हामी जुर्मुराउने बेला आयो, देश खतरामा जादैछ

म आगो सहन्छु अन्याय सहन्न 
तृष्णा सहन्छु तिरस्कार सहन्न
मेरो शिर उडाउ बरु त्यो सहन्छु
तर कोहि परायाले टेके सहन्न ।

यी गीतका शब्दहरुले आज मलाई लेख्न बाध्य बनायो । म अरु राजनितिक बिषयमा खासै बोल्दिन र म कुनै पार्टीको सदस्य पनि होइन । म एक राष्ट्र प्रेमी नेपाली हुँ र यो देशको एक कलाकार । जब जब देश र राष्ट्रको नाममा आँच आउने कुरा सुन्छु । देशको हित बिपरित कुरा सुन्छु । मेरो रगत उम्लिएर आउँछ । मेरो मुटु बेस्सरी धड्कन्छ र एक्लै शिरुपाते खुकुरी नचाएर लड्न जाउ जस्तो लाग्छ! । थाहा छैन किन फेरि यस्तै भएको छ । म आज प्रधानमन्त्री ओलीज्यूलाई एक खुल्ला पत्र लेख्दै छु ।
श्री सम्माननिय प्रधानमन्त्री 
केपी ओली शर्माज्यू, 
नेपाल सरकार
तपाईलाई सम्बोधन गरेर आज म आफ्ना भावनाहरु पोख्दैछु । साँच्चै गोपाल योन्जनले गाएको गीत ‘म झुक्दै नझुक्ने नेपालको छोरो, म झुक्दै नझुक्ने नेपालको छोरो... ।’
यो गीत बज्दा हामी नेपालीहरु गर्व गर्छाै हामी नेपाली भएकोमा । हामीलाई आफ्नो ज्यानभन्दा प्यारो यो राष्ट्र भुमिमा कसैले आँखा गाड्दै छ । र, यो अखण्ड नेपाललाई टुक्र्याउन खोज्दैछ । यो हामी कदापी सहने छौनौ र हुन दिने छैनौँ! धेरै बर्ष देखि भारतको ईशारामा सन्चालित एजेन्ट सि के राउत मधेसका नेपाली दाजुभाईलाई भड्काएर स्वतन्त्र मधेशको नाउमा नारालाएर । देश र राष्ट्र बिरोधि गतिबिधिमा संलग्न मात्र नभइ । त्यसको नेतृत्व गरिरहेको देश द्रोहि ब्यक्तीलाई । देश द्रोही घोषणा गरेर कडाभन्दा कडा कारवाही गर्नु पर्ने ठाउँमा । दुई तिहाई मत भएको कम्युनिष्ट सरकारले जेल मुक्त गरि ससम्मान उसलाई यो देशमा चलखेल गर्न अनुमती दिएको छ । सरकारले ११ बुँदे सहमती गरेको भोली पल्टै “स्वतन्त्र मधेश“ र एसियाको नयाँ देश मधेश भनेर ब्यानर पम्प्लेट मा लेखेर खुलेआम र्याली र सभा गर्दै हिँड्दा पनि के हेरिरहेको छ सर्खार..?!  हामी अभाब सहन्छौ, मुल्यबृद्धि सहन्छौ, नाका बन्दी सहन्छौ तर हाम्रो देशलाई कुनै बिदेशी दलालहरुले टुक्राउन खोज्छ भने हाम्रो तराई मधेशलाई, अलग राख्न खोज्छ भने हामी कोहि नेपाली पनि चुप लागेर बस्न सक्दैन !! पटक पटक नेपाल आमालाई गाली गर्ने ! नेपाली माटो लाई थुक्ने, र नेपाल बाट मधेश अलग्याउछु भन्दै खुलेआम चुनौती दिँदा पनि अहिले कुन चलखेल बाट सि के राउत जस्तो! बीस लाई माफी दिएर तराइमा आगो सल्काउन पठाइयो..?! यदि साच्चै सि के राउतले देशलाई माया गर्थ्यो भने! खै त उसले देश प्रति आत्मा आलोचना गरेर माफी मागेको..? खोईत अखण्ड नेपालको पक्षमा नारालाएको..? खोइ त नेपाली चरित्र देखाएको ! नेपाल माथी ठुलो षड्यन्त्र हुदैछ यस्ता देश द्रोहि हरुलाई माफी दियो भने हाम्रो स्वभीमान र राष्ट्रियता चाँडै खतरामा पर्ने निशिचत छ ! यो सरकार को यो निर्णयले करोडौँ नेपालीको शिर झुकाएको छ ! अब हामी कसरी भन्न सक्छौ कि ‘म झुक्दै नझुक्ने नेपालको छोरो म झुक्दै नझुक्ने नेपालको छोरो’ म ओली सरकार लाई भन्न चाहान्छु यदि राष्ट्रलाई जोगाउने हो भने अखण्ड नेपाल बचाइ राख्न चाहाने हो भने । देश द्रोही सि के राउत लगायत देश बिरोधी गतिबिधि गर्ने सबै राज्य द्रोहिहरुलाई जेल हालियोस र मधेशमा हाम्रा नेपाली मधेशी दाजु भाईको हित बिपरित कार्य गर्ने र सद्भाव भड्काउने सबैलाई कडा कारबाही गरियोस । हामी जे जस्तो भए पनि स्वभिमानी भएर बाँच्न चाहान्छौ नेपाली भएर बाँच्न चाहान्छौ । राष्ट्र बादी नेता भनेरनै  के पी ओलीलाई जनताले मन पराएका हुन् तर यस्तो राष्ट्रहित बिपरित निर्णयले यो सरकारनै ढल्ने दिन नआवोस् ! प्रधानमन्त्री के पी ओली ! नेकपाका अध्यक्ष प्रचण्ड, नेपाली काँँग्रेस का देउबा लगायत सबै नेताहरुमा चाँडै नेपालको हितमा निर्णय गर्न सक्ने बुद्धि आवोस र अन्त्यमा । ५ बर्ष ढुक्कले सरकार चालाउन लाईसेन्स दिएका जनताको भावनाको कदर गर्नुस ओली ज्यु! सि के राउत लाई कार्वाही गर..। अखण्ड नेपाल जीन्दाबाद..! स्वभिमानको रक्षा गर । जय राष्ट्र र जय राष्ट्रियता । जय देश३ जय स्वाभिमान३ ।
 

