सरकारको विरोध नगरेको भन्दै देउवामाथि खनिए सिटौला 

| काठमाडौं

सरकारले संविधान विपरित काम गर्दा पनि प्रमुख प्रतिपक्षी आफ्ना पार्टीका सभापति शेरबहादुर देउवा मौन बसेको भन्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आक्रोश व्यक्त गरेका छन् । संविधानलाई क्षतविक्षत गर्ने काम सत्ताबाट भएको र कांग्रेस मौन बसेको उनको आरोप थियो । ‘यस्तो बेला सभापति देउवा किन बोल्नु हुन्न ?’ उनको प्रश्न थियो । 
मंगलबार काठमाडौं क्षेत्र नम्बर ६ मा कांग्रेसले एक कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा उनले कांग्रेस आफैभित्र लुछाचुँडी गरिरहेको र प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको आरोप समेत लगाए । ‘आफैंभित्र लुछाचुँडीमा छ कांग्रेस, एकै सैद्धान्तिक गन्तब्यमा पार्टी हिँडाउन सकिएको छैन, भातृ संगठन क्षतविक्षत छन्, नेविसंघ कहाँ छ ?’ उनले प्रश्न गरे ‘आफैंभित्र बोल्न, कार्यकर्तासँग बोल्न नसक्नेले कम्युनिस्टसँग लड्न सक्छ ?’
कार्यक्रममा उनले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि पनि आरोप लगाए । पौडेलले पार्टीभित्र आफ्नो हिस्सा खोज्ने बाहेक अरु काम नगरेको उनको आरोप थियो । 

प्रतिकृया दिनुहोस्

शैलुङ काँग्रेसले मनाए नयाँ वर्ष

img

नेपाली काँग्रेस शैलुङ गाउँपालिका सम्पर्क समिति –काठमाडौंले नयाँ बर्षको अवसर पारेर भेटघाट ...

नेपाली कांग्रेसको जागरण अभियान, ७७ जिल्लामा कुन नेता कहाँ कहाँ खटाए ?

img

नेपाली कांग्रेसले आफूले घोषणा गरेको राष्ट्रिय जागरण अभियान सफल पार्नका लागि ७७ ...

लिम्बुवान प्रान्त बाहेक विकल्प छैन : लिङ्देन

img

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले लिम्बुवानका लागि ...

नेकपाको कार्यकर्ता अगुवा भेला सम्पन्न

img

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शैलुङ गाउँपालिका संगठन कमिटिले संगठन सुदृढीकरण एवं कार्यकर्ता ...

सरकारको कामप्रति राप्रपाको कडा आलोचना

img

वर्तमान सरकारको कार्यप्रति राप्रपा संयुक्तले कडा आलोचना गरेको छ । ३३ किलो ...

विप्लवलाई नेकपामा प्रवेश गर्न प्रचण्डको अनुरोध

img

सरकारले प्रतिबन्ध लगाएका विप्लव र उनीद्धारा निर्देशित पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा ...

पत्रपत्रिका

सबै