निर्देशक सुब्बालाई बिदाई

| पोर्तुगल
तस्बिर : नमस्तेनेपाली डटकम

नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलले चलचित्र निर्देशकको नवीन सुब्बालाई सम्मान तथा विदाई गरेको छ ।सुब्बालाई महासंघले मार्च १३ मा पोर्तुगलस्थित आन्जुस रहेको एभरेष्ट नेपाल रेष्टुरेन्टमा एक कार्यक्रम गरी बिदाई गरेको हो ।

कार्यक्रममा सुब्बाले नेपाली चलचित्रहरु हिन्दीबाट प्रभाव मात्र नभइ हुबहु नक्कल गरिने गरेकोमा चिन्ता व्यक्त गरे । उनले थपे- ‘राज्यले चलचित्रको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनका लागि लगानी गर्नुपर्छ।’ 

प्रवासी नेपाली एकता मञ्चका गोविन्द पौडेल, एनआरएनए पोर्तुगलकाअध्यक्ष कुबेर कार्की, नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलका महासचिव प्रदीप अधिकारी लगायतले सुब्बालाई बिदाई गरेका थिए ।

चलचित्र ‘गुडबाइ काठमाण्डौं’ प्रदर्शनका सिलसिलामा निर्देशक सुब्बा पोर्तुगल आएका थिए । महासंघका कार्यबाहक अध्यक्ष राजेन्द्र शेर्पाको अध्यक्षतामा कार्यक्रम भएका थिए । महासंघका उपाध्यक्ष हेम गुरुङले स्वागत र महासचिव मदन लिम्बुले सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

भेनेजुएलामा ग्वाइदोका सेना प्रमुख पक्राउ

img

भेनेजुएलामा स्वघोषित राष्ट्रपति हुआँ ग्वाइदोका सेना प्रमुख रोबर्टो मारेरो पक्राउ परेका छन् ...

जापानमा न्यु ईयर मेला हुने

img

धादिङ समाज जापानले सडक सुरक्षा सचेतना तथा आपतकालिन राहतकोष निर्माणार्थ न्यु ईयर म्युजिकल ...

बहराइन घेदुङमा पदपूर्ति

img

नेपाल बहराइन तामाङ घेदुङको दोस्रो बैठक मार्च १५ मा सम्पन्न भएको छ ...

हेल्प मधेशी साउदीले होली मनाउने

img

हेल्प मधेशी साउदीले बृहत साँस्कृतिक कार्यक्रमगरी होली मनाइने भएको छ । हेल्पले ...

ओमनमा ज्यान गुमाउने परिवारले क्षतिपूर्ति पाउने

मस्कटस्थित नेपाली दूतावासको पहलमा ओमनमा मृत्यु भएका ८ नेपाली कामदारका परिवारले करिब ८३ लाख ६२ हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । दूतावासले सम्बन्धित परिवारले पाउने गरी परराष्ट्र मन्त्रालयमा पठाएको छ ...

विप्लव मोर्चा साउदीद्वारा प्रेस विज्ञप्ति

img

नेकपा (विप्लव) का प्रबास संगठन नेपाली जनप्रगतिशिल मोर्चा साउदीले पार्टीमाथि भएको राजनीतिक ...

पत्रपत्रिका

सबै