रंगमय होली

| काठमाडौ

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै रंगहरुको पर्वको रुपमा होली मनाइन्छ । आफन्तजन, छरछिमेक, साथीभाई लगायत मिलेर आपसमा रंगमय खुशी साटासाट गरिन्छ । रंगले पार्ने उत्साहजनक प्रभावको पनि ब्याख्या गर्दछ, के बालक के बृद्ध अनि के वयस्क ? होली सबैको चाड हो । यसलाई रंगहरु अनि भातृत्व र साहसको पर्वको रुपमा मनाइन्छ ।

साथीभाईबीच बर्षभरिका यादहरु सँगाल्दै अविर र केसरीको टिका लगाउने चलन छ भने अग्रज पुस्ताले दिएको आशिक पनि छुट्टै महत्व रहन्छ । केही वर्ष अगाडि तराईबासीले मात्रै मनाए तापनि अहिले देशभर मनाइन्छ । 

सद्भाव र मित्रताको प्रतिक मानिने होलीलाई नयाँ पुस्ताले विकृति, विसंगतिको रुपमा लिइएको पाइन्छ । खुशीका नाममा मादक पदार्थ, लागुपदार्थ सेवन गरी उच्छृंखल गतिविधि गरी सामाजिक विकृति फैलाउने गरेको छ । सरकारले यसलाई नियन्त्रण गर्न सुरक्षाकर्मी खटाई होलीलाई मर्यादित बनाउने पहल गरेको छ ।

प्रहरी प्रशासनका अनुसार इच्छा विपरीत होली दल्ने, लोला हान्ने, पानी खन्याउने, अमर्यादित गतिविधि गरेको पाइएमा अभद्र व्यवहार अन्तर्गत कानूनी कारवाही हुनेछ । यस्ता गतिविधि देखिएमा नजिकैको प्रहरी कार्यालयमा अथवा प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन समेत आह्वान गरिएको छ ।
७७ वटै जिल्लाले तीन दिन देखि नै होली विशेष सुरक्षा योजना अन्तर्गत प्रचारात्मक कार्यक्रम अघि बढाएको छ । मापसे चेकजाँचदेखि अवाञ्छित गतिविधि निगरानीमा प्रहरी कर्मचारी थपेर सुरक्षा मजबुद बनाइएको प्रशासनले जनाएको छ । यसको लागि सादा पोशकका प्रहरी, घुमुवा प्रहरी र गस्ती टोलीसमेत बढाइएको छ ।

१०७ चेक प्वाइन्ट

प्रहरीले घटना भएपछि नियन्त्रण गर्नुभन्दा घटना हुन नदिनका सचेतना अभियान सञ्चालन गर्न निर्देशन दिएको हो । समुदाय र प्रहरीको संयुक्त अभियान जारी रहेकाले विगतको भन्दा घटना न्यूनीकरण हुने विश्वास गरिएको प्रशासनको भनाइ छ । यसपटक काठमार्डौँमा मात्रै १०७ स्थानमा चेक प्वाइन्ट राखेर होलीलाई शान्तिपूर्ण बनाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

शुभकामना

आज सरकारले पहाड र काठमाडौंमा भोलि तराईमा विदा दिएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई लगायतले फागु पूर्णिमा (होली) पर्वको शुभकामना दिएका छन् । 

हाम्रो तर्फबाट पनि यस रंगको पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं । 

प्रतिकृया दिनुहोस्

काठमाडौमा नै निकुञ्ज  पीडित

img

वनस्पति, वन्यजन्तु, भूदृश्यहको संरक्षणका लागि स्थापना भएका राष्ट्रिय निकुञ्ज का नीतिहरु नागरिकमैत्री ...

शैलुङको कोसेली छुर्पी

img

यो गीतको सिर्जना गर्दा सर्जक श्रवण मुकारुङले सायदै सोचेका थिएनन् । गीतमा ...

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

नेपालीले बजार पाएन, अर्बाैको स्याउ भित्रिए

img

नेपालभित्र हुने उत्पादन वस्तुलाई प्राथमिकता दिनको सट्टा विदेशबाट आयात गरेर खाइरहेको छन् ...

पत्रपत्रिका

सबै