विप्लवका तमुवान संयोजक र म्याग्दी जिल्ला जनसरकार प्रमुख पक्राउ

| काठमाडौं

विप्लव नेतृत्वको नेकपा तमुवान संयोजक किसान सिंह तमु गुरुङ पक्राउ परेका छन् । जनपरिषद् तमुवान संयोजक तमुलाई कास्की प्रहरीले लेखनाथबाट पक्राउ गरेको हो । केही दिनअघि विप्लव नेतृत्वको नेकपाले लेखनाथ पट्नेरीमा व्यवसायी अजय सुमार्गीको मुक्तिश्री कम्पनीको नाममा रहेको जग्गा कब्जा गरेको दाबी गरेको थियो । २५ रोपनी जग्गामा झन्डा, ब्यानर र विज्ञप्ति टाँसेर कब्जा गरिएको जनाएको थियो ।
पक्राउ परेका किसान तमु मुक्ति मोर्चा क्रान्तिकारीका केन्द्रीय महासचिव हुन् भने लेखनाथ निर्माण व्यवसायी समिति लेखनाथका पूर्व अध्यक्षसमेत हुन् । उनी मंगलबार आफ्नै निवासबाट पक्राउ परेका हुन् । तमुलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको र अन्य नेताहरुको पनि खोजि कार्य भइरहेको कास्की प्रहरी जनाएको छ ।
मंगलबार नै अरु ३ जना तनहुँबाट पक्राउ परेका छन् । व्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, व्यास–६ शिशाघाटका सुनील कुमाल र जुम्लाका अमर बुढालाई प्रहरीले पक्राउ गरेको हो । सुनार दलित मोर्चा तनहुँका अध्यक्ष हुन् । कुमाल अखिल क्रान्तिकारी लमजुङ अध्यक्ष र बुढा जुम्ला जिल्ला सदस्य हुन् । म्याग्दी जिल्ला जनसरकार प्रमुख जगेन्द्रबहादुर पुनलाई पनि प्रहरीले पक्राउ गरेको छ । म्याग्दीमै रमेश पुन र थमबहादुर पुनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

शैलुङ काँग्रेसले मनाए नयाँ वर्ष

img

नेपाली काँग्रेस शैलुङ गाउँपालिका सम्पर्क समिति –काठमाडौंले नयाँ बर्षको अवसर पारेर भेटघाट ...

नेपाली कांग्रेसको जागरण अभियान, ७७ जिल्लामा कुन नेता कहाँ कहाँ खटाए ?

img

नेपाली कांग्रेसले आफूले घोषणा गरेको राष्ट्रिय जागरण अभियान सफल पार्नका लागि ७७ ...

लिम्बुवान प्रान्त बाहेक विकल्प छैन : लिङ्देन

img

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले लिम्बुवानका लागि ...

नेकपाको कार्यकर्ता अगुवा भेला सम्पन्न

img

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शैलुङ गाउँपालिका संगठन कमिटिले संगठन सुदृढीकरण एवं कार्यकर्ता ...

सरकारको कामप्रति राप्रपाको कडा आलोचना

img

वर्तमान सरकारको कार्यप्रति राप्रपा संयुक्तले कडा आलोचना गरेको छ । ३३ किलो ...

विप्लवलाई नेकपामा प्रवेश गर्न प्रचण्डको अनुरोध

img

सरकारले प्रतिबन्ध लगाएका विप्लव र उनीद्धारा निर्देशित पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा ...

पत्रपत्रिका

सबै