राजकाँडामा केवलकार सञ्चालन गरिने

| कैलाली

कैलालीको मुख्य पर्यटकीय स्थलका रुपमा विकास हुदै गएको कर्णाली चिसापानी र राजकाँडा जोड्ने केवलकार निर्माणका लागि अध्ययन शुरु भएको छ ।

प्राकृतिक रुपमा सुन्दर राजकाँडा सूर्याेदय अवलोकनका लागि पनि प्रशिद्ध छ ।सडक यातायात नपुगेको तथा पैदल मार्ग पनि निकै कठिन भएका कारण राजकाँडा भ्रमणमा पर्यटकको संख्या बृद्धि हुनसकेको छैन । पर्यटन विकासका लागि जाल्पादेवी केवलकार कम्पनीले केवलकार सञ्चालन गर्न अध्ययन शुरु गरेको जनाएको छ ।

जाल्पा केवलकार कम्पनीले सुदूरपश्चिममा सबैभन्दा बढी लगानी गरेर राजकाँडामा पर्यटन विकास गर्ने लक्ष्य सहित प्रारम्भिक लागत सर्भे गरिसकेको जनाएको छ । हाल सो कम्पनीले केवलकार निर्माण तथा सञ्चालनका लागि विस्तृत वातावरणीय प्रभाव मुल्यांकन गराइरहेको छ ।कम्पनीका सञ्चालक तथा जिल्ला समन्वय समिति (जिसस) कैलालीका प्रमुख सूर्यबहादुर थापाले वातावरणीय प्रभाव मूल्यांकन अध्ययनसंगै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को लागि पनि सर्भे भइरहेको बताए ।

प्रारम्भिक अध्ययनमा चिसापानी–राजकाँडा केवलकार ३ दशमलव २ किलोमिटर लामो हुने अनुमान गरिएको छ । जिसस कैलालीका प्रमुख थापाले परियोजना डिजाईन भइसकेपछि चिसापानी–राजकाँडा केवलकारको लम्बाई कम हुनसक्ने सम्भावना रहेको बताए । उनले चिसापानी–राजकाँडा केवलकार निर्माणसंगै पर्यटकका लागि होम स्टे र रिसोटहरु पनि निर्माण गरिने बताए ।

सो परियोजनाको प्रारम्भिक अध्ययनले २ सय ५० करोड रुपैया“ लगानी हुने लागत अनुमान गरिएको छ । सो लगानीमध्ये ४० प्रतिशत स्थानीय लगानीकर्ताले लगानी गर्ने र ६० प्रतिशत चन्द्रागिरी केवलकार कम्पनीले लगानी गर्ने सम्झौता भइसकेको जनाइएको छ । चन्द्रागिरी केवलकार कम्पनीका सञ्चालक चन्द्र ढकालसंग भएको सम्झौतानुसार काम भइरहेको जिसस प्रमुख थापाले बताए ।

जालपादेवी केवलकार कम्पनीले चिसापानीदेखि राजकाँडासम्म केलवकार सञ्चालन गर्न स्टेशन बनाउन र राजकाँडामा रिसोर्ट र होमस्टे सञ्चालन गर्न जग्गा खरिद गरिसकेको उनले बताए । सो परियोजनाको लागत जुटाउन स्थानीय सर्वसाधारणले समेत लगानी गर्न पाउने गरी कम्पनीको शेयर विक्री गरिने उनले जानकारी दिए । आगामी चार वर्षभित्र केवलकार सञ्चालन गर्ने उद्देश्य सहित कम्पनीले तिब्र रुपमा काम अगाडि बढाएको जनाएको छ ।

कम्पनीले पर्यटकीय क्षेत्र चिसापानी हुदै राजकाँडासम्म केवलकार सञ्चालनका लागि कागजी प्रक्रिया समेत अगाडि बढाइसकेको छ । डिपिआर पुरा भए लगत्तै निर्माणको काम पनि शुरु गरिने उनले बताए । केवलकारले चिसापानी र राजकाँडा जोडिएपछि राजकाँडा पुग्न करिब २० मिनेट मात्रै लाग्ने छ । केवलकारमा भ्रमण गर्ने पर्यटकहरुले सो २० मिनेटमै फरक फरक वातावरणको आनन्द लिन पाउने छन् । यसले गर्दा राजकाँडाको बाटो र पिउने पानीको समस्या समेत समाधान हुने अपेक्षा गरिएको छ । राजकाँडाको समस्या र सम्भावना सडक लगायत पूर्वाधार नबनेका कारण ओझेलमा परेका सुदूरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्य मध्ये मोहन्याल गाउँपालिका वडा नम्बर ७, राजकाँडा पनि एक हो । चिसापानीबाट ६ किलोमिटर ठाडो उकालो चढेपछि आउने राजकाँडाको प्रमुख समस्या नै चिप्लो र ठाडो बाटो हो । यहाँ पिउने पानीको पनि उत्तिकै समस्या रहेको स्थानीयले बताए ।

