काठमाडौं

| कविता

हिजो क्रान्तिमा लेखिएका नाराहरू जिउँदै छन् !
काठमाडौंको एउटा अनुहारलाई मैले सोधें 

सत्ताको टाङमुनि लुकाएका छौं, उसले नढाँटी भन्यो ।

हिजो मैले बोल्दा मेरा ओठ सिलाउने सियोहरू
आज आफै खेलाउन खप्पिस भएको छु,  उसले उत्साहसाथ अझै भन्यो 

तिमीलाई माटोको माया लाग्छ ? मैले चक्रपथलाई सोधें !
मलाई माटोको होइन धूलोको अचाक्ली माया लाग्छ,
उसले भन्दै गयो, सत्ता रापिलो हुँदा माटो धूलो बन्छ ।
सत्ता एकतमाशले बर्सिएको बेला धूलो हिलो बन्छ ।
हिलोमा नाचिन्छन्, यहाँ वैंशमा निचोरिएका फूलहरू ।
हिलोमै गाडीन्छन्, यहाँ उम्लँदो रगतका भ्रुणहरू 
चक्रपथ झैं लाग्ने उनका जवाफले धोएर देखाउँछ
गाडी पल्टेको काठमाडांैको एक्स–रे रिपोर्ट ।

रगतको रङ कस्तो हुन्छ ? तिर्खाले व्याकुल सुकेधारालाई सोधें ! 
विचारको मूर्ति भत्किए के हुन्छ ? अरनिको राजमार्गलाई सोधि हेरें 
झण्डा च्यातिए के हुन्छ ? 
टंकप्रसाद घुम्ती सडकमा उभिएर हेरिरहें ! हेरिरहें ! !

हिजोको क्रान्तिस्वर आज भासिएको देख्दा !
हाम्रा जंगलमा मासिएको बोझोको सम्झना भो,
क्रान्तिको हातले राजदण्ड समाएपछि
हरियाली दुबो पनि पहेंलापुर भो ।

काठमाडौं ! तिम्रो हिजो र वर्तमान देखेपछि 
तिम्रो भविष्यको स्वरूप हेर्ने रहर त्यसै त्यसै मरेर गयो ।
रक्सीमा मिसिएका चर्को आवाज
रित्तिएको गिलासभित्रै प्रतिध्वनित भइरह्यो !
यद्यपी फेरि भेट्छु है !
गुडबाइ काठमाडौं ।

प्रतिकृया दिनुहोस्

 आगोको लप्का विमोचन

img

साहित्यकार श्रीराम श्रेष्ठद्धारा लिखित आगोको लप्का हाइकु संग्रह शनिवार विदुरमा एक समाराेह बीच विमोचन गरिएको ...

बिना थिङले जितिन् डिसहोम १२खरी कथा प्रतियोगिता

img

साहित्यकार बिना थिङले १२खरी बुक्सले आयोजना गरेको राष्ट्रव्यापी खुला कथा प्रतियोगितामा जितेकी ...

शब्द रहरमा पोखिए जसराज किराँती 

img

बडो रोचक ढङ्गले पोखिँदै थिए जसराज किराँती, काठमाडौंको दीपज्योति हाईस्कुलमा शब्द रहर ...

पागल युवा

एउटा पागल युवा छ तिमीलाई धेरै मन पराउँछ  तिमीलाई धेरै प्रेम गर्छ र हरक्षण खेलिरहन्छ  तिम्रा भावनासित तिम्रा सम्वेदनासित जो नजिक छ आस्थासित जो उभिन्छ मायासित, भावनासित ऊ दौडन्छ कल्पनासित ऊ सुत्छ हरेक रात नयाँ(नयाँ सपनासित ऊ खेल्छ अश्मितासित ओ ! ...

तीन मुक्तक

१ डिग्री, योग्यता यो मान्छेको, काम लागेन भन्छन् । इमानको गाडी चढेकोले, ठाउँमा पुगेन भन्छन् । हुन पनि दौंतरीहरु, झण्डावाल  गाडी चढ्छन् । समय सँगसँगै यो मान्छेले मात्र, हिंड्न जानेन भन्छन् ।। २ गम्भीर दुर्घटनाको पछाडी, ...

दुई मुक्तक

खोई को हो, मेरी पत्नीलाई सधैं फोन गछॅ त्यो मान्छे बाध्य छे ऊ, शृगार पटार गरेर लगत्तै बाहिर जान्छे  सोध्न सक्तीन म अपाहिज, उसैको भरमा बाँचेको छु आधा रातमा फकॅकी उसले, मुड्कीले आफ्नै ...

पत्रपत्रिका

सबै