सर्लाहीको कविलासी टोलमा आगलागी 

| काठमाडौं

सर्लाही जिल्लाको पर्सा गाउँपालिका वडा नं. ४ को कविलासी टोलमा मंगलबार राति लागलागी हुँदा ४ घर जलेर नष्ट भएका छन् । आगलागीमा परी १४ लाख ७५ हजारको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । कविलासी टोलका नरेश राय यादवको घरमा विद्युत सर्ट भई आगलागी हुँदा सोही ठाउँका उपेन्द्र यादव, बसीर बैठा धोबी, हकिम बैठा धोबी र ईस्लाम बैठा धोबीको घर जलेर नष्ट भएको हो ।

आगीलागीमा परी रायको घर, गोठ, अन्न, लत्ताकपडा र मोटर साइकल जलेर नष्ट भएको छ । रायको मात्रै ६ लाख ८० हजारको क्षति भएको प्रहरीले जनाएको छ । त्यसैगरी बसीरको घर, लत्ताकपडा, अन्न र ५ वटा बाख्रा मरेको छ । हकिम बैठाको फुसको घर, अन्नपात, लत्ताकपडा र ६ वटा बाख्रा गरी ३ लाख ६० हजारको क्षति भएको छ । ईस्लामको पनि घर र गोठ सहित गोठमा भएको ६ बटा बाख्रा गरी ६० हजारको क्षति भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा रायको हात खुट्टा समेत जलेको छ ।
 

प्रतिकृया दिनुहोस्

रसुवामा कोही बञ्चित, कोही असुरक्षित

img

२०७२ वैशाख १२ को भुकम्पका कारण क्षति पु¥याएको १४ जिल्लामध्ये रसुवा पनि ...

नौकुण्डका अपांगलाई परिचपत्र 

img

नौकुण्ड गाउँपालिकामा १ सय ६० जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । ...

कल्लाबारी–दूधपोखरी सडक उपभोक्ता समिति गठन

img

शैलुङ गाउँपालिका वडा नं. १ अन्तर्गत कल्लाबारी–दूधपोखरी सडक उपभोक्ता समिति गठन भएको ...

धनकुटामा मनाए बुद्ध जयन्ती

img

तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले शान्ति पदयात्रा गरी बुद्ध जयन्ती मनाइएको ...

डान्स हरिवन डान्स सिजन–२ को मञ्च राउण्ड सकियो

img

सर्लाहीको हरिवनमा झण्डै एक महिना अघिबाट शुरु भएको नृत्य प्रतियोगीता डान्स हरिवन ...

पत्रपत्रिका

सबै