भिडियाे कलबाटै 'तलाक' भनेर सम्बन्ध विच्छेद गर्ने बढ्दाे

| बाँके

नेपालगञ्ज उपमहानगरपालिका, ८ की इस्मा खानले इमोबाट दुबईमा रहेका पतिलाई भिडियो कल गरिन् । कुराकानीका क्रममा श्रीमानसँग सामान्य भनाभन भयो । भोलिपल्ट श्रीमानको भिडियो कल आयो । उनले एकै चोटी ‘तलाक, तलाक र तलाक’ भने । इस्मा अक्क न बक्क भइन् । कुनै प्रतिक्रिया दिन सकिनन् । भिडियो बन्द भयो । भिडियो कलबाट श्रीमानले तीन पटक तलाक भनेकै भरमा ८ महिनाअघि ४ वर्षको सम्बन्ध टु्ट्यो । ३३ वर्षीय इस्मा अहिले मजदुरी गरेर छोरी हुकाउँदै छिन् ।

नेपालगञ्ज उपमहानगरपालिका ७ की ३० वर्षीय नाजिया कसघर माइतमा थिइन् । एक दिन पतिको फोन आयो । उनले ‘हेलो’ भनिन् । उतबाट पतिले तीन पटक ‘तलाक’ भने । उनले जवाफ फर्काउन सकिनन् । सम्बन्धमा पूर्णविराम लाग्यो । सम्बन्ध बिच्छेदन भएको मान्दै उनी माइतीघरमै छिन् । उनले शारीरिक रुपले अशक्त छोरो हुर्काउने दायित्व सम्हालेकी छन् ।

इस्मा र नाजिया जस्ता थुप्रै मुस्लिम महिला सम्बन्ध विच्छेद शब्दमै स्वीकार गर्छन् । कानुनी प्रक्रिया अपनाउन चाहँदैनन् । ‘तीन पटक तलाक भनेपछि सँगै बस्ने कुरै भएन,’ नाजियाले भनिन््, ‘अदालतमा गएर झगडा गर्न मनले मान्दैन ।’ यो समाचार मधु शाहीले कान्तिपुरमा लेखेकी छन् । 

प्रतिकृया दिनुहोस्

ज्यान जोगाउन सिरियाबाट भागेका बाबुछोरा न्यूजील्याण्डमा मारिए

img

सिरियाको गृहयुद्धका कारण विश्वकै सर्वाधिक सुरक्षित ठानिएको मुलुक न्यूजील्याण्ड पुगेका मुस्लिम बाबुछोरा ...

प्रदेश २ सँग केन्द्र सरकारको फेरि खटपट

img

देश २ को सरकारले केन्द्रीय योजनाका रूपमा सञ्चालित ‘सागरनाथ वन परियोजना’ आफ्नो ...

हिरा व्यापारी मोदी लण्डनमा समातिए

img

पञ्जाव नेसनल बैंकको २ अर्ब डलर घोटाला गरेको आरोपमा भारतीय हिरा व्यापारी ...

लाखौं ठग्दै मेडिकल कलेज

ललितपुरको किस्ट, भैरहवाको युनिभर्सल, भरतपुरको चितवन, वीरगन्जको नेसनल र पोखराको गण्डकी मेडिकल कलेजले फरक–फरक शीर्षक र दरमा लाखौं रकम अवैध रुपमा असुल्ने गरेको पाइएको छ । छानबिन टोलीले ती कलेजलाई कारबाही गर्न ...

दाहाल अमेरिका गएपछि नेकपा एकता प्रक्रिया लम्बियो

img

जिल्लाका अध्यक्ष र सचिवहरूको नाम पहिले टुंग्याउने र सदस्यहरू तय गर्ने विधि ...

अब सात दिनमै विदेशी लगानी स्वीकृत

 विदेशी लगानी स्वीकृतिका लागि लगानीकर्ताले निवेदन दिएमा अब सात दिनभित्र निर्णय दिनुपर्ने व्यवस्थासहित विदेशी लगानी तथा प्रंविधि हस्तान्तरण सम्बन्धी विधेयक तयार भएको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम ...

पत्रपत्रिका

सबै