बैंकक लैजाने भन्दै गुम्बाका पदाधिकारीले ३९ जनालाई ठगे

| काठमाडौं

बुढानिलकण्ठ १ मा रहेको रिग्जिन छ्योई फेलिङ गुम्बाका सञ्चालकहरुले बैंकक लैजाने भन्दै ३९ जनालाई ठगेको अरोप लागेको छ । उनीहरुले विश्व शान्ति पूजाको नाममा ठगी गरेको हो । 
पक्राउ पर्नेमा गुम्बा संचालक पासाङ खण्डु शेर्मा भनिने खाण्डो शेर्पा र गुम्बाका लेखापाल बौद्धका शान्ति लामा छन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । वृत्तका अनुसार घटनामा संलग्न एक जना अझै फरार छन् । फरार रहेका गुम्बाका सञ्चालक माइला तामाङको खोजी भइरहेको उनले बताए ।
उनीहरुले विभिन्न व्यक्तिलाई फकाएर बैंककमा रहेको गुम्बाहरुमा विश्व शान्ति पूजामा लैजान्छु भनेर रकम लिएका थिए । तर, त्यहाँ नलगी ठगी गरेको जाहेरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । हाल उनीहरुबाट ठगिने ३९ जना प्रहरीको सम्पर्कमा आइसकेका छन् । हाल पक्राउ परेका दुई जनालाई ठगी सम्बन्धी कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सुन्दरीजलमा शैक्षिक सामग्री

img

सुन्दरीजल आधारभूत विद्यालय गोकर्णेश्वर नगरपालिका–१ मुलखर्कमा तामाङ डाटावेसको अगुवाईमा आइतबार शैक्षिक सामग्री हस्तान्तरण गरिएको ...

घेदुङको वडा कमिटी गठन

img

नेपाल तामाङ घेदुङले भरतपुर–७, कृष्णपुरमा वडा कमिटी गठन गरेको छ । सन्तोष ...

छोरङानमा माया

img

छोरङान महिला समाजको एघारौं साधारणसभाले अध्यक्ष माया लामा (थिङ) को अध्यक्षतामा नयाँ ...

रामेछापमा बैरागी मोक्तान

img

रामेछाप तामाङ कलाकार समाजको अध्यक्षमा फापारे सेलो गायक बैरागी मोक्तान सर्वसम्मत चयन ...

डम्फू साँझ हुने

img

काठमाडौंमा आउने शनिबार डम्फु साँझ २०७५ हुने भएको छ । साँझमा गायक ...

घेदुङ प्रदेश २ विस्तारित बैठक 

img

नेपाल तामाङ घेदुङ प्रदेश नं. २ को विस्तारित बैठकसम्पन्न भएको छ । बिहीबार ...

पत्रपत्रिका

सबै