चौडाई घटेपनि मापदण्ड घटेन : मेयर वड

| धनगढी

धनगढी उपमहानगरपालिकाले एलियाली विकास बैंक (एडिवि) को ऋण सहयोगमा निर्माण गरिरहेको सडकहरु मापदण्ड विपरित बनाइरहेको छ ।

सडक निर्माण गर्दा जग्गाधनीले विरोध गरेमा परियोजना रोकिने भएपछि नीति विपरित ६ मिटर चौडाई घटाएको हो । पहिलो चरणमा निर्माण भइरहेको सात वटा सडकहरुको टेण्डर गर्ने तयारीमा जुटेको उपमहानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी चौडाई घटाएर संरचना निर्माण गर्ने जनाएको छ ।

पहिलो चरणमा चौडाई घटाएर निर्माण गर्ने गरी दुई साताभित्रै टेन्डर आव्हान गर्ने जनाएको छ । यद्यपि, उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले सडकको मापदण्ड नघटाएको बताएका छन् । ‘३० मिटर चौडाई भएको मेन रोडमा २४ मिटर र २४ मिटर चौडाई भएको चटकपुर–क्याम्पसगेट सडक १६ मिटर संरचना बन्छ,’ उनले भने, ‘यसमा मापदण्ड भने घटाइएको होइन ।’

एडिविले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणलाई पहिलो प्राथमिकता दिएको छ । त्यसमा उपमहानगरपालिकाले सहमति जुटाउन नसकेपछि विवाद नआउने गरी सडक निर्माणको कार्यलाई अगाडि बढाउन सहमति दिएको हो । विवाद नहुने सडकहरुको समेत चौडाई घटाएर सडक निर्माण गर्ने उपमहानगरपालिकाले तयार गरेको छ । 

सम्मेलनमा सहभागी क्षेत्रीय शहरी विकास आयोजनाका इञ्जिनियर एवम् सूचना अधिकारी रुपचन्द्र बुढाथोकीले निर्माण गरिने सडकले १० वर्षसम्म धनगढीको चापलाई थेग्ने बताए ।

धनगढी मेनरोडको २४, धनगढी–क्याम्पसगेट–जोखरतालको २१, चटकपुर–क्याम्पसगेट र धनगढी–खुटिया (स्याउले)  को १६/१६, हसनपुर रोड, प्रहरी गुल्म–चौराहा र मालपोत रोडको १०/१० मिटर चौडाई कायम गरेको छ ।

एडिविको सहयोगमा बन्ने ३.९९ मिलोमिटर धनगढी मेन रोडको चौडाई २४ मिटर मात्रै हुने भएपछि त्यसको एकतर्फी सडक ७/७ मिटर, दुबैतर्फको साइकल लेनहरु डेढ/डेढ मिटर, ड्रेनहरु आधा/आधा मिटर र फुटपाथ दुई/दुई मिटरको मात्रै बन्नेछ । एक मिटरको सडकको बीचमा सडक डिभाईडर बन्ने छ ।

त्यसैगरी, घटाएर १६ मिटर चौडाई कायम गरिएका सडकको मुख्य बाटो ७ मिटरको हुने छ भने त्यसको साइकल लेन, ड्रेन र फुटपाथ पनि २४ मिटर चौडाई भएको सडक सरह नै चौडा हुने छन् । तर १० मिटर चौडाई भएको सडकमा साइकल लेन बनाइने छैन भने फुटपाट १.७५ मिटर चौडा हुने छ ।

मेयर वडले धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुसार सो सडक बनाउँदा बिजुली, टेलिफोनको तारालाई अन्डरग्राउण्ड बनाइने बताए । उनले सडकको चौडाई घटाउँदा मापदण्ड भने यथावत राखेको दावी गरे । 

उपमहानगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार एडिविसँग सम्झौता भएको ४२ किलोमिटर ९ सय ६२ मिटर सडक मध्ये १० किलोमिटर २ सय ५० मिटर सडक पहिलो चरणमा निर्माण गर्ने सम्झौता भएको छ । जसमा प्रहरी गुल्मदेखि चौराहासम्म २.०७, धनगढी मेनरोड १.३८, चटकपुरदेखि क्याम्पसगेटसम्म ३.६५, धनगढी–क्याम्पसगेट–जोखरताल सडक ०.७०, धनगढी–खुटिया (स्याउले) अन्तरगतको होटेल डिभोटीदेखि पिपल चौतारासम्म ०.८७, हसनपुर रोड १.१५ र मालपोत रोड ०.४३ किलोमिटर बन्ने छ ।

