गोदावरी नगरपालिकाको तेस्रो स्थापना दिवस सम्पन्न

| ललितपुर

गोदावरी नगरपालिकाले आज भव्यताका साथ तेस्रो स्थापना दिवस मनाएको छ । सो अवसरमा पारेर नगरपालिकाले तयार पारेको नगर गीत फुल्चोकीको शीर, बाग्मतीको तीर भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठले सार्वजनिक गर्नुभयो । उहाँले गोदावरी क्षेत्र पर्यटकीय रुपले अत्यन्तै सुन्दर रहेको समेत बताउनुभयो ।
विकास निर्माणका काम क्रमशः हुदै जाने भएकोले त्यसलाई क्रमिक रुपमा सवैले आ–आफ्नो स्थानबाट पहल गरिनुपर्नेमा जोड दिनुभयो । ‘बजेटको हिसावले कुनै कमी आउने छैन तर विकास निर्माणका कामलाई तीव्र रुपले अगाडी बढाउनुपर्छ’ उहाँले भन्नुभयो ।
विस २०७४ सालमा सम्पन्न भएको तीनै तहको निर्वाचनले तीनै तहको सरकार निर्माण भएको उहाँले बताउनुभयो । स्थानीय निकायको सही कामलाई प्रदेश वा केन्द्रले हस्तक्षेपकारी भूमिका खेल्न उचित नभएको उहाँले तर्क गर्नुभयो । यसै गरी प्रदेशले लिएको सकारात्मक कामलाई समेत केन्द्र सरकारले हस्तक्षेप गर्न मिल्दैन’ उहाँले भन्नुभयो ।
उहाँले सातदोवाटो–चापागाउँ–गोदावरी खण्डको सडक मापदण्ड अनुरुप नै निर्माण गरिनु पर्नेमा जोड दिनुभयो । उहाँले विकास निर्माणका काममा बजेटको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाउनुभयो । बाटो निर्माण भविष्यलाई हेरेर मात्र निर्माण गरिनु पर्नेमा जोड दिनुभयो ।
नगरप्रमुख गजेन्द्र महर्जनले नगरपालिकाको तेस्रो स्थापना दिवससम्म आइपुग्दा नगरपालिकाले विकासका कामहरुलाई तीव्र रुपले अगाडि बढाइरहेको बताउनुभयो । प्राकृतिक रुपमा सुन्दर रहेको गोदावरीलाई धार्मिक–पर्यटकीय रुपमा विकास गरिँदै लैजाने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
जनतिनिधि भएर नगरपालिकामा आइसकेपछि यस क्षेत्रको विकास तीव्र रुपमा भइरहेको उहाँको भनाई थियो । यस क्षेत्रमा रहेको खानोपानीको समस्याको समाधान क्रमिक रुपमा भईरहेको नगरप्रमुख महर्जनले बताउनुभयो । खानेपानी समस्या समाधानका लागि हालसम्म तीनवटा डिप बोरिङ सम्पन्न भइसकेको तथा अर्को एउटा शुरु भइरहेको उहाँले बताउनुभयो ।
यसैगरी गोदावरी क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउने गरी गोदावरी बहुउद्देश्यीय रङ्गशालाको निर्माण भइरहेको छ’ उहाँले भन्नुभयो । काठमाडौं उपत्यकालाई नियाल्न सकिने गरी देवीचौरमा भ्युटावरको निर्माण कार्यको प्रारम्भ गरिएको उहाँले बताउनुभयो । विकास निर्माणको काममा जनप्रतिनिधि र कर्मचारी एकजुट भएर अघि बढ्नुपर्नेमा उहाले जोड दिनुभयो ।
यसै गरी नगरउपप्रमख मुना अधिकारीले समृद्ध नगरपालिका निर्माण कार्यमा सवैको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो । यस क्षेत्रलाई साँच्चै नै नमूना नगरपालिका बनाउने लक्ष्यमा सिङ्गो नगरपालिका जुटेका छौं –उहाँले भन्नुभयो ।
स्थापना दिवसको अवसर पारेर नगरपालिकाका उत्कृष्ट कर्मचारीहरुलाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानित हुने कर्मचारीहरुमा इञ्जिनियर सुनिल श्रेष्ठ, नायव सुव्वा जयराम सिलवाल, सहायक कम्प्युटर अपरेटर कमला थापा, सामाजिक परिचालक इन्द्र तामाङ तथा कार्यालय सहयोगी उतम थापा रहेको थियो । सम्मानित प्रत्येक व्यक्तिले नगद रु. पाँच हजार र प्रमाणपत्र पाउनुभएको थियो ।
यसै गरी कक्षा १२ को नतिजा अनुसार राष्ट्रिय स्तरमा तृतीय स्थान हासिल गर्न सफल बज्रवाराही माध्यमिक विद्यालयलाई रु. एक लाख सहित नगरपालिकाले सम्मान गरेको छ ।
नगर गीतको रचनाकार बशिष्ठ अधिकारी तथा सो गीतमा संगित दिनुहुने आलोक श्रीलाई कदर–पत्रले सम्मान गरेको थियो । यसै गरी नगर गीतमा स्वर दिनुहुने कलाकार प्रताप दास, धर्मेन्द्र सेवाङ तथा निशा देशारलाई समेत कदर–पत्रवाट सम्मान गरिएको थियो ।
महिला, बालवालिका तथा शैक्षिक क्षेत्रमा दख्खल राख्नुहुने सञ्चारकर्मी दिपक अर्याललाई नगरपालिकाले सम्मान गरेको छ ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य नवराज सिलवाल, प्रदेशसभा सदस्य चेतनाथ सञ्जेल, राजकाजी महर्जनलगायतको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस्

रसुवामा कोही बञ्चित, कोही असुरक्षित

img

२०७२ वैशाख १२ को भुकम्पका कारण क्षति पु¥याएको १४ जिल्लामध्ये रसुवा पनि ...

नौकुण्डका अपांगलाई परिचपत्र 

img

नौकुण्ड गाउँपालिकामा १ सय ६० जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । ...

कल्लाबारी–दूधपोखरी सडक उपभोक्ता समिति गठन

img

शैलुङ गाउँपालिका वडा नं. १ अन्तर्गत कल्लाबारी–दूधपोखरी सडक उपभोक्ता समिति गठन भएको ...

धनकुटामा मनाए बुद्ध जयन्ती

img

तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले शान्ति पदयात्रा गरी बुद्ध जयन्ती मनाइएको ...

डान्स हरिवन डान्स सिजन–२ को मञ्च राउण्ड सकियो

img

सर्लाहीको हरिवनमा झण्डै एक महिना अघिबाट शुरु भएको नृत्य प्रतियोगीता डान्स हरिवन ...

पत्रपत्रिका

सबै