कतारमा ग्याल्पो लोसार सम्पन्न

आमन्त्रित कलाकारको बेजोड प्रस्तुति

| कतार
तस्बिर : कुमारी बोम्जन

शेर्पा किदुग दोहा कतारले २१४६ औं ग्याल्पो फाग् लोसार सम्पन्न गरेको छ ।

किदुगले बृहत साँस्कृतिक कार्यक्रमगरी लोसार मार्च ८ शुक्रबार दोहाको मिसाईट अम्बाज क्याप-२ सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिको हैसियतले जनजाति महासंघ कतारका अध्यक्ष शिव कुमार भुजेलले कतारमा रहेरका शेर्पाहरुले आफ्ना पहिचानलाई यसरी विभिन्न माध्यमबाट जोगाउन लागि परेकोमा धन्यवाद दिए । उनलेे थपे-सम्पूर्ण आदिवासी जनजाति हकहितका मुद्दाका लागि एक ढिक्का भई लाग्नुपर्छ ।

सोही कार्यक्रमका सभापति किदुगका अध्यक्ष ङवाङ कुसाङ शेर्पा रहेका थिए । कार्यक्रममा नेपालबाट आमन्त्रित गायिका निर्मला घिसिङ,मोडल तथा गायक लाक्पा शेर्पा,गायक गोम्बो शेर्पा,द भोईस अफ नेपालका प्रतिस्पर्धी बिबेक लामा र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेका थिए ।

किदुगका सल्लाहकार तथा कार्यक्रम रिन्जी शेर्पाले स्वागत मन्तव्य राखेका थिए । महासंघका सल्लाहकार सियाराम चौधरी र तामाङ समाजका अध्यक्ष थिङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

किदुगका अध्यक्ष शेर्पाले शेर्पा जातिले ग्याल्पो लोसारका बारेमा स्पष्ट पारेका थिए । कार्यक्रमलाई कुमारी बोम्जन तामाङ र सुवास तामाङले सञ्चालन गरेका थिए ।

" भाषा,धर्म,कला,संस्कृति हाम्रो पहिचान,जातिय र सामाजिक सद्भाव हाम्रो स्वाभिमान " भन्ने मुल नारा लिई २०१७ मा किदुग दोहाका स्थापना भएका हुन् ।

प्रतिकृया दिनुहोस्

जापानबासी नेपालीले मनाए बुद्ध जयन्ती

img

जापानमा रहेका नेपालीहरुले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६३ औं जयन्ती मनाएको ...

घेदुङ इजरायलको अध्यक्षमा मोक्तान

img

नेपाल तामाङ घेदुङ इजरायलको अध्यक्षमा अनिला मोक्तान चयन भएको छ । शुक्रबार ...

दूतावासले गरे यायोक्खाको सहयोगमा कामदारको उद्धार

img

घरेलु हिंसामा परेकी दुई घरेलु महिला कामदारलाई नेपाली दूतावास साउदीले उद्धारी नेपाल ...

कोरियामा बुद्ध जयन्ती

img

कोरियामा रहेका नागार्जुन गुम्बामा नेपालीहरुले २५६३ औं बुद्ध जयन्ती मनाएका छन् । ...

बहराइन घेदुङले बुद्ध जयन्ती मनाउने

img

नेपाल तामाङ घेदुङ प्रवास शाखा बहराइनले मे २४ मा बुद्ध जयन्ती मनाउने ...

कुवेत घेदुङले मनायो बुद्ध जयन्ती

img

झट्ट हेर्दा ! नेपालको गुम्बामा पुगेझैं आभाष हुन्छ, जहाँ शान्ति र मधुर स्वरमा ...

पत्रपत्रिका

सबै