साउदीको मगर दिवस साँस्कृतिकमय

| साउदी

साउदीको३७ औं मगर एकता दिवस साँस्कृतिकमय माहोलमा सम्पन्न गरेको छ ।

दिवसलाई स्थानीय कलाकारहरुले मनोरञ्जनात्मक बनाएका थिए । उक्त कार्यक्रमलाई संगीतमय बनाउन "मगरकी छोरी हुँ म, मनमा पाप छैन " बोलको गीतमा धनकुमारी मगरको नृत्यबाट सरु भएको थिए । टिका केसी र लक्ष्मी तामाङको घाम्साघम्सी दोहोरीसँगै कार्यक्रम सकिएका थिए ।

कार्यक्रममा लोक दोहोरी गायक प्रवजल थापा मगरले लोकगीत " नबजाऊ हातका चुरा " गीत गाएका थिए । उक्त गीतमा दर्जनभन्दा बढीले नाचेर गायकलाई साथ दिए भने पुनः गाउन दर्शकदीर्घले आग्रह समेत गरे । त्यसैगरी लोक दोहोरी गायक दिपक डिकेले "बाख्रा चराउँदै" बोलको गीतले दर्शकलाई नाच्न बाध्य बनाएका थिए । गायक जित थापा मगर,हरि कार्की,इस्लाम मियाँ,फडेन्द्र कार्की लगायतले आआफ्ना प्रस्तुति दिएका थिए ।

सोही सांगीतिक कार्यक्रममा मञ्जु विश्वकर्माको " माथि माथि सैलुगेमा चौंरी डुलाउने लाई " बोलको गीतले रौनक थपिए । नृत्यंगना पुतली तामाङ,सीमा तामाङ,दिया,दीक्षा लगायतले आधुनिक नृत्य प्रस्तुत गरे । उक्त मगर दिवसमा तामाङ कलाकारहरुको दबाबमा रहेका थिए । नृत्यका लागि कार्यक्रम पुगेकी कमली तामाङले तामाङ भाषाकै गीतमा आफ्नी प्रस्तुति राखिन् ।

त्यसैगरी कलाकार खेम गरुङका टोलीले माहोललाई जनगायक जीवन शर्माका गीत " फोक्ल्याण्डको टापुबाट,लडाइँको मैदानबाट " बोलमा नृत्य गरेर भाबुक बनाएका थिए । भावुक भएका २ सयको हाराहारीमा उपस्थित दर्शकदीर्घलाई नृत्यंगान मुना तामाङले " होइ च्याङ्बा होइ च्याङ्बा " बोलको तामाङ सेलो गीतमा नचाएका थिए । उनलेे पनि पुनः नृत्यका लागि दर्शकको आग्रह पाइन् ।

कार्यक्रमका प्रमुख अतिथि श्रम सहकारी अम्बिका अधिकारी थिए । बिशेष अतिथि एनआरएन मध्य पूर्वकी महिला उपसंयोजक यास्मी बेगम र दिदिबहिनी समूह साउदीकी अध्यक्ष तुलसी गुरुङ रहेकी थिइन् ।

त्यसैगरी अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय सदस्य श्री यावा लिम्बु,एनआरएन आईसीसीका सदस्य जोन अर्याल,एनआरएनका मानर्थ सदस्य राजु सायद,एनआरएनए साउदीका अध्यक्ष नारायण पासवान,महासचिव तेजबहादुर थापा,तमु धि का अध्यक्ष खेम गरुङ,अन्तर समन्वय समितिका अध्यक्ष कृष्ण पुरी,किराँत यायोक्खाका अध्यक्ष राम कुमार राई,सनराईज कार्गोका सञ्चाल तथा काभ्रे सेवा समाज साउदीका अध्यक्ष जेन कुमार लामा,फ्रेन्ड क्लबका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ,एकीकृत विश्वकर्मा समाजका अध्यक्ष अर्जुन विक,समान मधेसका अध्यक्ष त्रिलोक यादव,मधेस हेल्पका अध्यक्ष कमल देव शाह,समाजसेवी बिजय मोक्तान लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थित रहेका थिए ।

उक्त कार्यक्रम मगर संघ शाखा साउदीले "सम्पुर्ण मगरहरु एक हौं,आफ्नो भाषा,लिपी तथा संस्कृतिको संरक्षण गरौं" भन्ने नाराका खोबारस्थित गल्फ दरवार रेस्टुरेन्टमा शुक्रबार आयोजना गरेको हो ।

मगर संघ साउदीका संस्थापक अध्यक्ष बम बहादुर मगर कार्यक्रमका सभापति थिए । कार्यक्रमलाई संघका प्रमुख सल्लाहकार खेम गर्बुजा मगरले सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

भेनेजुएलामा ग्वाइदोका सेना प्रमुख पक्राउ

img

भेनेजुएलामा स्वघोषित राष्ट्रपति हुआँ ग्वाइदोका सेना प्रमुख रोबर्टो मारेरो पक्राउ परेका छन् ...

जापानमा न्यु ईयर मेला हुने

img

धादिङ समाज जापानले सडक सुरक्षा सचेतना तथा आपतकालिन राहतकोष निर्माणार्थ न्यु ईयर म्युजिकल ...

बहराइन घेदुङमा पदपूर्ति

img

नेपाल बहराइन तामाङ घेदुङको दोस्रो बैठक मार्च १५ मा सम्पन्न भएको छ ...

हेल्प मधेशी साउदीले होली मनाउने

img

हेल्प मधेशी साउदीले बृहत साँस्कृतिक कार्यक्रमगरी होली मनाइने भएको छ । हेल्पले ...

ओमनमा ज्यान गुमाउने परिवारले क्षतिपूर्ति पाउने

मस्कटस्थित नेपाली दूतावासको पहलमा ओमनमा मृत्यु भएका ८ नेपाली कामदारका परिवारले करिब ८३ लाख ६२ हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । दूतावासले सम्बन्धित परिवारले पाउने गरी परराष्ट्र मन्त्रालयमा पठाएको छ ...

विप्लव मोर्चा साउदीद्वारा प्रेस विज्ञप्ति

img

नेकपा (विप्लव) का प्रबास संगठन नेपाली जनप्रगतिशिल मोर्चा साउदीले पार्टीमाथि भएको राजनीतिक ...

पत्रपत्रिका

सबै