सरकारले प्रतिबन्ध लगायसँगै प्रकाण्ड पनि भूमिगत

| काठमाडौं

खुल्ला रुपमै कार्यक्रमहरुलाई सम्बोधन गरिरहेका नेकपा विप्लव पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा प्रकाण्ड पनि भूमिगत भएका छन् । सरकारले यो पार्टीमाथि खुल्ला राजनीतिक गतिविधि गर्न प्रतिबन्ध लगाएसँगै उनी भूमिगत भएका हुन् । अहिलेसम्म यो पार्टीका नेता, कार्यकर्ता र समर्थक गरी चार सयभन्दा बढीलाई सरकारले गिरफ्तार गरिसकेको छ । 

प्रतिबन्ध लगाएपछि अब विप्लवको नेकपाले सार्वजनिक रुपमा सभा, जुलुस, संगठन विस्तार आदि गर्न पाउने छैनन् । यस्तो अवस्थामा प्रहरीले पर्चा–पम्प्लेट वितरण, संगठन विस्तार, चन्दा संकलनलगायत सहयोग गरेमा पनि पक्राउ गर्न सक्नेछ । यसअघि नै प्रहरी प्रधान कार्यालयले मौखिक रुपमा विप्लवसहित शीर्ष नेताहरुलाई देख्यो कि समात्न निर्देशन दिइसकेको थियो । मन्त्रीपरिषद्को निर्णयसँगै कार्यकर्तामाथि पनि प्रहरीको निगरानी बढाएको छ । साथै, यसअघिका घटनामा संलग्न रहेकाहरुलाई पक्राउको सूचीमा राखेका छन् ।

प्रहरीले पछिल्लो ११ महिनामा मुलुकका विभिन्न स्थानबाट ४ सय जनालाई पक्राउ गरिसकेको छ । फागुन महिनामा मात्रै पाँच जना महिलासहित ५९ जना पक्राउ गरेका छन् ।

उनीहरुमाथि चन्दा आतंक, धम्की, विस्फोटलगायतका कार्यमा संलग्न रहेको कसुरमा मु्द्दा चलाइएको छ । सरकारको यो कदमविरुद्ध विप्लवको नेकपाले कडा प्रतिरोध गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

छाया सरकारमा कसलाई कुन मन्त्रालय ?

img

प्रमुख विपक्षी नेपाली कांग्रेसले छाया सरकारको रुपमा काम गर्न मन्त्रालयस्तरीय समन्वय समिति ...

इतिहासलाई न्याय नगरेको : डा. लोहनी

img

सनातन युवा मञ्च नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा राप्रपा (संयुक्त) का अध्यक्ष डा. ...

स्वामित्व कायम हुन्छ : मन्त्री अर्याल

img

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भुमिसुधारसम्बन्धी कानून परिमार्जन ...

सरकार निरंकुश बन्दै गएको छ : नेता केसी

img

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकार निरंकुश बन्दै गएको आरोप लगाएका ...

समाजमा पुनः डा.केसी

img

 नेपाली कांग्रेस निकट प्रजातान्त्रिक विचार समाजको अधिवेशन शनिबार  सम्पन्न भएको छ । ...

समाधानका लागी एकिकृत कानुन : मन्त्री अर्याल

img

भुमि सम्बन्धी समस्या समाधान गर्नका लागि एकिकृत कानुन तर्जुमा गरि प्रक्रिया अगाडि ...

पत्रपत्रिका

सबै