एडिविले धनगढीका लागि २०१५ मा छुट्टयाइएको एक अर्ब ३५ करोड रुपैयाँ बजेटमा सवा १० किलोमिटर सडक मात्रै निर्माण गर्न सकिने भएकाले दुई चरणमा निर्माण गरिन लागेको आयोजनाका सुचना अधिकार बुढाथोकीले बताए । 

एडिविको सहयोगमा धनगढीमा धनगढी गाउँ–बेली ६.३८, धनगढी–त्रिवेणी २.४६, धनगढी–मोहना २.०४, पुरानो भन्सार रोड २.०२, प्रहरी गुल्म–चौराहा २.०७, धनगढी मेनरोड ३.९९, धनगढी–क्याम्पसगेट–जोखरताल १.४५, चटकपुर–क्याम्पसगेट ३.६५, डिभोटी–पिपलचौतारा ०.८७, नगरपालिका रोड १.६९, रातोपुल–तारानगर १.५३, चटकपुर–राजघाट १.५६, बोराडाँडी–तारानागर हुँदै खुटिया सडकसम्म २.५५, बोराडाँडी–फाप्ला, ०.७०, खुटिया रोड ३.२५, जोखरताल रोड ०.३२, उत्तरबेहडी रोड ०.२९, सहनपुर रोड १.१५, जुगेडा रोड १.०४, ल्याण्डफिल साइड रोड १.६३, मालपोत रोड ०.४३, नैनादेवी रोड ०.४७ र फुलवारी रोड १.४४ किलोमिटर बनाउने सम्झौता भएको थियो ।

पहिलो चरणमा नपरेको सम्झौता अनुसारको बाँकी रोड दोस्रो चरणमा बनाइने छ । उपमहानगरपालिकाले एडिविसँग गरेको सम्झौता अनुसार सो सडकले धनगढी बजारभित्रका वडालाई मात्रै समेटेको छ । धनगढी उपमहानगरपालिकाका वडा नम्बर ३, ६, ९, ११, १३, १४, १५, १६, १७, १८ र १९ लाई सो सडकले नछुने भएको छ । 

मेयर वडले धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुसार सो सडक बनाउँदा बिजुली, टेलिफोनको तारालाई अन्डरग्राउण्ड बनाइने बताए । उनले सडकको चौडाई घटाउँदा मापदण्ड भने यथावत राखेको दावी गरे । 

उपमहागरपालिकाले सडकको चौडाई घटाएपनि नगरबासीलाई घर निर्माणका लागि सडकबाट ३० मिटरभित्र मात्रै संरचना बनाउने नक्सा दिने गरेको छ । धनगढीको मेनरोडमा चौडाई घटाएर २४ मिटर कायम गरिएपनि धेरै संरचनाहरु सडकमा पर्ने भएका छन् । यद्दपि, एडिविँंग आयोजना कार्यान्यन गर्दा बढिमा ४२ वटा संरचना मात्रै भत्काउने उपमहानगरपालिकाले सहमति गरेको छ ।

प्रतिकृया दिनुहोस्

बिर्ता प्रथाले किसान समस्यामै

img

रसुवाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकाका किसान बिर्ता प्रथा उन्मुलनको ६ दशकमा ...

एक नम्बर प्रदेशमा बहुभाषिक सङ्गीत महोत्सव हुने

img

एक नम्बर प्रदेशको इटहरीमा प्रदेशस्तरीय बहुभाषिक सङ्गीत महोत्सव हुने भएको छ । ...

गुम्बाको सहयोगार्थ सांस्कृतिक कार्यक्रमको आयोजना

img

गुरु रिन्पोछे ट्रस नेपालले अनुमानित ७ करोडको लगानीमा लालबन्दी नगरपालिका ११ बाहुनीमा ...

गोसाईकुण्ड केबुलकार निमार्णका लागि ५० दिन भित्रै स्वीकृत हुने

img

वन्यजन्तु तथा पालिका भ्रमण वर्ष २०१९ को भ्रमण वर्षले पर्यटन को आगमनमा ...

प्रदेश ३ ले एक करोड सहयोग

img

३ नम्बर प्रदेश सरकारले बारा र पर्साका हावाहुरी पीडितको आवास निर्माणका लागि ...

बेरुजु साढे उनन्साठी लाख

img

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७४।७५मा साढे उनन्साठी लाख रुपैयाँ अनियमिता गरेको ...

पत्रपत्रिका

सबै