छोरीको जन्मदिनमा धुर्मुस सुन्तलीको १ लाख सहयोग

| काठमाडाैं

चर्चित हाँस्यकलाकार तथा समाजसेवीद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोगको घोषणा गरेका छन् । 

बिहीवार बिहान एक स्ट्याटस पोष्ट गर्दै धुर्मुस सुन्तलीले आफ्नो छोरी सुबिहानी कट्टेलको जन्मदिनको अवसरमा उक्त सहयोगको घोषणा गरेका हुन् ।

सुबिहानीको जन्मोत्सवको अवसरमा धुर्मुस सुन्तलीले कुनै विशेष कार्यक्रमको आयोजना नगरी रङ्गशाला निर्माणलाई सहयोग गरेका हुन् । ‘हाम्री प्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमा हामी निर्माणाधिन रङ्गशालाका लागि सहयोग गर्न चाहन्छौं’ उनले लेखेका छन् ‘हाम्रा हरेक विशेष अवसरलाई यसरी नै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ ।’

धुर्मुस सुन्तली छोरी जन्मिएको ८ महिना पछि नै निरन्तर सामाजिक काममा अघि बढेका धुर्मुस सुन्तली आफ्नी छोरीसँग धेरै समय बिताउन पाएका छैनन् । तर यसपालिको छोरीको जन्मदिनमा भने पुरै दिन छोरीलाई समय दिने सुन्तलीको योजना छ । रङ्गशालाको विशेष कामले चितवन पुगेका धुर्मुस सुन्तली बुधबार बेलुकी मात्र काठमाण्डौं फर्किएका छन् ।

अहिले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को फिल्डको काम भइरहेको छ । केही समयमै रङ्गशालाको डिपिआर र डिजाइनको काम सम्पन्न हुने धुर्मुस सुन्तली बताउँछन् ।

प्रतिकृया दिनुहोस्

विप्लवविरुद्ध परिचालन नभएको सेनाको स्पष्टोक्ति 

नेपाली सेनाले केही मिडियाले फैलाएको अफवाफप्रति आफ्नो ध्यानकर्षण भएको बताएको छ । ती मिडियाहरुले विप्लवविरुद्ध सेना परिचालन भएको समाचार प्रकाशित गरेको थियो । कालीकोट लगायतका जिल्लामा विप्लव माओवादीविरुद्ध सेना परिचालन ...

कोरियन भाषा परीक्षा आवेदन खुल्ला, यसरी भर्न सकिन्छ

img

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन ...

मेडिकल कलेजको ठगीमा प्रधानमन्त्री रमिते बनेको डा. केसीको आरोप

img

मेडिकल कलेजको ठगीमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओली शर्मा रमिते ...

मन्त्रिपरिषद बैठकले गर्यो २१ विषयमा निर्णय

img

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २१ वटा विषयमा निर्णय गरेको छ । सञ्चार ...

विद्यालयमा अनिवार्य राष्ट्रिय झण्डा

img

काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा राष्ट्रिय झण्डा र देवनागरिक लिपिमा ...

५ आयोगमा अध्यक्ष नियुक्त

img

राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन् ...

पत्रपत्रिका

सबै