उद्योग वाणिज्य संघको कार्ययोजना गोष्ठी

| चितवन

राप्ती उद्योग बाणिज्य संघको प्रथम कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

कार्यसमिति सदस्य सहित विभिन्न बिज्ञ व्यक्तिहरुको उपस्थितिमा अमलटारी होमस्टे नवलपरासीमा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीले संघको भावि योजना तय गर्ने र बिधानमाथि बृहत छलफल चलाइ आवश्यक संसोधन गर्ने निर्णय गरेको छ ।

नगरका व्यवसायीहरुको समस्यामाथि छलफल चलेको संघका अध्यक्ष राजकुमार कंडेलले बताए । उनले अस्वस्थ्य प्रतिस्पर्धा, आवस्यक बजार नहुँदा उत्पादित बस्तुले मुल्य नपाउने, कृषिमार्गको सुबिधा नहुदा कृषि आधुनिकीकरणमा परेको समस्याहरुको समाधानको बिषयमा छलफल भएको बताए ।

गोष्ठीमा संघका बरिष्ठ उपाध्यक्ष मरकन्डियाप्रसाद गौतम, बाणिज्य उपाध्यक्ष गणेश डल्लाकोटी, महासचिव परशुराम पाठक लगायतले धारणा राखेका थिए । आइतबार सुरु भएको गोष्ठीमा रत्न नगर उद्योग बाणिज्य संघका सदस्य निरज श्रेष्ठले सहजीकरण गरेका थिए । उपाध्यक्ष अोम डल्लाकोटीको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस्

एसईईमा सिन्धुपाल्चोकबाट ४३२३ परीक्षार्थी 

img

चैत १० गते बाट शुरु हुर्ने एसईईमा सिन्धुपाल्चोक जिल्लाबाट ४ हजार ३ ...

शैलुङमा सडक निर्माणमा वडाध्यक्ष आफै निस्के

img

दोलखाको शैलुङ गाउँपालिका-४ का वडाध्यक्षको अगुवाइमा सडकको नाला निर्माण सुरु भएको छ ...

तराईमा ह्याप्पी होली

img

हिजो काठमाडौं लगायत पहाडी जिल्लाहरुमा होली मनाए भने आज तराईका जिल्लाहरुमा होली ...

निर्मला हत्याकाण्ड: प्रमाण नष्ट गर्ने बर्खास्त एसपि अदालतमा हाजिर

img

निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट अदालतमा ...

टिमुरेमा बैंकको नयाँ शाखा विस्तार 

img

सीमावर्ती क्षेत्र टिमुरेमा नेपाल बंगलादेश बैंकको नयाँ शाखा फागुन २६बाट सञ्चालनमा आएको ...

नगरपालिका घोषणा गर्न माग 

img

रसुवाको सदरमुकामलाई नगरपालिका घोषणा गर्न स्थानीयबासीले सरकारसँग माग गरेका छन् ।  फागुन २८ ...

पत्रपत्रिका

सबै