चुरे क्षेत्रको सर्वाधिक अग्लो डाँडा भएकाले कैलालीको राजकाँडाबाट सुदूरपश्चिमका धेरैजसो पर्यटकीय क्षेत्र तथा स्थानको सजिलै अवलोकन गर्न सकिने त्यहा पुगेका पर्यटकको अनुभव छ । राजकाँडाबाट भेरी र कर्णाली नदीको संगम, तराईमा कर्णालीको तीन भंगाला र कर्णालीका भंगालाहरुले बनाएका टापुहरु, बर्दिया राष्ट्रिय निकुञ्ज, तराईका फाँटहरु, भारतमा चलेको रेल, तथा कर्णाली एवं सेतीका हिमश्रृंखलाहरुको अवलोकन गर्न सकिन्छ । अपि, व्यास, साइपाल हिमालको चुचुरो देखिनुका साथै सुदूरपश्चिमको प्रवेशद्वार चिसापानी, कर्णालीपुल पनि स्पष्ट रुपमा हेर्न सकिन्छ ।

सबैभन्दा अग्लो चुचुरोबाट विश्वकै सबैभन्दा पहिलो सुर्योदय र सुर्यास्त समेत देखिने गरेको स्थानीय उत्तर विष्टले बताए ।जम्मा दुई घण्टामा उक्लिन सकिने बाटो भएपनि पहाडका उत्पादन तराई लगेर बेच्न र तराईबाट सामान ल्याउन कठिन छ, राजकाँडाबासीलाई । यहाँ पर्यटकीय सम्भावना मात्रै छैन, मौसम सधैंभरि हिउँद जस्तै हुनेभएकाले वर्षभरि काउली, बन्दा, गोलभेडा, आलु, लगायतका हिउँदे तरकारी खेती उत्पादन गर्न सकिने देखिन्छ । तर बाटो नभएकाले उत्पादन भएका सुन्तला, नासपति, केरा लगायतका फलफू्लले बजार नपाएको स्थानीय डम्बर बुढाले बताए ।

               

राजकाँडाको सम्भावनालाई सामानका लागि पहिलो प्राथमिकता साथ बाटो बनाइदिन उनले माग गरे । उनले बाटोसंगै खानेपानीको व्यवस्था भएमा राजकाँडामा आएका पर्यटकलाई होम स्टेको व्यवस्था गरेर स्वागत गर्न सकिने बताए ।। यहाँ बाह्रै महिना चिसो हुने भएकाले फलफूल र तरकारी खेती पनि फस्टाउने गरेको छ । सबैभन्दा धेरै र स्वादिष्ट नासपति उत्पादन भएपनि बाटो नभएकै कारण नासपतिले बजार नपाउने गरेको बुढाले बताए ।

लम्कीबजारबाट राजकाँडा हुँदै सुंगरखालको कुइनेसम्म पुग्ने मोटरबाटो बन्दा बन्दै रोकिएको छ । सो बाटोको ट्रयाक राजकाँडासम्म खोलिएको छ । तर बीचमै गएको पहिरो र कटानले गर्दा सो मोटरबाटो कामै नलाग्ने भएको छ । पहिरोले बाटो नै बगेपछि मानिस समेत हिंड्न कठीन भएको छ । सो बाटोमा लम्कीबाट राजकाँडासम्म १० किलोमिटर पर्छ । बाटो बनाउने काम रोकिएपछि ट्रयाक खनेको बाटोमा समेत झारहरु उम्रिसकेका छन् । स्थानीय अमरबहादुर खत्री चिसापानीबाट राजकाँडा जाने बाटोलाई पर्यटनका लागि ट्रेकिङ ट्रेल र लम्कीदेखि कुइनेसम्मको पुग्ने मोटरबाटो बनाइदिन माग गर्छन् ।

खानेपानी र बाटोको व्यवस्थाका गरिदिए आफूहरुको सम्पूर्ण समस्या समाधान भई पर्यटन विकासमा समेत सहज हुने स्थानीय कर्णबहादुर खत्रीले बताए ।“राजकाँडासम्म पुग्ने बाटो नभएकाले यहाको जमीन पनि उपयोग हुन सकेको छैन’ उनले भने– बाटो,विजुली,खानेपानीको अभावले गर्दा यहाँका बासिन्दाहरु तराईमा बस्न बाध्य भएका छन् ।

प्रतिकृया दिनुहोस्

एसईईमा सिन्धुपाल्चोकबाट ४३२३ परीक्षार्थी 

img

चैत १० गते बाट शुरु हुर्ने एसईईमा सिन्धुपाल्चोक जिल्लाबाट ४ हजार ३ ...

शैलुङमा सडक निर्माणमा वडाध्यक्ष आफै निस्के

img

दोलखाको शैलुङ गाउँपालिका-४ का वडाध्यक्षको अगुवाइमा सडकको नाला निर्माण सुरु भएको छ ...

तराईमा ह्याप्पी होली

img

हिजो काठमाडौं लगायत पहाडी जिल्लाहरुमा होली मनाए भने आज तराईका जिल्लाहरुमा होली ...

निर्मला हत्याकाण्ड: प्रमाण नष्ट गर्ने बर्खास्त एसपि अदालतमा हाजिर

img

निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट अदालतमा ...

टिमुरेमा बैंकको नयाँ शाखा विस्तार 

img

सीमावर्ती क्षेत्र टिमुरेमा नेपाल बंगलादेश बैंकको नयाँ शाखा फागुन २६बाट सञ्चालनमा आएको ...

नगरपालिका घोषणा गर्न माग 

img

रसुवाको सदरमुकामलाई नगरपालिका घोषणा गर्न स्थानीयबासीले सरकारसँग माग गरेका छन् ।  फागुन २८ ...

पत्रपत्रिका

सबै