निर्मला हत्यामा मुछिएका एसपी बिष्ट र डिएसपी जिसीलाई वारेन्ट जारी

| काठमाडौं

कञ्चनपुरका तत्कालिन एसपी डिल्ली बिष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा अदालतले उपस्थित हुन ३५ दिने वारेन्टसहितको सूचना जारी गरेको छ । उनीहरु दुई जनासहित आठ जनाविरुद्ध प्रमाण नष्ट गरेको र पीडितहरुलाई यातना दिएको अभियोग लगाउँदै कञ्चनपुरको सरकारी वकिल कार्यालयले जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा अदालतले उपस्थित हुन  एसपी  बिष्ट र डिएसपी जिसीसहित ८ जनालाई पत्र काटेको थियो । उनीहरु बाहेक ६ प्रहरी मात्र अदालत उपस्थित भएका थिए ।  
एसपी बिष्ट र डिएसपी जिसी अहिले फरार छन् । उनीहरु प्रहरी सम्पर्कमा आएका छैनन् । गत बिहीबार न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलाशमा भएको प्रारम्भिक सुनुवाइमा मुद्दा अघि बढाउने आदेश भएको थियो । डिएसपी ज्ञानबहादुर सेठीलगायत ६ प्रहरीको बिहीबारदेखि नै अदालतमा बयान लिन सुरु गरिएको थियो । डिएसपी सेठी, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायव निरीक्षक हरिसिंह धामी, रामबहादुर धामी र प्रहरी जवान चाँदनी साउदको बयान लिइ सकेको छ । 
 

प्रतिकृया दिनुहोस्

भागेर बाँचे : सीता

img

कपडाले अनुहार छोपेर आएका केही व्यक्तिले सबैलाई धारिलो हतियारले प्रहार गरे । ...

उपाध्यायका उपन्यास र एल्बम विमोचित

img

गीतकार एवं उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम ...

स्वयंसेवकको चोक अभियान चावहिलमा

img

देशमा भइरहेको हरेक गलत क्रियाकलाप विरुद्ध राष्ट्रिय स्वयंसेवकको चोकचोकमा आन्दोलन निरन्तर भइरहेको ...

विदुरमा उज्यालो अन्धकारमाथि चर्चा

img

उज्यालो अन्धकार निबन्ध संग्रहमाथि शनिबार सचेतन हल विदुरमा अन्तरसंवाद भएको छ । नुवाकोट ...

टनगम क्लबद्वारा रक्तदान सम्पन्न

img

टनम युवा क्लबले काठमाडौ जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोक लिसंखुपाखर ...

सर्लाहीमा पनि धर्ना, के छ विधेयकमा ?

img

नेपाल पत्रकार महासंघले देशभर प्रदर्शन गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा सर्लाहीमा ...

पत्रपत्रिका

सबै