प्रतिकृया दिनुहोस्

विप्लवको सत्तोसराप र सिकेसँग प्रचण्डको तुलनाभित्र लुकेका यथार्थ

img

नेपालको तराईभूमिलाई टुक्र्याएर छुट्टै देश बनाउने अभियान थालेका चन्द्रकान्त राउतसँग सरकार र ...

उर्वर समयको मन्थन

img

हरेक मानिसको जीवनको असली नायक स्वयं हो । त्यही स्वयंभित्र आफूलाई समयको ...

तामाङ संज्ञानमा ‘म्हेनिङ’

img

कुनै पनि जाति विशेषसँग सम्बन्धित चाडपर्व सम्बन्धित जातिको पूर्खाले हस्तान्तरण गरेको विरासत ...

घेदुङको ६३ बर्ष: एक समीक्षा

img

तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङ ६३ औं बर्षमा प्रवेश गरेको ...

चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलनः एक समिक्षा

img

भर्खरै अन्तर्राष्ट्रिय तामाङ परिषद्को चौथो सम्मेलन मिरिकमा सम्पन्न भएको छ । सम्मेलनमा ...

२००७ सालकाे क्रान्तिमा जीवन आहुती दिनेहरुको हिसाब भएन

img

म अहिले ८८ वर्ष पुगेँ । अस्ताउन लागेको, डाँडामाथिको घाम । नेपालगंज ...

पत्रपत्रिका

सबै