अञ्जुले गरिन् कुसुमको उद्घाटन

| काठमाडाैं

चर्चित गायिका अञ्जु पन्तले आफू फेसनेवल नभएको बताएकी छन् । राजधानीको डिल्लीबजारमा कुसुम बुटिकको उद्घाटन गर्दै उनले भनिन्, ‘म फेसन कन्सस पनि होइन । तर, स्टेज पर्फमेन्सले गर्दा फेसन गर्नु परिहाल्यो ।’ करिब दुई दशकयता सुगम संगीतमा महिला स्वरमा एकछत्र राज गर्दै आएकी अञ्जुले भनिन्, ‘मलाई त सारी लगाएर पर्फमेन्स गर्न मनलाग्छ किनकि पछिल्लो समय स्टेजमा सारी देखिनै छाड्यो ।’  

अञ्जुलाई अहिलेसम्म कति गीतमा स्वर दिए यकिन छैन । उनले भनिन्, ‘दैनिक तीनदेखि ६ वटासम्म गाउँदै आएकी छु । अहिलेसम्म त्यस्तै ६ हजार पुग्यो होला ।’ पछिल्लो समय नेपाली चलचित्र र सुगमसंगीतमा उनकै गीतले चर्चा पाउने गरेको छ ।

फेसन डिजाइनर कुसुम श्रेष्ठ बागबजारस्थित इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’को पहिलो विद्यार्थी हुन् । आईआईएफटीबाट फेसन डिजाइनरमा डिप्लोमा सकेपछि उनले ‘कुसुम बुटिक’ सञ्चालनमा ल्याएकी हुन् । आफ्नो बुटिकमा ग्राहकको रुचिअनुसार फहिरन तयार गर्ने उनले बताइन् । पार्टी वेयर, इभिङ वेयर, गाउन, वासपिस, लेहेँला, कुर्ता सुलवारलगायत क्याजुअल वेयर पनि अर्डरअनुसार तयार गर्ने कुसुमले बताइन् । 

प्रतिकृया दिनुहोस्

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

img

नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा सरकारले केशब भट्टराईलाई नियुक्त गरेको छ । ...

दाह्री ग्याङको होली

img

दाह्री ग्याङगले राजधानीको पशुपतिस्थित कैलाश डाडाँमा होली मनाएको छ । विगतमा समेत ...

तेस्रो चलचित्र महोत्सव हुने 

img

तामाङ चलचित्र संघले तेस्रो चलचित्र महोत्सव मनाउने भएको छ । मंगलबार काठमाडौंमा ...

चर्चा बटुल्दै लक्ष्मी तामाङ

img

नेपाली लोकसंगीत क्षेत्रमा आफ्नो छुट्टै नाम पहिचान बनाउन सफल गायिका हुन् गायिका ...

मोडल परी तामाङ पक्राउ

img

सामाजिक मर्यादामा खलल पुर्याएका भन्दै मोडल परी तामाङलाई प्रहरी पक्राउ गरेको छ ...

सिरानचोके चेली सार्वजनिक (भिडियो सहित) 

img

नृत्य निर्देशक दिप गुरुङको प्रस्तुतीमा ‘सिरानचोके चेली’ वोलको मौलीक गीत सार्वजनिक भएको ...

पत्रपत्रिका

सबै