विप्लव नेतृत्वको नेता, कार्याकर्ताहरु धमाधम पक्राउ

| काठमाडौं

विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले देशका विभिन्न ठाउँहरुबाट धमाधम पक्राउ गरिरहेको छ । पक्राउ पर्नेहरुमा पार्टी र विभिन्न भातृ संगठनका नेता कार्यकर्ताहरु रहेको प्रहरीले जनाएको छ । 
यही क्रममा नवलपरासीबाट जिल्ला इन्चार्ज र भातृ संगठनका अध्यक्षसहित तीनजना पक्राउ गरेको छ । पश्चिम नवलपरासी जिल्ला इन्चार्ज ‘सुमन’ उपनामका गंगा ज्ञवाली, जनपरिषद्का जिल्ला प्रमुख दानबहादुर आचार्य र नगर इन्चार्ज गणेश ढकाल पक्राउ परेको परासी प्रहरीले जनाएको छ । ज्ञवालीमाथि ट्रकमा आगजनी गरेको आरोप छ । गत फागुन ३० गते विप्लवले आह्वान गरेको नेपाल बन्दका क्रममा बासाबसही चोकमा रोकी राखेको ट्रकमा आगजनी भएको थियो । उनीमाथि ’आगो लगाएको’ अभियोगमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । सोमबार राति विप्लवका नवलपरासी जिल्ला सदस्य धनबहादुर मर्दनिया पक्राउ गरिएको छ । 
यसैगरी तनहुँ प्रहरीले विप्लवका ३ कार्यकर्ता पक्रेको छ । केशवटारका भेषबहादुर सुनार, सिसाघाटका सुनील कुमाल र जुम्ला घर भई तनहुँ बस्ने अमर बुढा सोमबार राति पक्राउ परेका हुन् । सुनार र कुमाल आफ्नै घर र बुढा बन्दीपुरको याम्पाफाँटबाट पक्राउ परेका थिए ।
राजविराज जिल्ला ईन्चार्ज सहित तीनजना कार्यकर्तालाई पनि प्रहरीले पक्राउ गरेको छ । सप्तरीका विभिन्न स्थानबाट तेजनारायण यादव, नुन्नु राम र गणपति साहलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । ४० वर्षीय तेजनारायण छिन्नमस्ता गाउँपालिका–१ का हुन् । ५२ वर्षीय नुन्नु कञ्चनरुप नगरपालिका–६ का हुन् । गणपति भने शम्भुनाथ नगरपालिका–६ का बासिन्दा हुन् । प्रहरी जनाए अनुसार यादव जिल्ला इन्चार्ज हुन् भने अन्य दुई जिल्ला सदस्य हुन् । उनीहरुलाई घरबाटै प्रहरीले पक्राउ गरेको हो । प्रहरीले विप्लब समुहमा संलग्न रहेको आरोपमा अन्य व्यक्तिहरुलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
भोजपुरा इन्चार्ज पनि वीरगञ्जबाट पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका १९ वर्वाटोल घर भएका विगाप्रसाद चौरसियालाई प्रहरीले पक्राउ गरेको हो । सोमबार साँझ साढे ६ बजे उनलाई वर्वा गाउँस्थित सडकबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । चौरसियाबिरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ अन्तर्गत सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

प्रतिकृया दिनुहोस्

शैलुङ काँग्रेसले मनाए नयाँ वर्ष

img

नेपाली काँग्रेस शैलुङ गाउँपालिका सम्पर्क समिति –काठमाडौंले नयाँ बर्षको अवसर पारेर भेटघाट ...

नेपाली कांग्रेसको जागरण अभियान, ७७ जिल्लामा कुन नेता कहाँ कहाँ खटाए ?

img

नेपाली कांग्रेसले आफूले घोषणा गरेको राष्ट्रिय जागरण अभियान सफल पार्नका लागि ७७ ...

लिम्बुवान प्रान्त बाहेक विकल्प छैन : लिङ्देन

img

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले लिम्बुवानका लागि ...

नेकपाको कार्यकर्ता अगुवा भेला सम्पन्न

img

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शैलुङ गाउँपालिका संगठन कमिटिले संगठन सुदृढीकरण एवं कार्यकर्ता ...

सरकारको कामप्रति राप्रपाको कडा आलोचना

img

वर्तमान सरकारको कार्यप्रति राप्रपा संयुक्तले कडा आलोचना गरेको छ । ३३ किलो ...

विप्लवलाई नेकपामा प्रवेश गर्न प्रचण्डको अनुरोध

img

सरकारले प्रतिबन्ध लगाएका विप्लव र उनीद्धारा निर्देशित पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा ...

पत्रपत्रिका

सबै