तीन स्रष्टालाई सम्मान

| पाँचथर

फिदिममा साहित्य साधना पाँचथर बहुमुखी क्याम्पसले तीन श्रष्टालाई सम्मान गरेको छ ।

आइतबार एक कार्यक्रमका बिच साहित्यकार साहित्यकार प्रेम ओझा,लछामी शेर्मा पापो र मीना राईलाई सम्मान गरेको हो ।

श्रष्टाहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री तथा लेखक श्रीप्रसाद जबेगु,बिशेष अतिथि स्रष्टा तथा राजनितिज्ञ नरेन्द्रकुमार केरुङ र क्याम्पस प्रमुख खेमनाथ खतिवडाले क्रमशः सम्मान–पत्रसँगै खदा ओढाएर र फूलमाला पहिरिएर सम्मान गरेका थिए ।

सम्मानित स्रष्टाहरुको व्यक्तित्वबारे कवि तथा पत्रकार सन्देश सुब्बाले प्रकश पारेका थिए । स्रष्टाहरुले भाषा, साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको साहित्य साधना पाँचथर बहुमुखी क्याम्पसका सचिव मोतिहाङ केरुङले बताए ।

यसैबिच ‘समकालीन नेपाली कविताको प्रवृति’ बिषयमा बहस समेत भएको थियो । प्रेम ओझा, खेमनाथ खतिवडा र कवि समदर्शी काइँला प्यानलिष्ट रहेको वहसको सहजीकरण कवि तथा समालोचक सगुन सुसाराले गरेका थिए ।

वक्ताहरुले नेपाली कविता लेखन एकल चिन्तनबाट मुक्त भएर बहूल चिन्तनतर्फ उन्मुख रहेको भन्दै यसलाई सकारात्मक मान्नुपर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस्

रसुवामा कोही बञ्चित, कोही असुरक्षित

img

२०७२ वैशाख १२ को भुकम्पका कारण क्षति पु¥याएको १४ जिल्लामध्ये रसुवा पनि ...

नौकुण्डका अपांगलाई परिचपत्र 

img

नौकुण्ड गाउँपालिकामा १ सय ६० जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । ...

कल्लाबारी–दूधपोखरी सडक उपभोक्ता समिति गठन

img

शैलुङ गाउँपालिका वडा नं. १ अन्तर्गत कल्लाबारी–दूधपोखरी सडक उपभोक्ता समिति गठन भएको ...

धनकुटामा मनाए बुद्ध जयन्ती

img

तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले शान्ति पदयात्रा गरी बुद्ध जयन्ती मनाइएको ...

डान्स हरिवन डान्स सिजन–२ को मञ्च राउण्ड सकियो

img

सर्लाहीको हरिवनमा झण्डै एक महिना अघिबाट शुरु भएको नृत्य प्रतियोगीता डान्स हरिवन ...

पत्रपत्रिका

सबै