लभ स्टेशन अष्ट्रेलियामा बिक्री  

| काठमाडाैं

प्रदीप खड्का र जसिता गुरुङ अभिनित चलचित्र लभ स्टेशन बिदेश प्रदर्शनको लागि पनि धमाधम बिक्री सुरु भएको छ । यो चलचित्रको ट्रेलर रिलिजपछि यसले पाएको चर्चासँगै बिदेशमा फिल्म प्रदर्शनका लागि खरिद कार्य सुरु भएको हो ।

नयाँ वर्षको अबसर पारेर आगामी २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउँने चलचित्र लभ स्टेशनलाई सोही छेको पारेर बिदेशमा पनि प्रदर्शनको तयारी हुँदैछ । 

यसै क्रममा लभ स्टेशन चलचित्रलाई आधिकारिक रुपमा अष्ट्रेलियामा प्रदर्शनका लागि गोर्खा इन्टरट्रेनमेन्टले किनेको छ ।  लभ स्टेशनलाई अष्ट्रेलियाको लागि २७ लाख रुपैयाँमा गोर्खा इन्टरट्रेनमेन्टले खरिद गरेको यो चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराएका छन् । जापान लगायतका मुलुकबाट पनि चलचित्र प्रदर्शनका लागि कुराकानी भईरहेको पनि उनले बताए ।  

को ट्रेलर दर्शकले साह्रै मन पराएका छन् । यो ट्रेलरको एक सातादेखि युटयुव नेपालमा ट्रेनडिङमा रहँदै आएको छ । चलचित्र लभ स्टेशनलाई अग्रज निर्देशक उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । यसमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

आफ्नो फिल्म धेरै राम्रो बनेको र २२ चैतबाट दर्शकलाई लभ स्टेशनले पूर्ण मनोरञ्जन दिने प्रस्तुतकर्ता शाहीले बताएका छन् । फिल्मलाई निर्देशक घिमिरे र सुवाससिंह बस्न्यातले लेखेका हुन् ।

चलचित्रलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायांकन रहेको लभ स्टेशनमा बरिष्ट संगीतकार शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

यसमा लोकेश बज्राचार्य र अर्जुन जिसीको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत, शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, राजेन्द्र रावलको निर्माण व्यबस्थापन रहेको छ । 

प्रतिकृया दिनुहोस्

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

img

नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा सरकारले केशब भट्टराईलाई नियुक्त गरेको छ । ...

दाह्री ग्याङको होली

img

दाह्री ग्याङगले राजधानीको पशुपतिस्थित कैलाश डाडाँमा होली मनाएको छ । विगतमा समेत ...

तेस्रो चलचित्र महोत्सव हुने 

img

तामाङ चलचित्र संघले तेस्रो चलचित्र महोत्सव मनाउने भएको छ । मंगलबार काठमाडौंमा ...

चर्चा बटुल्दै लक्ष्मी तामाङ

img

नेपाली लोकसंगीत क्षेत्रमा आफ्नो छुट्टै नाम पहिचान बनाउन सफल गायिका हुन् गायिका ...

मोडल परी तामाङ पक्राउ

img

सामाजिक मर्यादामा खलल पुर्याएका भन्दै मोडल परी तामाङलाई प्रहरी पक्राउ गरेको छ ...

सिरानचोके चेली सार्वजनिक (भिडियो सहित) 

img

नृत्य निर्देशक दिप गुरुङको प्रस्तुतीमा ‘सिरानचोके चेली’ वोलको मौलीक गीत सार्वजनिक भएको ...

पत्रपत्रिका

सबै