न्युजिल्याण्डको मस्जिदमा आक्रमण

कालो दिनमध्ये एक

| काठमाडाैं
source: reuters.com

न्युजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गरेको छ । बिबिसीमा छापिएको समाचार अनुसार शुक्रबार भएको सो घटनामा एक व्यक्तिले अन्धधुन्धा गोली चलाउँदा केहीको मृत्यु भएको जनाएको छ ।  

प्रत्यक्षदर्शीहरूले स्थानीय समाचारमाध्यमलाई आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको बताएका छन्।

घट्ना घटेपछि प्रधानमन्त्री जेसिन्डा आर्डर्नले अहिलेसम्म स्थिति स्पष्ट नभएको बताएकी छन् । आजको दिन न्यूजिल्यान्डको कालो दिनमध्ये एक हुने प्रधानमन्त्री आर्डर्नले बताइन् । 

प्रहरी प्रमुख माइक बुशले एक जनालाई हिरासतमा लिइएको बताए पनि अरू व्यक्ति संलग्न भए वा नभएको स्पष्ट नभएको बताएका छन् ।

घटनामा कति आक्रमणकारी थिए भन्ने कुरा स्पष्ट भइसकेको छैन। तर न्यूजिल्यान्ड हेराल्ड पत्रिकाका अनुसार एक बन्दुकधारी अस्ट्रेलियाका नागरिक हुन् जसले आप्रवासीहरूविरुद्ध लेखेका छन्।

आक्रमणकारीले भिडिओ खिच्दै मानिस मारेको भनि एउटा भिडिओ सार्वजनिक भएको छ।

प्रतिकृया दिनुहोस्

जापानबासी नेपालीले मनाए बुद्ध जयन्ती

img

जापानमा रहेका नेपालीहरुले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६३ औं जयन्ती मनाएको ...

घेदुङ इजरायलको अध्यक्षमा मोक्तान

img

नेपाल तामाङ घेदुङ इजरायलको अध्यक्षमा अनिला मोक्तान चयन भएको छ । शुक्रबार ...

दूतावासले गरे यायोक्खाको सहयोगमा कामदारको उद्धार

img

घरेलु हिंसामा परेकी दुई घरेलु महिला कामदारलाई नेपाली दूतावास साउदीले उद्धारी नेपाल ...

कोरियामा बुद्ध जयन्ती

img

कोरियामा रहेका नागार्जुन गुम्बामा नेपालीहरुले २५६३ औं बुद्ध जयन्ती मनाएका छन् । ...

बहराइन घेदुङले बुद्ध जयन्ती मनाउने

img

नेपाल तामाङ घेदुङ प्रवास शाखा बहराइनले मे २४ मा बुद्ध जयन्ती मनाउने ...

कुवेत घेदुङले मनायो बुद्ध जयन्ती

img

झट्ट हेर्दा ! नेपालको गुम्बामा पुगेझैं आभाष हुन्छ, जहाँ शान्ति र मधुर स्वरमा ...

पत्रपत्रिका

सबै