प्रहरीले अछाममा विप्लवका नेता र कार्यकर्तामाथि गोली चलायो

| अछाम

अछाममा प्रहरीले विप्लवका नेता तथा कार्यकर्तामाथि गोली चलाएको छ । पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । प्रहरीले भने विप्लव समूहले पहिले गोली चलाएपछि गोली हान्न बाध्य भएको जनाएको छ ।
प्रत्यक्षदर्सीका अनुसार रामारोशन गाउँपालिकाको बाटुलासैनमा विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्ने क्रममा मंगलबार दिउँसो दोहोरो गोली चलेको हो । बाटुलासैनमा विप्लव समूहका कार्यकर्ता लुकेर बसेको सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो । प्रहरीले त्यहाँँबाट चारजना पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अनेम संघ क्रान्तिकारीका भूमिसरा धामी, युवा संगठनका राजेन्द्र धामी रहेका छन् । 
प्रहरीको घेराबन्दीबाट भाग्ने क्रममा नेकपा अछामका इन्चार्ज शेरबहादुर बिकको खुट्टामा चोट लागेको र आफूहरु गोली चलाउन बाध्य भएको नेकपाको दाबी छ ।
 

प्रतिकृया दिनुहोस्

शैलुङ काँग्रेसले मनाए नयाँ वर्ष

img

नेपाली काँग्रेस शैलुङ गाउँपालिका सम्पर्क समिति –काठमाडौंले नयाँ बर्षको अवसर पारेर भेटघाट ...

नेपाली कांग्रेसको जागरण अभियान, ७७ जिल्लामा कुन नेता कहाँ कहाँ खटाए ?

img

नेपाली कांग्रेसले आफूले घोषणा गरेको राष्ट्रिय जागरण अभियान सफल पार्नका लागि ७७ ...

लिम्बुवान प्रान्त बाहेक विकल्प छैन : लिङ्देन

img

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले लिम्बुवानका लागि ...

नेकपाको कार्यकर्ता अगुवा भेला सम्पन्न

img

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शैलुङ गाउँपालिका संगठन कमिटिले संगठन सुदृढीकरण एवं कार्यकर्ता ...

सरकारको कामप्रति राप्रपाको कडा आलोचना

img

वर्तमान सरकारको कार्यप्रति राप्रपा संयुक्तले कडा आलोचना गरेको छ । ३३ किलो ...

विप्लवलाई नेकपामा प्रवेश गर्न प्रचण्डको अनुरोध

img

सरकारले प्रतिबन्ध लगाएका विप्लव र उनीद्धारा निर्देशित पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा ...

पत्रपत्रिका

सबै