तामाङ अध्ययन गोष्ठी सम्पन्न

| काठमाडाैं
तस्विरः फुलकुमार बम्जन

तामाङ न्हाङखोरले प्रथम वार्षिकोत्सवकाे तामाङ अध्ययन गोष्ठी सम्पन्न गरेको छ । फागुन २७ र २८ गते दुई दिनसम्म चलेको गोष्ठीमा २१ वटा कार्यपत्र प्रस्तुत गरियो ।  

नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा न्हाङखोरद्धारा आयोजित गोष्ठीमा तामाङ फापरे व्हाइ र वंशावलीको बारेमा छलफल भएको थियो । 

प्रमुख अतिथि प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भाषा साहित्यको जगेर्ना गर्ने काम राज्यको हो । उनले भने– ‘मुलुकमा धेरै जातिको लागि गर्नुपर्ने हुँदा राज्य एक्लैले सम्भव भएन तर न्हाङखोरले गरेकोमा स्वागतयोग्य रहेको छ ।’

आदिवासी जनजातिको भाषा साहित्यको उन्नतिमा सबैभन्दा बढी लगानी तामाङले गरेका छन्, पूर्व कुलपति प्राज्ञ वैरागी काइँलाले भने । अरु जातिको भाषा, साहित्यमा लगाव चाहि छ, संस्थागत रुपमा विकास हुने छैन । उनले थपे– ‘तामाङ जातिले सय अंकभन्दा बढी साहित्यिक गोष्ठी र प्रकाशन गरिसकेको रहेछ । यो आफैमा चूनौति र सफलताको प्रतिक हो ।’ 

भाषा, साहित्य, शिक्षा, सञ्चार, खानपिन र प्रविधि लगायतका विषयमाथि कार्यपत्र केन्द्रित रहेको आयोजकका तर्फबाट अमृत योञ्जन तामाङले जानकारी दिए । 

नेपालबाहिरका तामाङहरुलेसमेत विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

न्हाङखोरले १०० भन्दा माथिको प्रकाशन र कार्यक्रम श्रृंखला संचालन गर्ने संस्थालाई नगद १० हजारसहित प्रमाणपत्रले सम्मान गरेको छ । जसमा तामाङ डाजाङ संस्था र पत्रिका, छारगोङ्मा मासिक, तामाङ स्रष्टा समाज र नाङसल क्लब रहेका छन् । 

प्रतिकृया दिनुहोस्

छ्योइफेलिङ गोन्पामा प्राणप्रतिष्ठा सम्पन्न

img

छ्योइफेल कुन्देलिङ गोन्पाको ह्राप्ने (प्राण प्रतिष्ठा) र छेवाङ पुजा सम्पन्न भएको छ ...

जनजाती महासंघमा युगेल शेर्पा

img

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्षमा युगेल तेन्ढुप शेर्पा चयन भएको छ ...

मातृभाषाबारे गोष्ठी

img

अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा वर्ष २०१९ को सन्दर्भमा राजधानीमा कार्यक्रम आयोजना भएको छ ...

घेदुङले गरे समीक्षा

img

संघीय सरकारले सबैको अपनत्व हुने गरी ल्होछारको सार्वजनिक विदा दिने पहलकदमीमा लागेको ...

फोनिज प्रदेशको अध्यक्षमा पेमा

img

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश ३ को प्रथम महाअधिवेसनबाट अध्यक्षमा काभ्रेका ...

डाजाङको वृत्तचित्र प्रदर्शन 

img

तामाङ डाजाङले ह्रिस्यांगु सेरोफेरोमा साहित्यिक यात्रालाई समेटेर खिचिएको जानकारीमुलक भिडियो एक कार्यकमबीच ...

पत्रपत्रिका

सबै