सर्दै आठराईबासी

| तेह्रथुम

तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर –७ कर्कलेका जङ्गबहादुर स्याङ्बो फागुनको पहिलो साता आफ्नो ७ जना परिवार लिएर तराईको ठाउँ झापाको जलथल गए । थातथलो छाडी जानुपर्दाको दुखेसो उनले सुनाए । आफ्नो गाउँ कर्कलेमा कुवा तथा पानीको मूल सुकेपछि पानीको हाहाकार छ । उनले भने– अरुभन्दा पनि पिउने पानीकै दुःख छ । वन जंगल, खेतबारी प्रशस्त छ । चरन क्षेत्र पर्याप्त भए पनि पानीको मूल नै नभएपछि घरबार छोडेर हिडेका हौं । पानी खान नपाएर मर्नुभन्दा त छाडी जान बेस ।

फागुन महिनामा मात्र आठराई थोक्लुङबाट ११ घरपरिवारका मानिसहरू बसाई सरेर अन्य ठाउँमा गइसकेको तथ्यांक वडा कार्यलयमा छ । त्यस्तै वडा नम्बर ७ कर्कलेमा जम्मा ३६ घर रहेका मध्ये अहिले १० घर मात्र बाँकी रहेको कार्यालयले जनाएको छ ।

यससँगै तेह्रथुम आठराईको वडा नम्बर ४, ५, ६ र ७ मा पिउने पानीको हाहाकार भएपछि नै बसाइ सर्नेको ताँती लागेको वडाध्यक्षले बताए  

उक्त क्षेत्रमा खानेपानीको वैकल्पिक उपाय नखोज्ने हो भने गाउँ नै रित्तिने अवस्था आउने गाउँलेहरू बताउँछन् ।

प्रतिकृया दिनुहोस्

भागेर बाँचे : सीता

img

कपडाले अनुहार छोपेर आएका केही व्यक्तिले सबैलाई धारिलो हतियारले प्रहार गरे । ...

उपाध्यायका उपन्यास र एल्बम विमोचित

img

गीतकार एवं उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम ...

स्वयंसेवकको चोक अभियान चावहिलमा

img

देशमा भइरहेको हरेक गलत क्रियाकलाप विरुद्ध राष्ट्रिय स्वयंसेवकको चोकचोकमा आन्दोलन निरन्तर भइरहेको ...

विदुरमा उज्यालो अन्धकारमाथि चर्चा

img

उज्यालो अन्धकार निबन्ध संग्रहमाथि शनिबार सचेतन हल विदुरमा अन्तरसंवाद भएको छ । नुवाकोट ...

टनगम क्लबद्वारा रक्तदान सम्पन्न

img

टनम युवा क्लबले काठमाडौ जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोक लिसंखुपाखर ...

सर्लाहीमा पनि धर्ना, के छ विधेयकमा ?

img

नेपाल पत्रकार महासंघले देशभर प्रदर्शन गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा सर्लाहीमा ...

पत्रपत्रिका

सबै