मलेसिया रोजगारी खुल्यो, कलिङ भिसा आएकाहरु तत्कालै जान पाउने

| काठमाडौं

यही सातादेखि मलेसिया रोजगारी खुल्नेभएको छ । झण्डै १० महिनापछि सरकारले मलेसियामा कामदार पठाउन सुरु गर्ने भएको हो । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार एक साताभित्रै कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिन तयारी थालिएको छ ।
मलेसियासँग भएको श्रम समझदारीको मर्म अनुरुप कलिङ भिसा आएकालाई जान दिन सुरु गरेको हो । सरकारले गत जेठ १२ गतेबाट मलेसियाका लागि श्रम स्वीकृति दिन रोकेको थियो । विभिन्न विचौलिया संयन्त्रमार्फत कामदारलाई सिन्डिकेट लादेर ठगी भएको भन्दै श्रम मन्त्री गोकर्ण बिष्टले ठगी गर्नेमाथि कारवाही चलाएका थिए । ती संयन्त्रमाथि गृह मन्त्रालयमार्फत अनुसन्धान गरेर हाल अदालतमा ठगीको मुद्दा विचाराधीन अवस्थामा छ । यही बीचमा कामदारले मलेसिया जाँदा एक रुपैयाँ पनि शुल्क तिर्नु नपर्ने र लागेको सबै शुल्क रोजगारदाताले बेहोर्ने गरी दुई देशबीच श्रम समझदारी भएको थियो ।
समझदारीमा कलिङ भिसा आएकाहरुलाई तत्कालै जान दिने उल्लेख भएपनि पुरानो बिचौलिया (भेन्डर)मार्फत कामदारको भिसा प्रक्रिया अघि बढाउन नसकिने अडान नेपालले लिएको थियो । तर, मलेसियाले पनि तत्कालै भेन्डर नफेर्ने संकेत गरेको थियो ।
यही कारण श्रम समझदारीपछि पनि कलिङ भिसा आएकाहरुलाई पनि मलेसियाका लागि श्रम स्वीकति दिइएको थिएन । बीचमा २० जना कलिङ भिसा पाएका कामदार मलेसिया दूतावासको सिफारिसमा उडेका थिए । त्यसपछि सरकारले कलिङ भिसा आएका कामदारको विवरण म्यानपावरहरुसँग मागेको थियो । मन्त्रालय स्रोतका व्यवसायीले ७ हजार कलिङ भिसा आएका कामदारको सूची बुझाएका छन् । अब पहिलो चरणमा ती कलिङ भिसा आएका कामदारलाई पठाएर मलेसियामा रोजगारी खोल्ने तयारीमा सरकार जुटेको हो । अब संस्थागततर्फबाट भिसा आइसकेकाहरु पनि मलेसिया उड्न पाउनेछन् । सरकारले केही समयभित्रै नयाँ कामदारलाई पनि मलेसिया जान दिने गरी प्रक्रिया अघि बढाउने बताएको छ ।

प्रतिकृया दिनुहोस्

रसुवागढी र साञ्जेनको साधारण शेयर खुल्ला

img

जलविद्युत कम्पनीहरुमध्ये सम्भावनायुक्त आयोजना मानिएका रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीको साधारण ...

शैलुङले दिए चौरीपालकलाई पाँच लाख

img

कृषि र पलुपालनलाई जोड दिंदै आएको शैलुङ गाउँपालिकाले चौरीपालक समूहलाई पाँच लाख ...

तातोपानी नाका जेठ १७ देखि खुल्ने 

img

तातोपानी नाका जेठ १७ गतेदेखि संचालनमा आउने भएको छ । नाका संचालनको ...

एनसेलले कर नतिरेसम्म शेयर विक्री र लाभांश वितरण रोक्न सर्वोच्चको आदेश

img

एनसेलले कर नतिरेसम्म शेयर विक्री र लाभांश वितरण रोक्न सर्वोच्चले आदेश गरेको ...

धुञ्चेमा गुराँसको जुस, विरामीलाई अति उपयोगी

img

राष्ट्रिय फूल लालीगुराँस आफैमा बहुउपयोगी बनस्पति हो । धुञ्चेका गाउँलेले यसको स्वस्थ्यबर्दक ...

बीमा कम्पनीलाई पुँजी पुर्याउन गाह्रो

img

बीमा कम्पनीहरुलाई संस्था संचालनको लागि तोकेको पुँजी पुर्याउन गाह्रो भएको छ । ...

पत्रपत्रिका

सबै