निजगढ गोल्डकप : सेमिफाईनल खेल शुरु

| निजगढ 

नेपाल आईस पाँचौ निजगढ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनल खेलहरु बुधबारबाट शुरु हुँदैछ । सेमिफाईनलमा आयोजक निजगढ युवा क्लव सहित नवजनजागृति युवा लव, बारा बिरगंज युनाईटेड फुटबल क्लव र सर्लाही ११ पुगेका छन । 

पहिलो सेमिफाईनल खेलमा आज नवजनजागृति युवा क्लव बारा र बिरगंज युनाईटेड फुटबल क्लव बीच प्रतिस्पर्धा हुँदैछ । खेल वडा नम्बर ४ पुरानो निजगढ स्थित कछाडीया खेल मैदानमा अपरान्ह ३ बजेदेखि शुरु हुनेछ । आगामी चैत्र ३० गतेसम्म संचालन हुने प्रतियोगितामा बारा, पर्सा, मकवानपुर, चितवन, रौतहट र महोत्तरीका बिभिन्न ८ वटा टिमहरुको सहभागिता रहेकोछ । 

प्रतियोगितामा साविक बिजेता बारा ११,नवजनजागृति युवा क्लव बारा, बिरगंज युनाईटेड फुटबल क्लव, कमाने फुटबल एकेडेमी मकवानपुर, हर्दि युवा समाज चितवन, सर्लाही ११, बेंखडी युवा क्लव महोत्तरी र आयोजक निजगढ युवा क्लवको सहभागिता रहेको छ । 

प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हाजार रुपैंया सहित ट्रफी प्राप्त गर्नेछन भने उपविजेताले नगद १ लाख सहित ट्रफी प्राप्त गर्नेछन । 

त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याच घोषित खेलाडीले २५ सय रुपैया सहित ट्रफी प्राप्त गर्नेछन भने विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैंया सहित ट्रफी प्राप्त गर्नेछन ।

प्रतिकृया दिनुहोस्

महिला–पुरूष खेलाडीबीच विभेद गरिएको भन्दै विरोध

img

एउटै प्रकृतिको काम लगाउदा महिला–पुरूषको ज्याला समान हुनु पर्ने भन्दै यहाँका महिलाहरूले ...

थ्री स्टारले उचाल्यो तेस्रो राजर्षि जनक कपको उपाधि

img

सर्लाहीमा जारी तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि रुस्लान थ्री स्टारले ...

बागमती नगरपालिका फाइनल प्रवेश, थ्री स्टारसँग भिड्ने

img

बागमती नगरपालिका टिम तेस्रो राजर्षि जनककप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । ...

राजर्षि जनककप : रुस्लान थ्री स्टार फाइनल

img

सर्लाहीको बागमतीमा जारी तेस्रो संस्करणको राजर्षि जनककप फुटबल प्रतियोगितामा काठमाडौंको रुस्लान थ्री ...

झापा ११ क्वाटरफाइनलमा

img

झापा–११ ले रुपन्देही ११ लाई ३-० ले हराउँदै सर्लाहीको बामगतीमा जारी तेस्रो ...

वीरगञ्जलाई ट्राइब्रेकरमा पराजित गर्दै फ्रेण्ड्स क्लब दोस्रो चरणमा प्रवेश

img

युनाइटेड क्लब पर्सालाई ट्राइबे्रकरमा ३–१ गोलले पराजित गर्दै फ्रेण्ड्स क्लब काठमाण्डौं, सर्लाहीको ...

पत्रपत्रिका

सबै