पार्किङ गर्न अटेर गर्नेलाई नयाँ नियम

| पाँचथर

पाँचथरको फिदिम नगरपालिका वडा नम्बर २ स्थित पल्लोटारमा गत मंसिर २९ गते नयाँ बसपार्क उदघाटन गरिएको भएपनि यातायात व्यवसायीले सवारीसाधन पार्किङ गर्न अटेर गरेका छन् ।

सदरमुकाम फिदिम बजारमा यात्रु ओराल्ने र चढाउने बानी परेका यातायात व्यवसायीहरुले बसपार्कमा पार्किङ गर्न अटेर गरिरहेका हुन् । नयाँ वसपार्कमा यातायात व्यसासायीले सवारी साधन पार्किङ गर्न अटेर गरेपछि फिदिम नगरपालिकाले नयाँ नियम लागु गरेको छ । यातायात व्यवसायीले आवश्यक पूर्वाधार सहितको नयाँ वसपार्कबाट यात्रु चढाउनेओराल्ने र पार्किङ गर्ने नगरेपछि नगरपालिकाले बिहीबारदेखि नयाँ नियम लागु गरेको हो । विहिबार बसेको नगरकार्यपालिकाको बैठकले वसपार्क कार्यान्वयनका लागि पाँच वटा निर्णय गरेको छ ।

उक्त निर्णयमा फिदिम बजारभित्र अवैध रुपमा वस तथा ट्याक्सी टिकट काउण्टर सञ्चालन गरेको पाइएमा उक्त सञ्चालकलाई कारबाही गरिने भएको छ । यसरी बजारभित्र अवैध रुपमा काउन्टर सञ्चालन गर्नेलाई पहिलोपल्ट पाँच सय, दोस्रोपल्ट एक हजार र त्यसपछि हरेकपल्ट पाँच हजार रुपैंयाँ जरिवाना गरिने निर्णय गरिएको छ । त्यस्तै यात्रुबाहक सवारी साधन फिदिम बजारभित्र ३० मिनेट मात्र राख्न पाइने भएको छ । ३० मिनेटभन्दा बढी समय बजारभित्र राखिएको पाइएमा त्यस्ता सवारी साधनलाई पनि माथि उल्लेख भए अनुसारकै जरिवाना गरिने नगर कार्यपालिकाले गरेको निर्णयमा उल्लेख छ ।

यसैबीच फिदिम बजारभित्र यात्रु चढाउन र ओराल्नका लागि सवारी साधनलाई चार स्थान तोकिएको छ । अब सावारी साधनले फिदिम बजारको हाहालगैरी, मेनरोडस्थित लक्ष्मी बैंक अगाडि, शनिबारे चोक र जिल्ला अदालत छेउको बरडाँडामा मात्र यात्रु चढाउन र ओराल्न पाउँनेभएका छन् । यो नियम उलङ्घन गर्ने सवारी साधनलाई पनि माथि उल्लेख गरिए बमोजिम नै कारबाही गरिने बताइएको छ । त्यस्तै सवारी साधनले वसपार्कबाट लिनुपर्ने इन्ट्रि पासलाई समेत कडाइका साथ लागु गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

विप्लवविरुद्ध परिचालन नभएको सेनाको स्पष्टोक्ति 

नेपाली सेनाले केही मिडियाले फैलाएको अफवाफप्रति आफ्नो ध्यानकर्षण भएको बताएको छ । ती मिडियाहरुले विप्लवविरुद्ध सेना परिचालन भएको समाचार प्रकाशित गरेको थियो । कालीकोट लगायतका जिल्लामा विप्लव माओवादीविरुद्ध सेना परिचालन ...

कोरियन भाषा परीक्षा आवेदन खुल्ला, यसरी भर्न सकिन्छ

img

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन ...

मेडिकल कलेजको ठगीमा प्रधानमन्त्री रमिते बनेको डा. केसीको आरोप

img

मेडिकल कलेजको ठगीमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओली शर्मा रमिते ...

मन्त्रिपरिषद बैठकले गर्यो २१ विषयमा निर्णय

img

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २१ वटा विषयमा निर्णय गरेको छ । सञ्चार ...

विद्यालयमा अनिवार्य राष्ट्रिय झण्डा

img

काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा राष्ट्रिय झण्डा र देवनागरिक लिपिमा ...

५ आयोगमा अध्यक्ष नियुक्त

img

राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन् ...

पत्रपत्रिका

सबै