङश्वरी महादेव, बाघढुङ्गा, जार काट्ने तरबार, विभिन्न प्रजातिका लालीगुराँस, सूर्योदय र सूर्यास्तका मनोरम दृश्य, गौरीशंकर, सगरमाथा, बौद्ध चैत्य लगायत प्राकृतिक एवं पर्यटकीय स्थलहरुको दृश्य अवलोकन गर्न सकिनेछ । 

ऐतिहासिक, पुरातात्विक, जैविक विविधतायुक्त सय थुम्काका वरिपरि आदिवासी जनजातिका संगम थलोलाई विश्वसामु चिनाउने पहिलो प्रयास हो । संयोजक कमानसिंह तामाङले भने–‘केन्द्रिकृत राज्यसत्ताले शैलुङलाई चिनाउने प्रयास गरेन, स्थानीय सरकारले यसलाई सकरात्मक प्रचारप्रसार गरी सरोकारवाला रामेछाप र दोलखाका बासिन्दाको समृद्धिको सपना साकार पार्ने प्रयत्नमा छौं । 

शैलुङ क्षेत्र आफैमा हिमाली क्षेत्र हो । तामाङ, शेर्पा, नेवार, मगर, क्षेत्री, ब्राम्हण लगायतका जाति बसोबास रहेको छ । स्थानीय रितिरिवाज, लवाईखवाई र चालचलन आफैमा आकर्षणको केन्द्र हो । हिमाली क्षेत्रमा पशुपालनको रुपमा चौरीपालन, आलु खेती र बहुमुल्य जडीबुटिको भण्डार रहेको छ ।  

आगामी वर्ष शैलुङले कालापानीमा र अर्को वर्ष मेलुङले फुर्केसल्लामा महोत्सवको आयोजना गर्ने सहमति भएको छ, मेलुङ गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले भने– ‘महोत्सव गर्दा सम्बन्धित गाउँपालिका बढी बजेट विनियोजन र २ साझेदार पक्षले थप व्यहोर्ने सहमति भएको छ ।’

शैलुङ समुद्री सतहबाट ३१४५ मीटरको उचाईमा रहेको छ । काठमाडौंदेखि अरनिको राजमार्गको मुडेबजार हुँदै पुग्न सकिन्छ । धुलिखेलबाट दोरम्बाको खोलाखर्क र मेलुङबाट समेत पुग्न सकिन्छ ।

यसवर्ष दोरम्बाको खोलाखर्कमा महोत्सव हुनेछ । विभिन्न विभागीय उपसमितिहरू बनाएर महोत्सवको तयारीमा जुटिरहेको दोरम्बा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले बताइन् । 

महोत्सवमा मदनदास श्रेष्ठ, माथिमाथि शैलुङ्गेमा चौरी डुलाउनेलाई... बोलको गीतको गायिका कुन्ति मोक्तान, पल्पसा डंगोल, सुरविर पण्डित, रोज मोक्तान, शशिकला मोक्तान, अविनाश घिसिङ, लोकेन लामा, लाक्पातेञ्जि शेर्पा लगायतका चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले बताएका छन् । 

प्रतिकृया दिनुहोस्

बिर्ता प्रथाले किसान समस्यामै

img

रसुवाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकाका किसान बिर्ता प्रथा उन्मुलनको ६ दशकमा ...

एक नम्बर प्रदेशमा बहुभाषिक सङ्गीत महोत्सव हुने

img

एक नम्बर प्रदेशको इटहरीमा प्रदेशस्तरीय बहुभाषिक सङ्गीत महोत्सव हुने भएको छ । ...

गुम्बाको सहयोगार्थ सांस्कृतिक कार्यक्रमको आयोजना

img

गुरु रिन्पोछे ट्रस नेपालले अनुमानित ७ करोडको लगानीमा लालबन्दी नगरपालिका ११ बाहुनीमा ...

गोसाईकुण्ड केबुलकार निमार्णका लागि ५० दिन भित्रै स्वीकृत हुने

img

वन्यजन्तु तथा पालिका भ्रमण वर्ष २०१९ को भ्रमण वर्षले पर्यटन को आगमनमा ...

प्रदेश ३ ले एक करोड सहयोग

img

३ नम्बर प्रदेश सरकारले बारा र पर्साका हावाहुरी पीडितको आवास निर्माणका लागि ...

बेरुजु साढे उनन्साठी लाख

img

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७४।७५मा साढे उनन्साठी लाख रुपैयाँ अनियमिता गरेको ...

पत्रपत्रिका

सबै