प्यारडाइमले मनायो अभिभावक दिवस

| काठमाडाैं

राजधानीको सामाखुशीस्थित प्यारडाइम पब्लिक स्कुलले आफ्नो १७ औं अभिभावक दिवस विविध कार्यक्रम गरी बिहीबार मनाएको छ । 

प्रदेश नं. ३ का सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । सभामुख श्रेष्ठले विभिन्न विधाका विजेता विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरेका थिए ।

समारोहमा बोल्दै सभामुख श्रेष्ठले देशमा रोजगारी नुहँदा ४० लाख युवाहरू विदेशिनु परेको बताए । अब रोजगारमूलक शिक्षा नीति ल्याइनुपर्नेमा उनले जोड दिए ।

स्कुलका प्रिन्सिपल रेजिन श्रेष्ठले आजका बालबालिका धेरै चनाखा भएतापनि सामाजिक सञ्जालमा बढी समय भुल्नाले अध्ययनमा पछि पर्ने गरेको बताए । 

कार्यक्रममा पासाङल्हामु मेमोरियल कलेजका निर्देशक बच्चुनारायण श्रेष्ठ, अधिवक्ता नन्द राई, काठमाडौं महानगरपालिका वडा नं २६का वडाध्यक्ष ख्यामराज तिवारी, काठमाडौं प्याब्सनका उपाध्यक्ष तथा कवि प्रेम राई, इम्पेरियल स्कुलका प्रिन्सिपल जयराम चापागाईं, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

समारोहमा विद्यार्थीहरूले गीत, नृत्य, नाटक, खेलकुद आदि प्रस्तुत गरेका थिए । कार्यक्रममा ‘दि भोइस अफ नेपाल’मा टप १२मा पर्न सफल गायक तेजेद्र गन्धर्वका साथै गायकगायिकाहरू गणेश लिम्बू, खुशी थामी र सुस्मिता राईले गीत गाएर सुनाएका थिए ।

प्रतिकृया दिनुहोस्

भागेर बाँचे : सीता

img

कपडाले अनुहार छोपेर आएका केही व्यक्तिले सबैलाई धारिलो हतियारले प्रहार गरे । ...

उपाध्यायका उपन्यास र एल्बम विमोचित

img

गीतकार एवं उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम ...

स्वयंसेवकको चोक अभियान चावहिलमा

img

देशमा भइरहेको हरेक गलत क्रियाकलाप विरुद्ध राष्ट्रिय स्वयंसेवकको चोकचोकमा आन्दोलन निरन्तर भइरहेको ...

विदुरमा उज्यालो अन्धकारमाथि चर्चा

img

उज्यालो अन्धकार निबन्ध संग्रहमाथि शनिबार सचेतन हल विदुरमा अन्तरसंवाद भएको छ । नुवाकोट ...

टनगम क्लबद्वारा रक्तदान सम्पन्न

img

टनम युवा क्लबले काठमाडौ जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोक लिसंखुपाखर ...

सर्लाहीमा पनि धर्ना, के छ विधेयकमा ?

img

नेपाल पत्रकार महासंघले देशभर प्रदर्शन गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा सर्लाहीमा ...

पत्रपत्रिका

सबै