इतिहासशिरोमणि आचार्यको सम्झना

| काठमाडाैं

इतिहासशिरोमणि बाबुराम आचार्यको १३२ औं जन्मजयन्तीमा विचार गोष्ठी गरिएको छ । बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा सामाजिकशास्त्र विभाग र इतिहासशिरोमणि बाबुराम आचार्य समृति प्रतिष्ठानद्वारा संयुक्त रूपमा गोष्ठीको आयोजना गरिएको हो । 

‘बाबुराम आचार्य र उनको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बाबुराम इतिहासशिरोमणि मात्रै नभएर प्राज्ञ शिरोमणि पनि भएको उल्लेख गरे । उनले नेपालको तथ्यगत इतिहास लेखनमा आचार्यको अतुलनीय योगदान रहेको बताउदै राज्यले अझै उनको उचित सम्मान गर्न बाँकी नै रहेको विचार व्यक्त गरे । 

सामाजिकशास्त्र विभागका प्रमुख प्रा. दिनेशराज पन्तले आचार्य नेपालका प्रामाणिक इतिहासकार भएको बताए । पन्तले तथ्यगत कुरालाई साहसका साथ लेख्ने एकमात्रै इतिहासकार भएकोले नै आचार्य इतिहासशिरोमणि कहलिएको उल्लेख गरे । 

प्रा.डा. त्रिरत्न मानन्धरले गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै नेपाली साहित्य समालोचनाका साथै इतिहास लेखेर आचार्यले अतुलनीय योगदान दिएको बताए । उनले थपे– ‘आचार्यको निधनपछि प्रकाशित उनका पुस्तकमा भने तथ्यको तोडमोड भएकोमा गुनासो व्यक्त गर्दै सम्पादनका नाममा त्यस्तो गर्न नहुने धारणा राखे ।’

गोष्ठीमा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय, स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा. तुलसीराम वैद्य, महासचिव बाबुराम आचार्य र प्रा.डा. मीना ओझाले पनि विश्वको सर्वोच्च हिमशिखरको नाम सगरमाथा राख्ने इतिहासशिरोमणि आचार्य विश्वले मानेको व्यक्तित्व भएको धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस्

भागेर बाँचे : सीता

img

कपडाले अनुहार छोपेर आएका केही व्यक्तिले सबैलाई धारिलो हतियारले प्रहार गरे । ...

उपाध्यायका उपन्यास र एल्बम विमोचित

img

गीतकार एवं उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम ...

स्वयंसेवकको चोक अभियान चावहिलमा

img

देशमा भइरहेको हरेक गलत क्रियाकलाप विरुद्ध राष्ट्रिय स्वयंसेवकको चोकचोकमा आन्दोलन निरन्तर भइरहेको ...

विदुरमा उज्यालो अन्धकारमाथि चर्चा

img

उज्यालो अन्धकार निबन्ध संग्रहमाथि शनिबार सचेतन हल विदुरमा अन्तरसंवाद भएको छ । नुवाकोट ...

टनगम क्लबद्वारा रक्तदान सम्पन्न

img

टनम युवा क्लबले काठमाडौ जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोक लिसंखुपाखर ...

सर्लाहीमा पनि धर्ना, के छ विधेयकमा ?

img

नेपाल पत्रकार महासंघले देशभर प्रदर्शन गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा सर्लाहीमा ...

पत्रपत्रिका

सबै