महोत्सवको पूर्वसन्ध्यामा वक्तृत्वकला

मणिचुडमा साँडे उचाल्नेदेखि ढिँडोसम्म

| काठमाडौं

बज्रयोगिनी मणिचुड पर्यटन महोत्सव–२०७६ को पूर्वसन्ध्यामा शंखरापुर नगर मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगिताको तयारी तिब्र भइरहेको छ ।  

महोत्सव मूल आयोजक समितिका साहित्य विभाग संयोजक श्रीराम कार्कीले दिएको जानकारी अनुसार प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ । उनले भने–“शंखरापुर नगरपालिकामा पर्यटन विकासको महत्व र आवश्यकता” शिर्षकमा यही चैत्र २५ गतेको मिति तय गरेर प्रतियोगिता गर्न लागिएको हो । 

प्रतियोगितामा शंखरापुर नगरपालिकाभित्रका प्रत्येक माध्यमिक विद्यालयका छात्र र छात्रामध्येबाट एक जनाले सहभागी हुन पाउने संयोजक कार्कीले जनाए । 

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई नगद, ट्रफी र प्रमाण–पत्र सहित पुरस्कार प्रदान गरिने छ भने अप्रतियोगि रचनाहरुसमेत वाचन गर्न पाउने बज्रयोगिनी पर्यटन प्रवद्र्धन समितिका सचिव रक्षेबहादुर तामाङ (युनिक) ले जानकारी दिए । 

महोत्सवकै पूर्वासन्ध्याको चैत्र २८ गते मैत्रीपूर्ण फुटबल प्रतियोगिता पनि हुनेछ । 

शंखरापुर नगर वडा नं. ८ स्थित बज्रयोगिनी घुमारचोकमा अवस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय स्थल मणिचुड र विश्व सम्पदा सूचिमा सूचिकृत हुन प्रस्तावित धार्मिक सहिष्णुताको प्रतिक बज्रयोगिनी मन्दिरको विशेषतालाई उजागर गरी पर्यटन गन्तब्यको रुपमा विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको समितिका संयोजक विरबहादुर ग्लानले बताए । 

उनका अनुसार यस वर्षको अन्तिम चैत्र ३० र नयाँ वर्ष २०७६ को बैशाख १ मा महोत्सव गर्न लागिएको हो ।

महोत्सवमा बज्रयोगिनी मणिचुड म्याराथन, साँडे उचाल्ने, नगरस्तरीय लोकदोहोरी प्रतियोगिताको कार्यक्रम तय भएको सचिव युनिकले जानकारी दिए । स्थानीय तामाङ, नेवार, ब्राम्हण समुदायको भेषभुषा, कला संस्कृति, बाजागाजासहितको झाँकी, बुद्धको मुर्ति सिलान्यास, फोटो प्रदर्शन, सांगीतिक प्रस्तुतिहरु हुनेछ, सचिव युनिकले भने– महोत्सवमा स्थानीय समुदायका खानाका परिकार, ढिँडो, भेषभुषा, तामाङ मौलिक घर लगायत स्टल हुनेछ ।  

मणिचुड कुण्डसँगै रहेको साँढे उचाल्दा गानो निको हुने र छोरा पाउने जनविश्वाससमेत रहेको उनले बताए । 

बज्रयोगिनी मन्दिर अवलोकन, मणिचुडबाट विभिन्न हिमश्रृंखलाको मनोरम दृश्य, उपत्यका सहर, सनराइज लगायतका दृश्यहरु अवलोकन गर्न सकिनेछ । 

प्रत्येक नयाँ वर्षको अवसरमा महोत्सव गर्दै आइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

रसुवागढी र साञ्जेनको साधारण शेयर खुल्ला

img

जलविद्युत कम्पनीहरुमध्ये सम्भावनायुक्त आयोजना मानिएका रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीको साधारण ...

शैलुङले दिए चौरीपालकलाई पाँच लाख

img

कृषि र पलुपालनलाई जोड दिंदै आएको शैलुङ गाउँपालिकाले चौरीपालक समूहलाई पाँच लाख ...

तातोपानी नाका जेठ १७ देखि खुल्ने 

img

तातोपानी नाका जेठ १७ गतेदेखि संचालनमा आउने भएको छ । नाका संचालनको ...

एनसेलले कर नतिरेसम्म शेयर विक्री र लाभांश वितरण रोक्न सर्वोच्चको आदेश

img

एनसेलले कर नतिरेसम्म शेयर विक्री र लाभांश वितरण रोक्न सर्वोच्चले आदेश गरेको ...

धुञ्चेमा गुराँसको जुस, विरामीलाई अति उपयोगी

img

राष्ट्रिय फूल लालीगुराँस आफैमा बहुउपयोगी बनस्पति हो । धुञ्चेका गाउँलेले यसको स्वस्थ्यबर्दक ...

बीमा कम्पनीलाई पुँजी पुर्याउन गाह्रो

img

बीमा कम्पनीहरुलाई संस्था संचालनको लागि तोकेको पुँजी पुर्याउन गाह्रो भएको छ । ...

पत्रपत्रिका

सबै