राष्ट्रियसभाबाट चार विधेयक पारित

| काठमाडाैं
फाइल तस्विर

राष्ट्रियसभाको बिहीबारको बैठकले चार विधेयकलाई स्वीकृत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘भूउपयोग विधेयक २०७५’ र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले ‘भूउपयोग विधेयक २०७५’ प्रस्तुत गरेका थिए । 

ठगेन्द्रप्रकाश पुरी, राधेश्याम अधिकारी, रामनारायण बिडारी, अनिता देवकोटा, दुर्गाप्रसाद उपाध्याय र बृन्दादेवी आलेले विधेयकमाथिको छलफलमा भाग लिँदै जमीनको प्रभावकारी वर्गीकरणको आवश्यकता औँल्याए । 

प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले ‘सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक,२०७५’ र कानून, न्याय, संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) २०७५’ प्रस्तुत गरेका थिए ।

बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक ‘सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक, २०७५’ र राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) २०७५’ विधेयक पनि स्वीकृत गरेको छ । 

यी चार वटै विधेयक विहीबारको बैठकले सर्वसम्मतिले पारित गरिएको हो । 

प्रतिकृया दिनुहोस्

विप्लवविरुद्ध परिचालन नभएको सेनाको स्पष्टोक्ति 

नेपाली सेनाले केही मिडियाले फैलाएको अफवाफप्रति आफ्नो ध्यानकर्षण भएको बताएको छ । ती मिडियाहरुले विप्लवविरुद्ध सेना परिचालन भएको समाचार प्रकाशित गरेको थियो । कालीकोट लगायतका जिल्लामा विप्लव माओवादीविरुद्ध सेना परिचालन ...

कोरियन भाषा परीक्षा आवेदन खुल्ला, यसरी भर्न सकिन्छ

img

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन ...

मेडिकल कलेजको ठगीमा प्रधानमन्त्री रमिते बनेको डा. केसीको आरोप

img

मेडिकल कलेजको ठगीमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओली शर्मा रमिते ...

मन्त्रिपरिषद बैठकले गर्यो २१ विषयमा निर्णय

img

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २१ वटा विषयमा निर्णय गरेको छ । सञ्चार ...

विद्यालयमा अनिवार्य राष्ट्रिय झण्डा

img

काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा राष्ट्रिय झण्डा र देवनागरिक लिपिमा ...

५ आयोगमा अध्यक्ष नियुक्त

img

राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन् ...

पत्रपत्रिका

सबै