पूर्व आयुक्त पाठकलाई ११ वर्ष र घुस दिने न्यौपानेलाई ८ वर्ष कैद माग

| काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वआयुक्त राजनारायण पाठक र घुस खुवाउने नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अनुसन्धानका क्रममा आयोगका आयुत्त पाठकले अख्तियारमा विचाराधिन उजुरी मिलाई दिने भनी पदीय आचरण विपरित काम गरेको देखिएकाले मुद्दा दायर गर्ने निर्णय गरिएको बताईएको छ । कलेजका अध्यक्ष न्यौपानेसँग ७८ लाख रुपैंया घुस लिएको देखिएकाले भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय भएको हो । 
अख्तियारले पाठक र न्यौपानेमाथि ७८ लाख रुपैंया बिगो मागदाबी गरेको छ । भ्रष्टाचार निवारण ऐनको दफा ३ अनुसार, ५० लाखदेखि एक करोड रुपैंया घुस लिनेरदिने व्यक्तिलाई ६ देखि ८ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । यही कानुन अनुसार पाठकमाथि अख्तियारले ८ वर्ष कैद सजाय हुनुपर्ने मागदावी गरेको हो । उक्त ऐनको दफा २४ मा विशिष्ट श्रेणीको कर्मचारी भ्रष्टाचारमा संलग्न भएको भेटिए थप ३ वर्ष कैद हुने व्यवस्था छ । सो व्यवस्था अनुसार पाठकमाथि ११ वर्षसम्म कैद सजाय हुनसक्ने देखिन्छ । न्यौपानेको हकमा भने अख्तियारले ७८ लाख रुपैंया बिगो र ८ वर्षसम्म कैद सजायको मागदाबी छ ।

प्रतिकृया दिनुहोस्

साना लगानीका संचारमाध्यमले गरे पन्ध्र बुँदे घोषणापत्र जारी

img

साना लगानीका सञ्चारमाध्यमको प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक एक दिने प्रदेशस्तरीय कार्यक्रम ...

प्रज्ञामा पुस्तक प्रदर्शनी  शुरू

img

नववर्ष तथा विश्व पुस्तक दिवसका अवसरमा आइतवारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु ...

भन्सार छलीको मोबाइल बरामद, रिहा गर्न राज्यमन्त्रीको दवाव 

भन्सार छली गरी ल्याउँदै गरेको लाखौको मोवाईलसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । प्रविन परियारले साढे तीन लाख बराबरको मोबइल भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ...

बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क

img

काठमाडौको बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क वितरण गरेको छ । ...

गोासाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ तामाङलाई निशान पदक प्रदान

img

ऐतिहासिक स्थल रसुवागढीमा राष्ट्रिय झण्डा प्रतिस्थापन र रात्रीकालिन अवतरण गर्न मिल्ने हेलिप्याड ...

लाङटाङ पदमार्गलाई डा. प्र्रल्हाद योञ्जन रेडपाण्डा पदमार्ग घोषणा

img

धुन्चे २६ किलो मिटरमा रहेको स्याफ्रु वेशी क्याङजिङ पदमार्गलाई गा. प्रल्हाद योञ्जन ...

पत्रपत्रिका

सबै