खादा प्रयोगमा प्रतिबन्ध लगाउने षड्यन्त्र बन्द गर (फोटोफिचर/भिडियो)

| काठमाडौ

खादा प्रयोगमा प्रतिबन्धको विरोध जनाउदै २१ संस्थाले माइतीघरमा आइतबार प्रदर्शन गरेका छन् ।सरकारका बहालवाला मन्त्रीलगायत स्थानीय निकायका पदाधिकारीले खादा प्रतिबन्ध लगाउन खोजेकाले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको हो । 

विरोध सभालाई सम्बोधन गर्दै चुनावताका राजनितिक दलका नेताहरुले भोटबैकका रुपमा मात्रै आदिवासी जनजातिलाई प्रयोग गरेको नेपाल मगर संघका अध्यक्ष नविन रोक्का मगरले आरोप लगाए  । उनले आगामी चुनावमा खादा प्रतिबन्ध गर्ने  नेतालार्ई भोट नदिनेसमेत चेतावनी दिए । 

नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङले वर्तमान सरकारका निर्वाचित प्रतिनिधिहरुले नै खादा प्रतिबन्धको अगुवाई गरेका छन् । अदालतको ढोका ढकढक्याउन बाध्य भएको छौं, उनले भने– दुई तिहाई सरकारले हाम्रा मागलाई सम्बोधन नगर्ने हो भने अन्तराष्ट्रिय समुदायसामु अपिलसमेत गर्छौं । 

यसैगरी सांस्कृतिक तथा धार्मिक पहिचानसँग सम्बन्धित विषयवस्तुलाई उछालेर हाम्रो जस्तो बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक मुलुकमा धार्मिक द्वन्दलाई निम्त्याउनु नहुने आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरूङले बताए । खादा आफैमा पहिचानसँग जोडिएको हुनाले यससँग कसैले जिस्किनु हुन्न, उनले थपे ।

आदिवासी जनजातिका अगुवा नेता आङकाजी शेर्पाले सरकार सुनियोजित बौद्धमार्गीलाई विभिन्न आक्षेप लगाउदै खादा प्रतिबन्धको प्रतिगामी कदम चालेको बताए । त्यसको मुल्य दुई तिहाई सरकारलाई चर्काे पर्छ, उनले भने– ‘केही संघसंस्थाले धार्मिक अनास्था फैलाउने गरी स्वदेशी भन्दै ढाका खास्टोलाई खादा नामाकरण गरी अपमान समेत गरेको छ । यो हामीलाई मान्य छैन, खास्टो खास्टो नै हो, खादा खादा नै हो । ’

प्रदर्शनका सहभागी भिक्षुहरुले बौद्ध संस्कृतिमाथि अनास्था फैलाएर खादा प्रयोगमा प्रतिबन्ध लगाउन खोजेको भन्दै विरोध जनाउदै खादा शुभ मंगलमको प्रतिक रहेका उल्लेख गरे । 

अहिले आएर वातावरणीय हिसाबले अनुपयुक्त र यसको आयातले विदेशमा ठुलो धनराशी जाने भन्दै केही संघसंस्थाको बहाकावमा लागी विभिन्न राजनितिक नेतृत्वहरुले कुतर्क गर्दैछन, नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य कर्मलोचेन शेर्पाले बताए । 

हजारौको संख्यामा माइतीघर मण्डलाबाट बौद्ध भिक्षुभिक्षुणी, आदिवासी जनजातिका नेता, कार्यकर्ता, सामाजिक अभियन्ता, पत्रकारको ¥याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । 

वौद्ध संस्कृतिमाथि अनास्था फैलाउन पाइदैन, ढाकाको गलबन्दीलाई खादा भनेर नामाकरण गर्न पाइदैन, धार्मिक सदभाव विथोल्नेहरुमाथि कडा कारबाही गर, खादा प्रयोगमा प्रतिबन्ध लगाउने सुनियोजित षड्यन्त्र बन्द गर जस्ता नारा लगाएर विरोध गरेका थिए ।

स्मरण रहोस, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं. १ मा वडाध्यक्ष नेत्रबहादुर कार्कीले गत कार्तिक १ गतेदेखि वडामा खादा निषेधको निर्णय गर्दै परिपत्रसमेत सर्कुलर गरेका थिए ।

यसअघि पनि मोडल, पत्रकार, नेतृ लगायतले खादाको विवादस्पद बनेका थिए । 

खादा संस्कृतिसँग जोडिएको संवेदनशील विषय भएकाले अनावश्यक टिकाटिप्पणी नगर्न र धार्मिक सहिष्णुतामा खलल पुर्याउने कार्य नगर्न बौद्धमागी संघसंस्थाले विरोधका कार्यक्रमहरु गर्दै आइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

बज्रयोगिनी मणिचुड महोत्सव सम्पन्न (फोटोफिचर/भिडियो)

img

चौथो बज्रयोगिनी मणिचुड पर्यटन महोत्सव २०७६ सम्पन्न भएको छ । २०७५ को ...

गुराँस फुलेपछि वनको लाली चढ्छ (फोटोफिचर)

img

वनपाखाको हरियालीमा लालीगुराँस फुलेपछि वनकोसमेत लाली चढ्छ । गुराँसेपाखाहरु हराभरासँगै हेर्न जानेहरुको ...

फेसबुक होली (फोटोफिचर)

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । आफन्तजन, छरछिमेक, साथीभाई लगायत मिलेर ...

हारु डायरी

img

जाडो मौसम अन्त्य संगै अब फुलहरुको राजा अर्थात साकुराको सिजन आउँदै छ ...

मकवानपुरगढी दरबार (फोटोफिचर)

img

मकवानपुरगढी दरबार हैटौंडादेखि १६ कि.मि. पूर्व कान्तिपथ सडकसँगै समुद्री सतहदेखि १०१७ मि. ...

मन्त्री अधिकारीसहित सबैलाई श्रदाञ्जली (फोटोफिचर)

img

हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव श्रदाञ्जलीका ...

पत्रपत्रिका

सबै