निशुल्क स्वास्थ्य शिविर

| नुवाकोट

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ६ स्थित क्रियटिभ एकेडेमी इङ्लिस बोर्डिङ स्कूलमा सञ्चालित एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । 

शनिबार लियो क्लब अफ नुवाकोट परोपकारले तेस्रो बर्षिकोत्सवमा शिविर गरेको हो । शिविरमा जेनेरल फिजिसियन, बाल रोग, स्त्री रोग, दन्त रोग, अकुपञ्जर(नशा) अर्थोपेडिक (हाडजोर्नी) सम्बन्धि परिक्षणकासाथै निशुल्क उपचार गरेका थिए । 

शिविरमा ४ महिनादेखि ८६ वर्षको उमेरकाले सेवा लिएका थिए । गाउँमा नै निशुल्क स्वास्थ्य परिक्षण गरेर औषधी उपचार गर्न पाएकोमा खुशी ब्यक्त गर्दै स्थानीय सानुकान्छी श्रेष्ठले भनिन्– ‘यसले हामीलाई नयाँ जीवन नै दिएको छ ।’   

लियो क्लव अफ नुवाकोट परोपकार, लियो लायन्स क्लब काठमाडौ, परोपकार र जीवनी नेपालको संयुक्त आयोजनामा गरेको हो । 

शिविरमा क्रियटिभ एकेडेमी इङ्लिस बोर्डिङ स्कुल, बेलकोटगढी नगरपालिका वडा नम्बर ५, झिल्टुङ स्वास्थ्य चौकी दुईपिपल, कामरुदेवी मा.वि, महारुद्र युवा क्लब तारुका, शुभबिहानी युवा क्लब सिउरेनीले सहआयोजना गरेका थिए । 

मेरो हस्पिटलका प्रमुख कार्यकारी अधिकृत रुपनारायण शाहले विकट ठाउँमा आएर पनि बिरामीहरुलाई सेवा गर्न पाउँदा खुशी लागेको बताए । 

कार्यक्रम संयोजक मोहन नेपालले गाउँगाउँमा कुनै संघसंस्थाले अनुरोध गरेमा जहाँसुकै ठाउँमा स्वास्थ्य शिविर संचालन गरिने बताए । 

कार्यक्रमको अन्त्यमा बाँकी रहेको औषधी झिल्टुङ स्वास्थ चौकी दुई पिपललाई हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य जानकारी 

शिविरमा ककनी सामुदायिक विकास केन्द्रद्वारा संचालित सुआहारा कार्यक्रमले पनि स्तनपान सम्बन्धि परामर्श छलफलको लागि संदेश, महिनावारी स्वच्छतामा ध्यान दिनुपर्ने कुराहरु, बच्चाका दिसापिसाबलाई सुरक्षित तरिकाले विसर्जन गर्न ध्यान दिनुपर्नेका साथमा साबुन पानीले हात धुनैपर्ने जोखिमयुक्त अवस्थाहरुका बारेमा फिल्ड सुपरभाइजर समिक्षा लामाले जानकारी दिए । 

पानी शुद्धीकरण गर्ने घरेलु  विधिहरु, सुनौलो हजार दिनका कुरा, पोषण कर्नर अन्तर्गत हरेक बार, खाना चार जसमा पशु जन्य, हरिया सागपात तथा पहेला फलफुल, गेडागुडी, अन्न, कन्दमुल र परिवार नियोजनका साधनहरु, घरायसी कुखुरालाई स्वास्थ्य तरिकाले पाल्ने तरिकाजस्ता जानकारी फिल्ड सुपरभाइजर लामाले जानकारी दिएका हुन् ।

प्रतिकृया दिनुहोस्

तीन हजारको उपचार

img

सामुदायिक आँखा केन्द्रले एक बर्षमा ३ हजार ७ सय ३३ जनाको आँखा ...

सिराहामा एचआईभीले २४ को ज्यान लियो

img

लहानमा एचआईभी संक्रमित हालसम्म २० जना फेला परेको छ भने सिराहामा २४ ...

सुदूरपश्चिममा क्षयरोगको जोखिम बढदो

img

धनगढी । सुदूरपश्चिम प्रदेशमा क्षयरोगी बढिरहेको तथ्याङ्कले देखाएको छ । ‘अबको गन्तब्य, क्षयरोगको ...

स्वास्थ्यमा सहकारीको ठूलो योगदान : मन्त्री यादव

img

सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न ...

पशु स्वास्थ्य शिविर सम्पन्न

img

वागमती गाउँपालिका वडा न. ५ इकुडोलले बीउ विजन वितरण तथा पशु स्वास्थ्य ...

निशुल्क स्वास्थ्य शिविर

img

क्यान्सर सोसाइटी नेपाल, नेपाल क्यान्सर हस्पिटल, उत्पीडित जागरण अभियान समाज र लायन्स ...

पत्रपत्रिका

सबै