कलर ओएस ६ सार्वजनिक

| काठमाडौं

ओपोले आधिकारिक रुपमा स्मार्टफोन प्ल्याटफर्मको आफ्नो नयाँ भर्जन–कलर ओएस ६ सार्वजनिक गरेको छ । विश्वका केही बजारमा भरखरै सार्वजनिक ओपो एफ११ र एफ ११ प्रोमा यो ओएस उपलब्ध गरिसकिएको छ । हल्का कलर स्किममा आधारित नयाँ ओएसले कार्य क्षमतामा परिस्कृतिकरण र एप ड्रअरपनि उपलब्ध गरिएको छ ।

सफा र ब्यवहारिक दृष्यानुभवका लागि नयाँ डिजाइनमा सरल सेतो पृष्ठभुमी र सुक्ष्म ग्राडियण्ट अपनाइएको छ । न्यून रेखा, नयाँ आइकन्स, नयाँ गेस्चर र परिस्कृत एनिमेसन सहितको यो ओएस, ओएस परिमार्जन रुचाउनेहरुका लागि राम्रो छनोट हुन सक्छ ।

कार्यक्षमतामा उत्कृष्टताका लागि हाइपर बुस्ट नाम दिएर यसमा विशेष ब्यवस्था गरिएको छ । ब्यवस्था अन्तर्गत प्रणाली बुस्ट, एप बुस्ट र गेम बुष्ट लगायत पर्दछन् । गेमको मज्जा लिइ रहँदा फोन कल वा नोटिफिकेसनका कारण रुकावत नआओस् भन्ने सोचका साथ यसमा गेम एसिस्टेन्टको ब्यवस्था गरिएको छ । साथै, फोनमा स्क्रिन रेकर्डिङको ब्यवस्थापनि रहेको छ । 

पर्सनलाइज्ड गेमिङ अनुभव दिने सोचका साथ नयाँ ओएसमा गेम स्पेस नामको फिचरपनि उपलब्ध गरिएको छ । ओएस ६मा ईन्टरनेटको समस्याबाट प्रयोगकर्तालाई छुटकारा दिने सोचका साथ वाईफाई र फोरजी कनेक्टिभिटीको एकिकृत प्रयोग गर्ने स्मार्ट डुअल च्यानल नेटवर्क उपलब्ध गरिएको छ ।

त्यसैगरी यसमा राइडिङ मोडको पनि ब्यवस्था गरिएको छ । तर, यसको उपलब्धता परिवहन कार्यका लागि सर्वाधिक रुपमा मोपेडको प्रयोग गरिने देशहरुमा सिमित गरिएको छ । जानकारी अनुसार नोटिफिकेशन म्यूट गर्ने, कल काट्नका लागि म्यासेज गर्ने तथा ध्यान भंग हुने कुनैपनि प्रकारका विचलन रोक्ने यो सुविधा दक्षिण–पूर्वी एसियाली बजारमा मात्र उपलब्ध हुनेछ ।

एण्ड्रोइड पाईमा आधारित कलर ओएस ६मा होम स्क्रिनको बायाँ पट्टीबाट स्वाइप गर्दा उपलब्ध हुने परिमार्जित स्मार्ट एसिस्टेन्ट, नेभिगेसन गेस्चर, परिस्कृत नोटिफिकेसन बार लगायत सुविधापनि उपलब्ध छन् । अहिले अधिकांश कुरा एआईमा आधारित छ । त्यसैले नयाँ ओएसमा उपलब्ध गरिएको सिष्टम स्मार्ट म्यानेजमेन्टले प्रक्रिया नियाल्दै, स्वचालित रुपमा धेरै प्रयोग नहुने ब्याकग्राउण्ड एपहरु रोक्दै ब्याट्री जोगाउने काम गर्छ । 

प्रतिकृया दिनुहोस्

हरिवनमा अनलाइन प्रविधि 

img

हरिवनमा रहेको मालपोत कार्यालयमा अनलाइन प्रबिधिबाट काम सुरु भएको छ ।  हरिवन नगरपालिकाका ...

हुवावेईको छुट्टै अपरेटिङ सिस्टम

img

चिनियाँ दूरसञ्चार कम्पनी हुवावेईले आफ्नै अपरेटिङ सिस्टम ल्याउने तयारी गरेको छ । ...

नेपालको मिनी स्याटलाइट अन्तरिक्षमा पठायो

img

नेपालको भू–उपग्रह पहिलो पटक अन्तरिक्षमा बिहीबार पठाएको छ । नेपालीस्याट–१ नाम दिएको ...

एफ ११ प्रोमा राईजिङ क्यामेरा

img

ओपोको लोकप्रिय एफ सिरिज अन्तर्गत सार्वजनिक हुने तयारीमा रहेको नयाँ स्मार्टफोन, एफ११ ...

 शुल्क भुक्तानी अब इसेवाबाटै, लाइनको बाध्यता हट्यो 

img

अन्तराष्ट्रिय शिक्षा क्षेत्रमा सेवा प्रदान गर्ने विश्व विख्यात संस्था आईडीपी एजुकेशनले नेपालमा ...

चार्जिङ सेन्टर स्थापना

img

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीको सुविधाको लागि नेपाल टेलिकमको सहयोगमा मोबाइल चार्ज ...

पत्रपत्रिका

सबै