एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

| रसुवा

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा चाहिन्छ । यसैका उदाहरण हुन्, २८ बर्षीया छिमा तामाङ । उनी गोसाइकुण्ड गाउँपालिका दाहालफेदीस्थित घरबाट नेपाल राष्ट्रिय आधारभुत विद्यालय टिमुरेमा अध्ययनरत छिन् । उनी एक हातमा ३ महिने बालिका र एक हातमा किताब बोकेर विद्यालय धाउछिन् ।

गरिबी, घरायसी कामको बोझ, सानै उमेरमा विवाह र एकचोटि फेल भएपछि पढाईलाई विचैमा छोड्नुपर्ने ग्रामीण बस्तीका विशेषता नै हुन् । यस्तै भएको छ, उनीलाई पनि । सानै उमेरमा उनले सोही गाउँ टार्साका टाटी घलेसँग विवाह गरेकी थिइन् । त्यसैले उनीले आफ्नो अध्ययन निरन्तरता गर्न पाइनन् । त्यसो त छोरासँग उनी विद्यालय जान्छिन् । सोही विद्यालयमा उनका छोरा कक्षा ५ मा पढ्छन भने उनी कक्षा ८ मा पढ्छिन् ।

हिजोआज बजारबाट ल्याइएका सामग्रीहरुको नाम पहिचान गर्न उनीलाई सजिलो भएको छ । उनी भन्छिन्, स्वास्थ्य चौकीको औषधिदेखि बजारीय सामग्रीको गुणस्तर र म्याद गुज्रेको सजिलै पढ्न सक्ने भएकी छु । अहिले उनी छोरी साथमै बोकेर दैनिक विद्यालयमा जान्छिन् । 

उनका श्रीमान घले भने रसुवाको सुख्खा बन्दरगाहमा श्रमिकको रुपमा काम गरिरहेका छन् । 

पढाई छोड्दै गर्दा नियमित पढ्नुपर्छ भनेर हौसला नदिएकोमा विगत सम्झिदै दुखेसो पोखिन् । पढ्नलाई उमेरले छेक्दैन भन्दै निरन्तरता दिइएको छिमा सुनाउँछिन् । 

प्रधानाध्यापक फुर्पूदोर्जे घलेका अनुसार छिमा केयर हिमालयन रिजन छात्रावासमा विहान बेलुका काम गर्दै र दिउँसो नियमित कक्षामा उपस्थित हुन्छिन् । उनले भने, छिमाजस्तै पढ्न चाहनेलाई सरकारले भत्ताको व्यवस्था गरियोस् । 

सोही गाउँपालिकाका ५४ बर्षीय किप्पाछिरिङ वाइबाले पनि रसुवा माविबाट कक्षा ८ को परीक्षा दिइरहेका छन् । 

यसरी छिमा जस्तै उत्साह बोकेर पुनः अध्ययन गर्नेहरु बवढेका छन् । ग्रामीण क्षेत्रदेखि सहरसम्मका पाको उमेरका विद्यार्थी बढेका हुन् । सांसद शान्ता चौधरीदेखि नायिका करिष्मा मानन्धरसम्मले पढाईलाई पुनः निरन्तरता दिएर एसइइसम्म पुगेका छन् ।

प्रतिकृया दिनुहोस्

काठमाडौमा नै निकुञ्ज  पीडित

img

वनस्पति, वन्यजन्तु, भूदृश्यहको संरक्षणका लागि स्थापना भएका राष्ट्रिय निकुञ्ज का नीतिहरु नागरिकमैत्री ...

शैलुङको कोसेली छुर्पी

img

यो गीतको सिर्जना गर्दा सर्जक श्रवण मुकारुङले सायदै सोचेका थिएनन् । गीतमा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

नेपालीले बजार पाएन, अर्बाैको स्याउ भित्रिए

img

नेपालभित्र हुने उत्पादन वस्तुलाई प्राथमिकता दिनको सट्टा विदेशबाट आयात गरेर खाइरहेको छन् ...

पत्रपत्रिका

सबै