सिराहामा एचआईभीले २४ को ज्यान लियो

संक्रमितले उपचार लिन छाडे

| सिराहा

लहानमा एचआईभी संक्रमित हालसम्म २० जना फेला परेको छ भने सिराहामा २४ जनाको मृत्यु भएको छ । एचआईभी संक्रमित भएका देशभरी १ हजार ३ सय ६ जनाको मृत्यू भएको पत्रकार र स्वास्थ्यकर्मीबीच मंगलबार लाहानमा भएको अन्तरक्रियामा सो तथ्यांक सार्वजनिक गरेको छ । 

सिरहामा एचआईभी सम्बन्धी उपचारको लागि लहान अस्पतालमा मात्रै व्यवस्था रहेको छ । पुरुष १४, महिला ७, तेस्रो लिङ्गी २ र बालक १ जनाले उपचार लिन छोडिएको जिल्ला जनस्वास्थ्य कार्यालय सिराहाका स्वास्थ्य अधिकृत सरोजकर्ण बताएका छन् ।

आरटी सेन्टरमा फागुन मसान्तसम्म पुरुष ९७, महिला ७१, तेस्रो लिङ्गी २, बालक १३ र बालिका ४ जनाले उपचारको लागि नाम दर्ता गराएका छन् । जसमा १ सय ६३ जनाले मात्र उपचार गराउँदै आएको छ भने भेदभावको कारण २४ जनाले उपचार लिन अन्तै जाने गरेको लहान नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत रत्न दासले बताए । 

नेपालमा हालसम्म ३१ हजार २० जना यो एचआईभी संक्रमित रहेको छ । जसमा ६१ प्रतिशत पुरुष, ३९ प्रतिशत महिला, बालबालिका ३.५ प्रतिशत संक्रमित रहेको छ ।  

यो वैदेशिक रोजगार, नशालु पदार्थ प्रयोगकर्ता, यौनकर्मी, समलिङ्गीहरुबाट सर्ने गरेको अन्तरक्रियामा जानकारी गराएका छन् । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ सिराहाका अध्यक्ष दिनेश्वर गुप्ता, स्वास्थ्यकर्मी अनिल साहलगायत दर्जनौ सहभागी रहेका थिए ।

प्रतिकृया दिनुहोस्

निशुल्क स्वास्थ्य परिक्षण

img

राम अवतार जनता मावि अत्रौलीका विद्यार्थीहरुको मंगलबार निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ...

स्वच्छ सफा र हरित रसुवा

img

‘स्वच्छ सफा र हरित रसुवा’ अभियानमा रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीसहित ...

काजु खानुको फाइदै फाइदा, बलियो हड्डीदेखि रोगमुक्तीसम्म

img

काजुलाई ड्राइफुडको राजा भनिन्छ । काजु एक प्रकारको मसला हो । काजु ...

मिलापको स्वास्थ्य शिविर

img

‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै ...

घुम्तिमा ९ सय ८६ 

img

जिल्ला प्रशासन कार्यालय रसुवा र उत्तरगया गाउँपालिकाको सहकार्यमा विहिवार सम्पन्न एकीकृत घुम्ति ...

अर्बुदमा पुनः सुवाल

img

नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौं जिल्ला शाखाको सभापतिमा पुनः अजयसिंह सुवाल ...

पत्रपत्रिका

सबै