सिभिल सहकारी डुब्ने खतरामा, एकै व्यक्तिलाई ७ अर्बभन्दा माथि ऋण प्रवाह

सहकारीमा राखेको धितो पनि अरु नै वित्तीय संस्थामा धितोबन्धक

| काठमाडौं

काठमाडौंको सोल्ठीमोडमा रहेको सिभिल सेभिङ एण्ड कोअपरेटिभ डुब्ने खतरामा देखिएको छ । कुनै ग्रुपद्धारा प्रबद्र्धन भनी लेख्न नपाईने सहकारी नियमनलाई समेत मिचेर यो सहकारीले सिभिल ग्रुपद्धारा प्रबर्दित भनेर लेख्ने गरेको छ । यिनै प्रबर्दित ग्रुपलाई देखाएर यो सहकारीले बजारमा रकम उठाउँदै आएको छ ।

यो सहकारीमा लगानीकर्ताले जम्मा ३१ करोड २४ लाख रुपैयाँ सेयर लगानी गरेका छन् । आर्थिक वर्ष ०७४, ७५ को अन्तिम लेखा परीक्षाअनुसार ७ अर्ब ५१ करोड रुपैया निक्षेप गरेको छ । यो निक्षेप २ हजार ६ सय ९० बचत सदस्यबाट उठाएका हुन् । यी संकलित रकम एउटै व्यक्तिबाट प्रबर्दित सिभिल ग्रुपभित्र सिभिल होम्स प्रालि, सिभिल अर्पार्टमेन्ट प्रालि, सिभिल इस्टेट प्रालिमा लगानी गरेको छ । यो ग्रुप इच्छाराम तामाङद्धारा संचालित छ । तामाङद्धारा संचालित यो ग्रुपलाई लेखा परीक्षण अनुसार सात अर्ब ४३ करोड रुपैयाँ ऋण सहकारीले लगानी गरेको छ । सहकारीको कूल पूजीकिोषको १० प्रतिशतभन्दा बढी कर्जा एकै व्यक्तिलाई दिन नपाउने नियम छ । यो नियमलाई उल्लंघन गर्दै सिभिल सहकारीले सतप्रतिशत लगानी एकै व्यक्तिमा गरेको हो । 

संस्थाका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठका अनुसार यी कर्जा इच्छाराम तामाङ यो सहकारीको अध्यक्ष रहेको बेला प्रवाह भएको हो । इच्छाराम तामाङले सहकारीमा ऋण लिँदा धितोमा राखिएको सिभिल होम्स प्रालिको नाममा रहेको काठमाडौंमा ६ रोपनीमा बनेको संयुक्त लक्जरी आवास अन्य वित्तीय संस्थामा ऋण लिनसमेत धितोका रूपमा प्रयोग गरिएको छ । यसरी अन्य वित्तीय संस्थाले धितो लिँदा त्यस्ता संस्थाले सिभिल सेभिङ एन्ड कोअपरेटिभलाई १९ करोड ३५ लाख रुपैयाँ सुरक्षण दिएका छन् । एक ठाउँबाट ऋण लिँदा धितोमा प्रयोग गरिसकिएको धितो बन्धकी कसरी अन्य बैंक÷वित्तीय संस्थाले ऋण दिँदा स्वीकार गरे भने प्रश्न उब्जिएको छ ।

यसअघि गुण कोअपरेटिभ लगायत ठूला भनिएका सहकारीहरु यस्तै प्रवृत्तिको लगानीले बिग्रिएको थियो । अहिलेसम्म ती संस्थाका बचतकर्ताको ११ अर्ब रुपैयाँभन्दा बढी बचत गुमाएका छन् । 

प्रतिकृया दिनुहोस्

सोमबार नेपाल र जापानबीच श्रम साझेदारी हुने

img

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टका अनुसार नेपाल र जापानबीच ...

यात्रुको सुन चोर्ने ट्याक्सी चालक पक्राउ

img

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको साथबाट सुनको गरगहना चोरी गरेको आरोपमा ट्याक्सी चालकलाई ...

अप्रिलबाट जापानमा नेपाली कामदार लैजाने

img

अब छिट्टै नेपालीले कामको लागि जापान जान पाउनेभएको छ । नेपाल र ...

कोरिया लाने कामदारको कोटा बढ्यो

img

कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साविकको कोटा यस पटकदेखि बढाएको छ ...

मुक्तिनाथ बैंकले खोल्यो नयाँ शाखा

img

भक्तपुरको ठिमी र काभ्रेको बनेपामा मुक्तिनाथ विकास बैंकले नयाँ शाखा खोलेको छ ...

आइएमई लाइफ र माछापुच्छ्रे बैंकबीच सम्झौता

img

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता ...

पत्रपत्रिका

सबै